प्रशंग स्थानीय तह निर्वाचनको !

२०७४ बैशाख १५ गते ०९:२२ मा प्रकाशित


  • कुमार शर्मा

kumar sharmaकरीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य भएर स्थानीय निकाय पुर्नसंरचना भए पश्चातको यो पहिलो निर्वाचन पनि हो । 

देशमा पहिलो चरणमा २०७४ बैशाख ३१ गते र दोस्रो चरणमा जेष्ठ ३१ गते जम्मा ७४४ स्थानीय तहमा ३४,४८८ जना जनप्रतीनीधी चुनीनेछन् ।
यो चुनावमा देशभरबाट मेयर २६३, उपमेयर २६३, गाउँपालीका अध्यक्ष ४८१, उपाध्यक्ष ४८१, वडाअध्यक्ष ६६८०, सदस्य दलित ६६८०, सदस्य महिला ६६८०, सदस्य खुल्ला १३,३६० चुनिनेछन् ।
अहिले देश नै चुनाबमय भएको छ । शहर, बजार, गाउँ घर, चोक गल्ली जताततै चुनावको चर्चा छ । केन्द्रमा पार्टी एकीकरण, चुनावी तामेलको माहोल छ भने स्थानीय तहमा भने कार्यकर्ताहरु आफुलाई मन लागेको एक पाटीबाट अर्कौ पार्टीमा प्रवेश गनेको लहर छ ।
सरकार पनि सबै पक्षलाई कसरी चुनावमा समेल गराउन सकीन्छ सो कुराकौ गृहकार्यमा व्यस्त छ एकै दिन देशभरी चुनाव गराउने तयारीमा रहेको सरकारले फेरी सबै पक्षलाई मिलाउन दुई चरणमा निर्वाचन गर्ने मिती तोकेको छ ।
नेपाल संघीय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य भएर स्थानीय निकाय पुर्नसंरचना भए पश्चात हालै पुरानो सँरचनालाई हटाएर नयाँ संरचना अनुसार नगरपालीका र गाउँपालीका बानाएइएको छ । हाल देशभरमा २६३ नगरपालीका र ४८१ गाउँपालीका कायम गरिएको छ । यिनै स्थानिय निकायमा निर्वाचन गर्नका लागी देश अगाडी बढेको छ ।
सरकारले चुनाव गराउने तयारी गरीसकेको छ निर्वाचन आयोगले पनि आफ्नो पुरा तयारीमा लागिपरेको छ । अब चुनाव हुने पक्का जस्तै छ । तराई केन्द्रीत केही दल र अन्य केही संगठनहरुले चुनाव हुन नदिने अभिव्यक्ति दिए पनि त्यो त्यती सान्दर्भिक नहोला । यो जनताको चाहनालाई अब केही शक्तिहरुले मात्र रोकेर रोकिदैन ।
निर्वाचन आयोगमा दर्ता भएका पाटीहरुले यति बेला आ–आफना तर्फबाट उमेदवार टुंगो लगाउँदैमा व्यस्त छन् । सबैभन्दा बढी चटारो पुरानो र ठुलो पार्टी भएको कारण कांगे्रस एमालेमा देखिन्छ । जनताको चाहना आफ्नालाई भन्दा पनि राम्रालाई उमेदवार बनाउनु पर्ने भन्नेमा छन तर सबै जसो पार्टीहरुमा गुट उपगुट हुने हुँदा सबैलाई मिलाउँदा राम्रा उमेदवार नै आउँछन भन्नेमा शंका नै छ ।
स्थानीय निकायमा उमेदवारी पाउनेहरु यतिबेला चुनावको नतिजा आफ्नो पोल्टामा पार्नका लागि व्यस्त छन् । पार्टीहरुले पनि कुन उमेदवारलाई उठाउँदा आफ्नो पाटोमा नतिजा पर्छ । त्यो ध्यान दिएर उमेदवारहरुको पक्का गरिरहेका छन् ।
नयाँ संरचाना अनुसार अहिलेको गाउँपालीका र नगारपालीका चुनावमा उमेदवार हुन र चुनाव लड्नु त्यती सजीलो छैन । त्यो भन्दा बढी चुनाबमा उठाउने उमेदवार खास गरी पार्टीहरुले त्यस्तो व्यक्तिहरु छन्नु जरुरी छ । जुन नयाँ संरचनालार्ई बुझेर आफुले पाउने पदको जिम्मेवारी बहन गर्न सक्ने खालको नेता दिनु जरुरी छ । राजनीतिक झोला मात्र बोकेका गुण्डा गर्दीले साथ दिएका भन्दा पनि अहिलेको आवश्यकता आफुले पाउने पदको काम कर्तव्य र अधिकारको सहि तरिकाले बहन गर्न सक्ने व्यक्ति छन्नु महत्वपुर्ण हुने छ । उमेदवारी घोषणालाई हेर्दा अहिले सबैजसो दलहरुले युवा पुस्तालाई अलि बढि स्थान दिएको जस्तो त देखिन्छ तर जुन प्रयाप्त भने छैन भन्ने सबैको गुनासो छ । संविधान सभाले दिएको नयाँ संविधानलाई स्थानिय तह देखी कार्यन्वयनमा ल्याउनु पनि अब चुनिने नेताहरुको मुख्य काम हुने छ । संघीयताका नाममा अझै हिमाल पहाड तराई भनेर संसदमा कराई रहेका नेताहरु जातीय मुद्धा लिएर राजनीति गरिरहेका नेताहरु विभिन्न नाममा भईरहेको आन्दोलन जस्ता विषय भन्दा केही माथी उठेर निस्वार्थ भावले आफ्नो स्थानीय तहलाई चलाउनु अर्को चुनौती हुनेछ । अधिकार सम्पन्न उच्च अधिकारीको भुमिकामा रहने अब निर्वाचित प्रतिनिधीलार्ई त्यत्ति सहज भने छैन ।

द्घन्दकाल देखी स्थानिय तह निस्कृय भए पछि बनेका घाउहरु अब टाल्ने कोशिस गर्नु पर्ने हुन्छ । केन्द्रबाट विकासका योजना ल्याउने त्यसलाई समानुपातिक रुपमा सबै वडामा लानको लागी पनि ठुलो विबेको खाँचो पर्ने छ ।
पार्टीहरुले यो स्थानिय तहको निर्वाचनमा खासगरी पार्टीको झन्डा मात्र बोकेका उमेरले पाकेका भन्दा पनि एउटा सिर्जनशिल, विवेकशील, शिक्षित खालका नयाँ पुस्ताहरुलाई अगाडी बढाउनुुमा जोड दिनु पने देखीन्छ ।
एक पक्षहरुको माग उमेदवार हुनको लागि पनि निश्चित शैक्षिक योग्यता तोकिनु पर्छ भन्ने छ जुन केही मात्रामा सान्दर्भिक पनि देखिन्छ । यति बेला जुन पार्टीले नयाँ कुरा अगाडी बढाउने छ उसले नै यो निर्वाचनमा सफलता हाशिल गने सवैको आकलन छ ।

आलोचकहरु निर्वाचन आयोगको दस्तावेज हेदा हाल १ करोड ४० लाख मतदाता संख्या रहेको भन्ने छ । देशका लगभग ४० लाख युवा विदेशी भुमीमा छन् अब बाँकी हुँदै भोट खसेमा ७५ या ८० लाख जति खस्ला, पौने तिन करोड जनसँख्या भएको देशमा के यही मतले मात्र स्थानीय चुनाव सफल हुन्छ होला भन्ने प्रश्न गर्छन ।
अर्का थरी देश बनाउन राजनीति नै चाहिन्छ भन्ने होइन भन्ने उदाहरण विधुत प्रधिकरणमा कुलमान घिसीङ, नेपाल प्रहरीमा रमेश खरेल, टेक्नोलोजी क्रान्तिमा महावीर पुन, समाज सेवामा धुर्मुस सुन्तलीबाट सिक्न सकिन्छ ।

यस्तै धेरै प्रश्नको उत्तर दिन स्थानिय निकायको निर्वाचन सफलताका साथ सम्पन्न गर्नु हामी सबैकौ जिम्मेवारी हुने छ । एउटा स्वच्छ छवी भएका उमेदवारहरु छन्ने अधिकार अब हामी जनताको हातमा छ । अब हामी सबैले पुर्बाग्रह रहितको विवेकको मत हाल्नु पर्छ । हाम्रा स्थानिय निकायहरु सशक्त भएर काम गर्न थलेपछि पक्कै पनि हाम्रो देशले पनि गति पाउने छ र यसले नयाँ नेपाल बनाउन निकै ठुलो सहयोगी भुमिका निर्वाह गर्ने नै छ ।

You may also Like this

थप समाचार

साथीहरुको चाहना रह्यो भने नेतृत्व दोहोर्याउन तयार छुः एनप्याब्सन अध्यक्ष शाही (भिडियो)
साथीहरुको चाहना रह्यो भने नेतृत्व दोहोर्याउन तयार छुः एनप्याब्सन अध्यक्ष शाही (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को छैंठौ राष्ट्रिय महाधिवेशन कात्तिक १७ देखि १ ...

रातको १२ बजे पनि जनताका समस्याका निम्ती हिडेको छुः नेपाली कांग्रेस युवा नेता बुढाथोकी (भिडियो)
रातको १२ बजे पनि जनताका समस्याका निम्ती हिडेको छुः नेपाली कांग्रेस युवा नेता बुढाथोकी (भिडियो)

काठमाडौँ । देश भर चुनाबी माहोल तातेको यो समयमा प्रतिनिधि सभा तथा प्रदेश सभामा कुन नेता कुन क्षेत्रमा उठ्ने ? भन्ने कुरा चर्च ...

मेरो स्वर मेरो देशलाई, मलाई देश छाडेर प्रगती गर्ने रहर छैनः गायीका बर्मा
मेरो स्वर मेरो देशलाई, मलाई देश छाडेर प्रगती गर्ने रहर छैनः गायीका बर्मा

काठमाडौँ । बाहिरी आखाले हेर्दा सुन्दर चेहेरा, मन्द मुस्कानमा देखिने सुजाता बर्मा नेपाली गीत संगीत तथा शास्त्रीय संगीतकी साधक ...

मेस्सी चम्किदा विश्वकपमा छानियो अर्जेन्टिना
मेस्सी चम्किदा विश्वकपमा छानियो अर्जेन्टिना

२५ असोज । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिना छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...