चलचित्र क्षेत्र नपढेका र काम नपाएका मान्छेहरु आउने ठाउ हैनः सुचित्रा श्रेष्ठ

२०७३ भदौ १ गते १७:३६ मा प्रकाशित


काठमाडौँ ।  हिन्दु दर्र्शनमा भन्ने गरिन्छ,जहा नारीको पुजा हुन्छ त्यहा लक्ष्मीले वास गर्छिन तर अझै हाम्रो समाज नारीहरुको पुजा त परको कुरा यहा छोरा जन्माउने आशमा कयौँ नारीहरु गर्भ मै मारिन्छन् । नारी र पुरुष विचको विभेद अझै हाम्रो समाजबाट हटेको छैन । तर यही समाजमा यस्ता उर्जावान नारीहरु छन् । जो पुरुषहरु भन्दा अब्बल छन् । यसको उदाहण हो, पहिलो महिला नेपाली चलचित्र निर्देशक तथा चलचित्र निर्देशक समाज की महिला पहिलो अध्यक्ष सुचित्रा श्रेष्ठ । उनै उर्जावान महिला चलचित्रकर्मि सुचीत्रा श्रेष्ठसंग ktmkhabar.com का लागि रवि भट्राईले गरेको कुराकानिको संपादित अंश:-

suchitra-shrestha-nirdesh-samaj-chairman
यहाँलाई विशेष सम्बादमा स्वागत छ
धन्यवाद
कस्तो हुनुन्छ ?
म अहिले ठिकै छु राम्रो छु ।
भर्खरै चलचित्र निर्देशक समाजमा निर्वाचित हुनुभएको छ दौडधुप होला नी ?
निर्वाचित भएपछी ब्यस्तता बढ्दो रैछ, किनभने कामको जिम्वेवारी पनि बढ्यो अनी विभिन्न संघ संस्था विभिन्न ब्यक्तिहरुलाई विस्वास दिलाएर यो ठाउसम्म पुगिसकेपछी उहाँहरुको विश्वासलाई अझ बढि विश्वास दिलाउन अलिकती दौड धुप हुने नै भयो ।
तपाई त महिला पहिलो निर्देशक हुनुहुन्छ, फेरी चलचित्र निर्देशक समाजको पनि पहिलो महिला अध्यक्ष फेरी अर्को रेकर्ड बनेको हो ?
यो संयोग हो । मैले चलचित्र निर्देशन २०५८ मा गर्दा खेरी म पहिलो हो भन्ने मलाई थाहा थिएन । जव मिडियाहरुमा आयो त्यतीखेर पनि मैले यो विवाद पर्ने कुराहरु नलेख्नुस् भनेर मिडियाका शाथीहरुलाई भने तर डब्बु क्षत्रीले अनुसन्धान गरेर तपाई नै पहिलो हो भनेर भन्नु भयो । यो संयोग हो, म चलचित्र निर्देशक समाजमा पनि काय समितीमा महासचिव देखि बरिष्ठ उपाध्यक्ष भई सकेको र बरिष्ठ उपाध्यक्ष पछि जाने ठाउ त अध्यक्ष नै हो त्यसैले मैले उम्मेद्धारी गरेको हु जीते पनि ।
महिला पहिलो चलचित्र निर्देशक,अनि चलचित्र निर्देशक समाजको अध्यक्ष भैरहदा कस्तो लाग्छ ?
खुशी लाग्छ, गर्व लाग्छ । महिला मात्रै भएर म चलचित्र निर्र्देशक समाजको अध्यक्ष भएको हैन, चलचित्र निर्देशक समग्र अनि मात्र महिला र पुरुष भन्ने आउछ ।
एकजना महिला चलचित्र क्षेत्रमा लागेर यहासम्म आउदा अप्ठ्यारो भएन ?
खास मलाई अप्ठ्यारो भएन, मलाई पहिलो चलचित्र गर्ने बेलामा समय समायोजन गर्न अलिकति अप्ठ्यारो जस्तो थियो किनभने मेरो छोरो भर्खर एक बर्षको मात्र थियो ।
परिवारबाट पुर्णरुपमा सहयोग पाउनु भएको छ ?
पाएको छु, । पहिलो चलचित्रमा छोरा सानो थियो मेरो हज्बेन्डले सुटिङ भएको ठाउमै एक घण्टा छोरालाई ल्याईदिनु हुन्थ्यो अनि घर लग्नु हुन्थ्यो । मेरो परिवारले मलाई पुर्ण रुपमा सपोर्ट गर्छन, विबाह अगाडी पनि मेरो परिवारले मलाई सहयोग नगरेको भए यहाँसम्म आईपुग्ने थिईन फेरि मेरो लभ म्यारिज पनि हैन एरेन्ज म्यारिज हो एरेन्ज म्यारिजमा आफुले गर्न खोजेका कुरा प्रस्ताव राख्यो भने पुराहुदो रैछ भन्ने लाग्छ ।

suchitra-shrestha-with-rabi-bhattarai
चलचित्र निर्देशक समाजमा तपाई आईसके पछि, तपाईको भुमिका के रहन्छ ?
समग्र चलचित्र क्षेत्रलाई परिवर्तन गर्न त नसकिएला तर समग्र चलचित्र क्षेत्रको विकासको निम्ती हात बढाउने काम हुन्छ । कुनैपनि नयाकामको लागी साथ र सहयोग निर्देशक समाजले दिन्छ र चलचित्र निर्देशकहरुको हकहितको निमित्त आवाज उठाउने तथा पुरानाकार्य समितिका साथिहरुले उठाउनु भएका राम्रा पहल तथा कदमहरुको निरन्तरता दिनेकाम हुन्छ ।
तपाईसंग प्रतिस्पर्धामा उत्रने शाथिहरुका मुद्दाहरु थिएहोलान्, कसरी समेट्नु हुन्छ नि ?
चुनाबि मैदानमा केहि फरक मुद्दाहरु थिए होलान तर अब समग्र निर्देशक समाजमा एउटै ढिक्काभएर अगाडी बढ्छ । हाम्रो माग एजेन्डा लगभग एउटै हुन, प्रतिस्पर्धामा उत्रदा केही फरक देखिन्छन तर समग्रमा जति एजेण्डा बनाएपनि त्यो हाम्रै हितको लागि हो । चलचित्र क्षेत्र कै हितको लागि हो । त्यसैले कर्यन्वयन तर्फ लाग्नु पर्छ ।

suchitra-shrestha
चुनावबाट आउनु र सर्वसम्मतबाट आउनुमा फरक पर्छ भनिन्छ नि ?
अवस्य फरक पर्छ, म सर्वसम्मतबाट आएको भए एउटा नारी हो सबैले छोडिदिए भन्ने हुन्थ्यो तर मैले समग्र निर्देशकहरुसंग प्रतिस्पर्धा गरे प्रतिस्पर्धि पुरुष साथी नै हुनुहुन्थ्यो प्रतिस्पर्धा गरे ,अलिकती फरक त पर्छ नै ।
कस्तो दरो आत्मबल तपाईको ?
आत्मवल त दरो गर्नै पर्छ ।
तपाईलाई नेपाली चलचित्रहरु कस्तो बनोस भन्ने लाग्छ ?
अलिकति नेपाली चलचित्र अध्यन गरिएन पहिला पहिला अध्यन गरेर बनाईयो तर विचमा त्यस्तो हुन सकेन, फेरी सबै चलचित्र जती बने असफल नै भएका छन् भन्ने पनी लाग्दैन फेरी अर्को कुरा व्यबसायिक असफल हुदैमा चलचित्र हेर्नै नहुने भए भन्ने पनि त हैन तर चलचित्रलाई पव्लिसिटिले पनि प्रभाव पारी रहेको हुन्छ ।
हिरोईनलाई नङ्ग्याए पछि मात्र चलचित्र चल्छ भन्ने पनि छन् नि, तपाईको धारण के छ ?
यसमा मेरो नकारात्मक धारणा छ । तपाइले चलचित्र बनाउदै हुनुहुन्छ मैले चलचित्र बनाउदै छु भने गर्वका साथ मेरो चलचित्र भनेर देखाउन पाईयोस परिवारलाई ,म एक्लो व्यक्ति केही पनि हैन नि, मेरो साथीभाई हुन्छन, परिवार हुन्छ अनि मैले चलचित्र बनाए भने गर्वका साथ सबैलाई मैले बनाएको चलचित्र भनेर देखाउन सकियोस् भन्ने मान्यता राख्छु म ।
त्यसोभए, तपाई अनि चलचित्र निर्देशक समाजको भुमिका भल्गारिटीको विपक्षमा हुन्छ ?
कुनैपनि सिर्जनाको विपक्ष मै लाग्न त मेरो पदिय मर्यादाले दिदैन तर नकारात्मक कुराहरु हुनु हुदैन भन्ने हो ।
जुन ठाउमा तपाई हुनुन्छ अब तपाईको सपना चाहि के हुन्छ ?
मेरो सपना सम्पुर्ण निर्देशकहरु एक भएर एक छातामुनि बसेर अन्तरक्रिया गर्ने तर्फ म लागिरहेको छु । त्यसबाट के निष्कर्स निस्कन्छ त्यसै अनुरुप एकढिक्का भएर अगाडी बढ्नु पर्छ भन्ने लाग्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
कुनैपनि व्यक्ति क्षमता भन्दा बाहिर हुदैन, आत्मविश्वासका साथ अगाडी बढ्यो भने सफलता हाशिल गर्छ । अनि चलचित्र क्षेत्र नपढेका र काम नपाएका मान्छेहरु आउने ठाउ हैन, योग्य व्यक्तिहरुको मात्र यो क्षेत्रमा ठाउँ खालि छ । 

सुचित्रा श्रेष्ठसंगको भिडियो कुराकानी:-

You may also Like this

थप समाचार

तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? २ मिनेटमै जान्नुस्
तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? २ मिनेटमै जान्नुस्

काठमाडौं । तपाईलाई तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर जानकारी चाहिएको छ भने अब गुगल क्रोमको बाउजरबाट संम्भव भएको बत ...

यी ११ कुराहरु तपाईको फेसबुक प्रोफाईलमा छ भने तत्काल हटाइदिनुस् , नत्र पछुताउनु पर्ला !
यी ११ कुराहरु तपाईको फेसबुक प्रोफाईलमा छ भने तत्काल हटाइदिनुस् , नत्र पछुताउनु पर्ला !

१२ जेठ । सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ ...

संघीय गठवन्धनद्धारा आन्दोलनको घोषणा, चुनाव प्रभावित हुने सक्ने
संघीय गठवन्धनद्धारा आन्दोलनको घोषणा, चुनाव प्रभावित हुने सक्ने

१२ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठवन्धनले दोस्रो चरणको चुनावमा अवरोध गर्ने गरी आन्दोलनको कार्यक्र ...

फेसबुक निर्माता जुकरवर्गले १२ वर्षपछि पाए हार्वर्ड डिग्री
फेसबुक निर्माता जुकरवर्गले १२ वर्षपछि पाए हार्वर्ड डिग्री

एजेन्सी, जेठ १२ । फेसबुक संस्थापक मार्क जुकरवर्गले हार्वर्ड विश्वविद्यालयको छात्रावास कोठाबाट आफ्नो चर्चित सामाजिक सञ्जाल फेस ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...