पाँच हजार भन्दाबढी विद्यार्थीले कक्षा छाडे, कारण यस्तो !

२०७३ चैत्र १७ गते १४:१९ मा प्रकाशित


चितवन, १७ चैत । जिल्लाका सामुदायिक विद्यालयका प्राथामिक तहमा अध्ययन गर्ने धेरै विद्यार्थी भर्ना भएर बीचमानै विद्यालय छाड्ने गरेको पाइएको छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार चालु शैक्षिक सत्रमा जिल्लामा पाँच हजार ३३६ विद्यार्थीले बीचैमा विद्यालय छाडेका हुन् । जसमध्ये प्रावि तहका मात्रै तीन हजार १४५ छन् । जुन कुल विद्यार्थीको ९ प्रतिशत हुन आउदछ ।

त्यसैगरी निमावि तहका एक हजार २२३ अर्थात ५ प्रतिशत र मावि तहमा ९९६ जनाले विद्यालयमा भर्ना भई बीचमै पढाइ छाडेको उक्त कार्यालयले जनाएको छ ।  सामुदायिक विद्यालयमा प्रावि तहमा ३४ हजार ९५१, निमावि तहमा २४ हजार ५२५ र मावि तहमा १६ हजार ६०५ जना विद्यार्थी भर्ना भएका थिए ।

एउटा विद्यालयमा भर्ना भएर अर्को विद्यालयमा गएको भन्ने विद्यार्थीको व्यक्तिगत विवरण आउन नसक्दा विद्यालय भर्ना भई छाड्नेको सङ्ख्यामा वृद्धि भएको देखिएको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार यो सङ्ख्या घटाउनका लागि कार्यालयले अभिभावक अन्तक्र्रिया कार्यक्रम गर्न लागेको छ । यसरी विद्यालय छाड्नेमा पहाडी क्षेत्रका विद्यार्थी र दलित जनजाति रहेको उनले बताए । निमावि तह अध्ययन गर्दा गर्दै वैवाहिक सम्बन्ध कायम हुनु र पहाडी क्षेत्रमा रहेको गरिबीका कारण यस्तो समस्या आएको हुनसक्ने उनले बताए ।

यस्तै संस्थागत विद्यालयतर्फ भने विद्यालय छाड्नेको सङ्ख्या न्यून रहेको सो कार्यालयको तथ्याङ्कले देखाएको छ । जस्मा संस्थागत विद्यालयतर्फ प्रावि तहमा ३४ हजार ६६१, निमावि तहमा १८ हजार ४७१ र मावि तहमा १० हजार २२६ विद्यार्थी छन् । संस्थागत विद्यालयमा भने एक प्रतिशतमा मात्र यस्तो समस्या आउने कार्यालयले जनाएको छ ।

अभिभावक र विद्यार्थी सबैले पढाइ राम्रो हुने भन्दै संस्थागतलाई रोज्ने गर्दा शैक्षिक सत्र २०७२/७३ को तुलनामा अघिल्ला शैक्षिक वर्ष हरेक तहमा एक हजारका दरले विद्यार्थी वृद्धि भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । रासस

 

 

You may also Like this

थप समाचार

फेसबुकको आम्दानी ह्वात्तै बढ्यो !
फेसबुकको आम्दानी ह्वात्तै बढ्यो !

१२ साउन, एजेन्सी । दिनप्रतिदिन लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल फेसबुकको आम्दानी ह्वात्तै बढेको छ । विज्ञापनदाता फेसबुकतर्फ ...

एमाले प्रदेश नम्बर-२ को चुनावमा जोडतोडका साथ उत्रिदैँ
एमाले प्रदेश नम्बर-२ को चुनावमा जोडतोडका साथ उत्रिदैँ

काठमाडौं, साउन १२ । नेकपा एमालेले प्रदेश नम्बर–दुईको चुनावमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ । एमा ...

‘प्रेम गीत २’ को ७० प्रतिशत बढी टिकट बुक...

१२ साउन, काठमाडौं । यो शुक्रबार बाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘प्रेमगीत २’को टिकट बुधबार देखिनै बुकिङ सु ...

भरतपुर मुद्धामा सरकारी वकिलको बहस
भरतपुर मुद्धामा सरकारी वकिलको बहस

१२ साउन, काठमाडौ । चितवनको भरतपुर महानगरपालिका वडानम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा परेको रिटमा बिहीबार सर्वोच्च ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...