चार एसपीको सरुवा,को कहाँ?

२०७५ बैशाख १८ गते १५:४३ मा प्रकाशित


प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा गरेको छ। पछिल्लो समय साढे ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा लोकेन्द्र श्रेष्ठलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। श्रेष्ठ प्रहरी प्रशिक्षण केन्द्रमा थिए।

यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोग, कञ्चनपुर दबरबन्दी भइ हाल टंगालमा कार्यरत् दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सर्वेन्द्र खनालको सचिवालयमा तानिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत् राजन अधिकारीलाई सुनसरीमा सरुवा गरिएको छ। सुनसरीका तत्कालिन एसपी  विद्यानन्द माझी बालिका बतात्कारको आरोपमा मुख्यालय तानिएपछि रिक्त रहेको सुनसरीमा अधिकारीलाई पठाएको हो।

यसैगरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत जीवन श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय, सिरहामा पठाइएको छ। सिराहाका एसपी शेखर कोइरालाई ट्राफिक प्रहरी निर्देशनालयमा सरूवा गरिएको छ।

यस्तै महानगरीय ट्राफिक प्रहरी कार्यालयमा कार्यरत त्यस्तै, डम्बरबहादुर विक जिल्ला प्रहरी कार्यालय, धादिङ सरूवा भएका छन्। धादिङका ध्रुवराज राउतलाई अनुसन्धान विभागमा पठाइएको प्रहरी प्रवक्त मनोज न्यौपानेले सेतोपाटीलाई जानकारी दिए।

एसपीसँगै दुई डिएसपीको पनि सरूवा भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डिएसपी रूकेश तन्डुकारलाई जिल्ला प्रहरी कार्यालय अछाम लगिएको छ। अछामका डिएसपी दधिराम न्यौपानेलाई प्रहरी प्रधान कार्यालय नक्साल ल्याइएको छ। सेतोपाटीबाट

You may also Like this

थप समाचार

मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा
मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर यात्राको तयारीका विषयमा बुझ्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारती ...

एभरेष्ट बैंक लगनखेलले गर्यो पाठ्य सामाग्री हस्तान्तरण
एभरेष्ट बैंक लगनखेलले गर्यो पाठ्य सामाग्री हस्तान्तरण

काठमाडौँ । नव बर्ष २०७५ सालको उपलक्ष्यमा एभरेष्ट बैंक लिमिटेडको लगनखेल शाखाले ललितपुर महानगरपालिका वडा नम्वर ७ डुपाट स्थित न ...

आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई
आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई

काठमाडौं । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान भर्ने विमान कम्पनीमा बुद्ध एयर सबैभन्दा अग्रस्थानमा देखिएको छ । एक वर्षमा मात् ...

पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ
पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ

पर्सलाई धेरैजसो मानिसले आफ्नो पछाडिको खल्तीमा राख्ने गर्दछन् । यदि तपाईं पनि यस्तै गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानी तुरुन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...