मनसुन पढेर बुबा रुनुभयो: सुबिन भट्टराई

२०७३ असोज ७ गते १७:३३ मा प्रकाशित


काठमाडौँ । समर लभ, साया, कथाकी पात्र, जस्ता युवा पाठकहरुमाझ लोकप्रिय पुस्तकहरु पस्किएर युवा पाठक सामु अत्यन्तै रुचाईएका युवा आख्यानकार सुविन भट्टराई अहिले मनसुन नामक अर्को सशक्त पुस्तक बिमोचनको तयारीमा छन् । उनै युवा आख्यानकार सुबिन भट्टराईसंग ktmkhabar.com का लागि रविभट्टराईले गरेको कुरकानिको सम्पादित अंश :-

subin bhattarai

यहाँलाई स्वागत छ ।

धन्यवाद । 

के मा व्यस्त हुनुहुन्छ ?

अहिले मेरो नयाँ पुस्तक मनसुन आउँदैछ, मनसुन सकिएपछि मेरो मनसुन नामक पुस्तक आउँदै छ । यही शनिबार विमोचन हुने किताबको प्रमोसनमा, दौडधुप त्यसैमा व्यस्त छु भन्नु पर्यो । 

युवामाझ तपाई धेरै लोकप्रिय मानिनु हुन्छ नि समर लभ लेखिसकेपछि ?

समर लभ भन्दा अगाडि पनि मैले काथाकी पात्र भन्ने पुस्तक लेखेको थिएँ, त्यसमा १९ ओटा कथाहरु छन् छोटा छोटा त्यो पनि मैले युवाहरुलाई नै लक्षित गरेर लेखेको थिए मैले, त्यसबाट मलाई युवा साथीहरुले नै राम्रो रेस्पोन्स आएको कारण मलाई समर लभ लेख्ने उर्जा मिल्यो र यो समर लभ मेरो करिअरको लागि मानक नै बन्यो भन्ने लाग्छ । 

समर लभ यत्रो धेरै युवाले मन पराएका छन्, के यो आफ्नै कथा थियो ?

हैन, यो मेरो कथा हैन । एउटा लेखकले कि भोगाई लेख्छ कि अन्य साथीहरुको देखेर लेख्ने गर्छ मैले नजिकका साथीहरुको देखेर विश्लेषण् गरेँ भने कति अफ्ना पनि छन । यसरी खिचडी जस्तो छ । 

special talk with subin bhattarai

तपाईको पनि प्रेम विवाह हो भन्ने सुनिन्छ नि ?

मैले लभ म्यारिज नै गरेको हुँ तर किताव चाँही त्यो भन्दा आगाडि नै लेखिसकेको थिएँ । त्यसैले प्रेमका कुराहरु लेख्नलाई मैले भनेनि साथीहरुका कुराहरु र आफ्नै विचारहरुवाट समर लभ जन्मियो । 

कसरी आउँछ यस्तो प्रेममय कुराहरु ?

एउटा प्यासन भनौन मलाई सानैदेखि म एउटा राईटर हुन्छु र म राईटर नभै मर्दिन भन्ने खालको एउटा भावना थियो त्यसैको उपज हुन सक्छ अहिले म यो ठाउँमा छु । 

तपाई त पूर्वी पहाडी जिल्ला खोटाङमा जन्मिनुभयो, तपाईको शिक्षा कहाँ भयो नि ?

हो हो, मेरो ओरिजिन खोटाङ हो, म एक दुई वर्षको हुँदा काठमाडौँ आएँ त्यसपछि मैले सम्पूूर्ण शिक्षा काठमाडौँ मै सकाएको हुँ । 

अंग्रेजी स्कूल पढ्नु भयो कि नेपाली ? 

मैले अंग्रेजी स्कूल पढेको हुँ । 

अंग्रेजी स्कूल पढेर सरल भाषामा मन छुने नेपाली आख्यान लेख्नुहुन्छ गाह्रो हुँदैन ?

हुँदैन, अंग्रेजी पढेपनि नेपाली पढेपनि कतिपय कुराहरु परिवारको जिनमै पनि रहन्छ मेरो अगाडिको पुस्ताहरु पनि सबै पढ्ने नै मान्छे, ममिहरु बुवाहरु सबै पढ्ने नै मान्छे भएर पनि अलिकति हेरिडेटीको रुपमा आयो होला भने बाँकी कुराहरु चाँही मेरो अनुभव रुचि मान्छे जन्मेदेखि नै रुचि चाँही केमा हुन्छ भन्ने हुन्छ नि त्यसैले मेरो रुचि पनि लेखाइ तिरै ढल्कियो र मेरो लगाव पनि त्यतै भएको कारण मलाई गह्रो हुँदैन । अंग्रेजी मिडियम नै पढेपनि मेरो माक्स चाँही नेपालीमा बढी आउँथ्यो ।

subin bhattarai talking

तपाईका रचनाहरू हजारौँ पढ्छन र त्यही अनुरुप बुझ्ने प्रयास गर्छन, अब समाज रुपान्तरणमा चाँही तपाईको भूमिका के रहन्छ ?

मैले समाजलाई के दिएँ भन्दा पनि मैले किताव पढ्ने कल्चरलाई स्थापित गरेँ भन्ने लाग्छ । त्यो चाँही मलाई भोलिपर्सि समयले सम्झने छ भन्ने लाग्छ कहिल्यै पनि कोर्सबुक भन्दा नपढ्नेहरु पनि मेरो किताबका पाठक भएका छन् भने जसलाई साहित्यसँग कुनै परको पनि नाता छैन त्यस्ता व्यक्तिले पनि मेरो किताव पढेर रेस्पोन्स दिए । यही नै राम्रो पक्ष हो जस्तो लाग्छ । 

तपाईलाई प्रेम चाँही के जस्तो लाग्छ ?

यो प्रश्न मैले धेरै ठाउँमा सामना गरिसके तर प्रेम मैले बुझे अनुसार सुरुमा मान्छेको शरीरमा हर्मोनल चेन्जेजहरु आउँछ मान्छेको शरीरलाई बायोलोजिकल तरिकाले परिभाषित गर्नु पर्छ । पछि अट्याचमेन्ट हुन्छ बीचमा त्यो चाँही इमोसनल रुपमा गयो प्रेमका परिभाषा अवस्थाअनुसार पनि बदलिन्छन् सुरुमा एउटा जेन्डरले अर्को जेन्डरलाई देख्दा जुन भावनाहरु आउँछन् त्यो बेला रमाइला भावनाहरु हुन्छन त्यो बेला परिभाषाहरु एकखालको हुन्छ भने जब कसैको छोडपत्र हुन्छ पे्रमको परिभाषा फरक हुन्छ । अवस्था अनुसार परिभाषा गर्ने हो फरक मान्छेका फरक फरक धारणाहरु हुन्छन् । 

कथाकी पात्रबाट सुरु भएर समर लभ, साया हुँदै अब मनसुनको बिमोचनको तयारीमा हुनुहुन्छ नि ?

मैले सानैबाट लेखनी थालेको हो, तर ०६७ सालबाट म पब्लिस भएँ कथाकी पात्र त्यसपछि समर लभले मलाई मेरो करियर मै मानक बनायो त्यसपछि साया हुँदै अहिले मनसुनको विमोचनको तयारीमा छु । 

मनसुन कस्तो पुस्तक हो नि ?

यो पनि प्रेम कथामा आधारित पुस्तक हो मलाई लाग्छ यस अघि समर लभ र सायालाई दिए जति माया मनसुनलाई दिनुहुनेछ । मनसुन नामबाटै पनि थाहा हुन्छ मनसुनमा एकैछिनमा घामलाग्छ एकैछिनमा पानी आउँछ एकै छिनमा सफा आकाश हुन्छ यो किसिमको उतार–चढाव मायामा पनि हुन्छ र यो किसिमका चेन्जेजहरु मनिसमा पनि आउँछन् पारिवारिक कुराहरुपनि छन् । यसरी म मनसुनलाई होल इन्टरटेनर बुक भन्न रुचाउँछु । 

तपाई यसरी पुस्तकमा प्रेमका कुराहरु पोखिरहँदा पहिचान बनाई रहँदा बुवाले के भन्नु हुन्छ नि ?

सुरु सुरुमा गाह्रो लाग्थ्यो बुवा आमालाई मेरा पुस्तकहरु देखाउनै गाह्रो लाग्थ्यो फेरी देखाउँदा पनि गालि खाईन्थ्यो यस्ता यौनजन्य कुराहरुमा तर म के भन्छु भने यौनका कुराहरुमा हामी खुलस्त हुनुपर्छ अब हाम्रो हजुरबाको पालामा केटा र केटी बोल्दा सल्किएछन् भनिन्थ्यो बाका पालामा हात समाउँदा हात समाए भनिन्थ्यो तर अहिले त्यस्तो छैन केटा केटी संगै हिड्दैमा त्यस्तो नकारात्मक सोच्न कम भएको अवस्था छ ।

कम त भयो होला तर तपाईको बुबा त अगाडि को मान्छे हो नि ?

हो हो । मैले हिजो दुईओटा मनसुनको कपि आएको थियो अनि मैले पढ्न दिए बुबालाई, अनि उहाँको कमेन्ट, ठिकै रहेछ टिनएजर कुरा रहेछन् धेरै जसो तर अन्तिममा राम्रो रहेछ म राति राएँ पढिसकेपछि भन्ने रेस्पोन्स आयो । अब त्यो उमेरको बुबाले पनि कति कुराले भावुक बनायो भनिरहँदा युवा पुस्तालाई त मन नपर्ने कुरै भएन । 

आमाले चाँही के भन्नु हुन्छ नि ?

आमालाई धार्मिक पुस्तक बढी मन पर्छन् र धार्मिक लेखिदिए हुन्थ्यो भन्नु हुन्छ तर मेरा सबै लेख रचना नबिराइ पढ्नु हुन्छ त्यसैले जे पायो त्यही लेख्न डर लाग्छ । 

तपाईको जीवन संगिनीले चाँही तपाईलाई कसरी बुझ्नु हुन्छ ?

जीवनसाथी मैले आफू अनुकुलकै खोजेजस्तो लाग्छ । मन्छेले खोज्दो पनि रहेछ । सहयोगी भावना मलाई यो मनसुन लेख्दा धेरै ठाउँमा सहयोग गरेकी छन् ।

तपाईको प्रेम सम्बन्ध चाँही कहिले सुरुभयो ?

समर लभ किताव लेखिसकेपछि एउटा कार्यक्रममा भेट भयो त्यतिबेला मेरो किताव चाँही मन परेको थिएन उनलाई तर मान्छे चाँही मन पराइन्छन् त्यसरी नै प्रेम झाँगिदै गयो अनि विवाह भयो । 

अन्तिम अन्तिममा छु, मनसुनकै विषयमा केही भन्दिनु हुन्छ ?

समर लभ, साया जस्तै भाषा पक्षाएर बनाएको अर्को प्रेम कथा हो । अब उतार चढाव चाँही समर लभ राम्रो थियो कि, साया राम्रो थियो कि यो चाँही पाठकहरुले पछि भन्नु हुनेछ । मनसुन एउटा थालेपछि नछौडौ भन्ने किताब भए जस्तो लाग्छ । यही शनिबार विमोचन हुँदैछ तपाईहरु पनि आउनु होला ।
समय र संवादको लागि धेरै धन्यवाद ।

तपाईहरुलाई पनि धन्यवाद पाठक समक्ष कुराहरु पुर्याउने मौका दिनु भएकोमा आभारी छु । 

सुबिन भट्टराईसंगको भिडियो कुराकानी हेर्नका लागि तल क्लिक गर्नुहोस् :-

You may also Like this

थप समाचार

मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई
मिस वर्ल्डको उपाधि भारत की मानुषी छिल्लरलाई

काठमाडौँ । चिनको सनाया सिटी एरेनममा शनिबार भएको मिस मिस वर्ल्ड २०१७ को उपाधि भारत की मानुषी छिल्लरले जितेकी छिन् । अन्य १०८ ...

लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच
लायन्स क्लब र सेचन हस्पिटलको सहकार्यमा ज्ञान चक्षुले गर्यो विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाच

काठमाडौँ । बासबारी भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले शुक्रबार आफ्ना अध्यनरत विद्यार्थीहरुको निःशुल्क स्वास् ...

गोप्य मतदानको बाधक प्रहरी नै !
गोप्य मतदानको बाधक प्रहरी नै !

गोप्य मतदानबाट जनप्रतिनिधि चुनिने संवैधानिक र कानुनी व्यवस्था छ। मतदाता पनि आफैंले मतदान गरेको मतपत्र सार्वजनिक गरे सजायको भा ...

अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली
अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली

३० कात्तिक, काठमाडौं । अस्ट्रेलियामा विदेशी मुलका मानिसमध्ये बेरोजगारी दर कम हुने आप्रवासीमा नेपालीभाषी रोजगारी सूचीको अग्रस् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...