स्थानीय निर्वाचनमा भन्दा १० प्रतिशत कम मतदान

२०७४ मंसिर ११ गते ०८:१७ मा प्रकाशित


matadan

प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि ३२ जिल्लामा आइतबार पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । केन्द्रीय सरकारबाट जनताका अधिकार नियन्त्रित भएको भन्दै विभिन्न आन्दोलनपछि नेपाल संघीय संरचनामा गएको हो । प्रदेश सभाको अभ्यास नेपालले पहिलोपटक गर्दै छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रदेश सभा सदस्यका लागि पहिलो चरणमा ७४ सांसद निर्वाचित हुँदै छन् भने प्रतिनिधिसभाका लागि ३७ सांसद निर्वाचित हुनेछन् । बाँकी ४५ जिल्लाबाट २५६ प्रदेश सभा सदस्य र १२८ प्रतिनिधिसभाका सांसद निर्वाचित हुनेछन् । यी निर्वाचनसँगै नेपालको राजनीतिक संक्रमण पनि अन्त्य हुनेछ ।

निर्वाचन आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रारम्भिक रूपमा ६५ प्रतिशत मत खसेको छ । ४४ सय ६५ मतदान केन्द्रमध्ये दुईवटा केन्द्रमा बाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको आयोगले जानकारी दिएको छ ।

मतदान सम्पन्न भएलगत्तै मतपेटिका जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याइनेछ । आयोगका अनुसार संकलन भएका मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहन्छन् ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...