सूचना टाँसेर संसद बैठक भोलीसम्मका लागि स्थगित

२०७३ पुस १८ गते १५:४५ मा प्रकाशित


काठमाडौं, पुस १८ । व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सोमबार बसेको बैठक विपक्षी दलले अवरोध गरेपछि ४ बजे बस्ने गरेर स्थगित भएको थियो । तर यो समयमा सहमति जुटाउन कुनै छलफल नभएकाले सभामुख ओनसरी घर्ती मगरले सूचना टाँसेर बैठक मंगलबार दिउँसो १ बजेसम्का लागि स्थगित गर्नुभएको हो । सभामुख घर्ती मगरले मंगलबार संसद बस्नुअघि ११ बजे बस्ने कार्यव्यवस्थासमिति बैठकमा उपस्थिति हुन शीर्ष नेतालाई आग्रह पनि गर्नुभएको छ । यसअघि सोमबार विपक्षी दलको विरोधका बाबजुद सुरु भएको बैठकमा मालेकी कमला विश्वकर्माले विपक्षीको तर्फबाट भनाई राखेपछि एमाले लगायत विपक्षी दलले अवरोध गरेका थिए ।सत्तारुढ दलले संविधान संशोधन विधेयक अघि बढाउन आग्रह गरेपनि एमालेले भने विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान राखेको थियो ।

You may also Like this

थप समाचार

महले फिल्म ‘सत्रु गते’ निर्माण गर्दै
महले फिल्म ‘सत्रु गते’ निर्माण गर्दै

काठमाडौँ, असोज १ । वरिष्ठ हास्य कलाकार द्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले फिल्म ‘सत्रु गते’ निर्माण गर ...

मतदानको दिन सवारी साधन नचल्नुको कारण यस्तो !
मतदानको दिन सवारी साधन नचल्नुको कारण यस्तो !

३० वैशाख , काठमाडौं । यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरि ...

घुस खाने नासु पक्राउ
घुस खाने नासु पक्राउ

खोटाङ, वैशाख २० – अहेवको करार पदमा जागिर लगाइदिने नाममा परीक्षार्थीबाट रकम लिएको आरोपमा जिल्ला अस्पताल खोटाङका नासु केद ...

तलब नपाएको भन्दै शिक्षकले परीक्षानै रोकेपछि...
तलब नपाएको भन्दै शिक्षकले परीक्षानै रोकेपछि...

कञ्चनपुर, वैशाख १४ । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा कम्युटर विज्ञान तथा प्रविधि अन्र्तगत भइरहेको तेस्रोे सेमेस्टरकोे अन्तिम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...