सूचना सम्मेलन सम्पन्न

२०७४ बैशाख ८ गते १२:२३ मा प्रकाशित


suchana-sammelan८ बैशाख, काठमाडौँ – सूचनाको हकको प्रभावकारी प्रचलनका लागि राष्ट्रिय सूचना आयोगद्वारा आयोजित राष्ट्रिय सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै विहीबार सम्पन्न भएको छ ।

सम्मेलनले नेपालको संविधानको धारा २७ मा सूचना माग्ने र पाउने हकका साथै प्रवाहको हक पनि थप गर्नुपर्ने, संविधानको त्यस धारामा रहेको ‘नागरिक’ को सट्टा ‘व्यक्ति’ शब्द प्रयोग गर्नुपर्ने माग गरेको छ ।

सङ्घीय सूचना आयोग र प्रादेशिक सूचना आयोगको कार्यक्षेत्रको विभाजनसहितको छाता कानुन तर्जुमा गर्नुपर्ने, सूचना माग र प्रवाहको वर्तमान कार्यविधिमा सुधार गरी सङ्क्षिप्त र छिटो सूचना प्राप्त हुने व्यवस्था गर्नुपर्नेसमेत सम्मेलनले माग गरेको छ ।

आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले घोषणापत्र जारी गर्दै राष्ट्रिय सूचना आयोगलाई आर्थिक र प्रशासनिक स्वतन्त्रता प्रदान गर्दै त्यसको संस्थागत विकासमा उच्च प्राथमिकता दिनुपर्ने माग गरे ।

‘नागरिकबाट माग हुने सूचना यथाशक्य शीघ्र उपलब्ध गराउन र तीनरतीन महिनामा स्वतः प्रकाशन गर्न आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने र मातहत निकायलाई पनि त्यसैअनुरूप उत्प्रेरित गर्नेछौँ’ – घोषणापत्रमा भनिएको छ ।

सम्मेलनले मुलुकका पचहत्तरै जिल्लामा सूचनाको हकको जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको छ । रासस

You may also Like this

थप समाचार

१७ पत्रकारविरुद्ध गम्भीर आरोपको मुद्दा
१७ पत्रकारविरुद्ध गम्भीर आरोपको मुद्दा

९ साउन । टर्कीमा आतंकवादी संगठनलाई सहयोग गरेको आरोपमा १७ पत्रकारविरुद्ध मुद्दा चलाइएको छ । विपक्षीले सन्चालन गरेको पत्रिका &l ...

यात्रीबस पल्टियो, एकजनाको मृत्यु, १९ जना गम्भीर
यात्रीबस पल्टियो, एकजनाको मृत्यु, १९ जना गम्भीर

९ साउन । विराटनगरको रानी क्षेत्रमा सोमबार एक यात्रीबहाक मिनिबस दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १९ जना ...

नेता ज्ञवाली भन्छन, सरकारको औचित्य समाप्त...
नेता ज्ञवाली भन्छन, सरकारको औचित्य समाप्त...

साउन ९ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले २ नम्बर प्रदेशको निर्वाचनमा आफ्न ...

११ वर्षिया गर्भवती बालिकाको उद्धार !
११ वर्षिया गर्भवती बालिकाको उद्धार !

९ साउन । भोजपुर जिल्लाको पूर्वी अरुण गाउँपालिका–५ याकुकी एघार वर्षिया गर्भवती बाललिकालाई उद्धार गरिएको छ । बालिकाको स्व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...