फेरि हराए अर्का विद्यार्थी

२०७४ फागुन १९ गते ०९:३० मा प्रकाशित


student

काठमाडौं - ललितपुरको फूलचोकीमा हिउँ खेल्न गएका विद्यार्थी जोन तामाङ हराएको घटना सेलाउन नपाउँदै शैक्षिक भ्रमणमा गएका ललितपुरकै अर्का एक विद्यार्थी शुक्रबार हराएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

ललितपुरको बागमती गाउँपालिका-३ स्थित भट्टेडाँडा आधारभूत विद्यालयमा कक्षा पाँचमा पढ्ने बुद्धबहादुर थिङ काठमाडौंको स्वयम्भूबाट हराएका हुन् । यो स्कुल सरकारी हो । छाउनीस्थित संग्रहालय अवलोकन सकेर स्वयम्भू भ्रमणमा गई फर्कने क्रममा थिङ हराएको विद्यालयका प्रधानाध्यापक सीताराम चौरेलले बताए । उनका अनुसार विद्यालयले कक्षा चारदेखि आठसम्म अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसहित ५९ जनालाई स्वयम्भू भ्रमणमा लगेको थियो । उक्त विद्यालयमा कक्षा आठसम्म मात्र पढाइ हुन्छ ।

‘सुरुमा छाउनी संग्रहालयको भ्रमण सक्यौं । त्यसपछि स्वयम्भू गयौं । त्यहाँको पनि भ्रमण सकेर बस चढ्ने बेला विद्यार्थी गणना गर्दा थिङलाई देखेनौं’, प्रधानाध्यापक चौरेलले भने, ‘सँगै घुम्न गएका अरू विद्यार्थीसँग कुरा गर्दा स्वयम्भूको टापुमा रहेको पानीको तालमा सिक्का फाल्ने ठाउँसम्म उनी साथैमा रहेको जानकारी पायौं तर अलि तल आएर बस चढ्ने बेला देखेनौं ।’

स्वयम्भूको टुप्पोबाट तल ओर्लनका लागि धेरै बाटो रहेकाले बाटो बिराएर थिङ हराएको हुन सक्ने विद्यालयले अनुमान गरेको छ । थिङ हराउनेबित्तिकै शिक्षकहरूले बालबालिका खोजतलास केन्द्र र प्रहरीलाई खबर गरेका थिए । बच्चा हराएको दिउँसो चार बजेतिर थाहा पाएपछि उनीहरूले प्रहरीलाई साढे चार बजेतिर खबर गरेका थिए । केही बेर आफैँ खोजबिनमा लाग्दा पनि विद्यार्थी फेला नपरेपछि उनीहरूले अभिभावकलाई पनि खबर गरिसकेका छन् ।

शुक्रबार रातिसम्म प्रधानाध्यापकसहित अन्य चार जना शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितको टोलीले खोजी गरिरहेको छ । विद्यार्थीबारे केही जानकारी नपाएपछि उनीहरूले ज्योतिषीलाई समेत हेराएका थिए । ‘ज्योतिषीले स्वयम्भूकै दक्षिणपूर्वको जंगलतिर बच्चा रहेको हुन सक्ने बताएका छन् ।

हामी अहिले त्यतैतिर जान लागेका छौं’, चौरेलले राति पौने ११ बजे अन्नपूर्णलाई भने, ‘यतैतिरको व्यापारीले बच्चालाई देखेको थियो रे भन्ने अपुष्ट समाचार पाएका थियौं तर आधिकारिक कतैबाट पनि जान्न सकेनौं ।’ दिउँसो हराए पनि साँझ हावा-हुरी र पानी परेको हुनाले खोजी कार्यमा समस्या भएको थियो । हराएका थिङ भट्टेडाँडाकै बासिन्दा हुन् ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...