दक्षिण कोरियाले पनि हान्यो क्षेप्यास्त्र

२०७४ भदौ १९ गते १५:१३ मा प्रकाशित


southसोल, भदौ १९ । उत्तर कोरियाको आणविक परीक्षणपछि दक्षिण कोरियाली सेनाले जमिनबाट आकासमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

दक्षिण कोरियाली सेनाले सोमबार बिहान जमिनबाट आकासमा हान्ने खालको क्षेप्यास्त्र हानेको सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।

उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवास्ता गर्दै गत आइतबार पनि छैठौँपटक एक शक्तिशाली आणविक परीक्षण गरेको थियो । उक्त परीक्षण हाइड्रोजन बम विश्रित रहेको पुष्टी पनि उत्तर कारियाले गरेको छ ।

दक्षिणको सेनाले सोमबारको बिहानको मिर्मिरे उज्यालोमा छोटो दुरीको ‘हाइम्बु’ नामको ब्यालेस्टिक क्षेप्यास्त्र आकासतिर हानेको थियो । पछि त्यो जमिनमै फर्किएको दृश्य उनीहरुले सार्वजनिक गरेको भिडियोमा देखिएको छ ।

दक्षिण कोरियाली अधिकारीहरुले सार्वजनिक गरेको भिडियोमा उक्त क्षेप्यास्त्र हानेको दृश्य कैँद गरिएको छ । उक्त भिडियोमा दक्षिण कोरियाको ‘एफ–१५’ लडाकू बिमानले जमिनबाट आकासमा हानेकाृ थियो ।

यसलाई उनीहरुले नै छोटो दुरीको भनी व्याख्या गरेका छन् । लम्बाई कतिसम्म हो भन्ने बारेमा पनि उनीहरुले उक्त भिडियो तथा सेनाको विज्ञप्तिमार्फत केही स्पष्ट गरेका छैनन् ।

देशको पूर्वी समुद्रमा सो ब्यालेस्टिक क्षेप्यास्त्रको लक्ष बनाइएको थियो । क्षेप्यास्त्रको परीक्षण सफल भएको र तोकिएको गन्तव्यमा क्षेप्यास्त्र पुगेर सकुशल फिर्ता भएको दक्षिण कोरियाली सेनाका प्रमुखले जनाएको भन्दै समाचारमा उल्लेख गरिएको छ ।

उता, हिजोमात्र उत्तरले गरेको हाइड्रोजन बम परीक्षणको समाचारलाई संसारका समाचार समितिहरुले सम्प्रेषण गरेका थिए । ती समाचारहरुमा यो घटनाबाट संसारमा ठूलो हलचल पैदा भएको मात्र नभई आणविक शस्त्रको होड बढाउने त्रासका रुपमा पनि टिप्पणी गरेका थिए ।

उत्तर कोरियाका सरकारी सन्चारमाध्यम ‘रोडोङ सिन्मुन’ले उत्तर कोरियाले आइतबार बिहान हानेको हाइड्रोजन बम शक्तिशाली र सफल भएको जनाएका थिए ।

 

उत्तर कोरियाका छिमेकी देशहरु दक्षिण कोरिया र जापानले आइतबारको हाइड्रोजन बम परीक्षणको पुष्टीगर्दै यसका कारण उनीहरुको देशको भूभागका पनि भूकम्पको जस्तै कम्पन आएको बताएका छन् ।

पहिलेको भन्दा यस परीक्षण धेरै शक्तिशाली रहेकोले पनि विश्वमा उत्तर कोरियाको हिजोको परीक्षणले तनाव उत्पन्न गरेको बताइन्छ । उत्तर कोरियाले यसअघि गरेको पाँचौपटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली रहेको टिप्पणीहरु गरिएको छ ।

दक्षिण कोरियाले सोमबार गरेको परीक्षण पनि उत्तरको परीक्षणस्थलसम्म लक्ष गरिएको पाइएको छ । जसका कारण यी दुवै परीक्षणले आपसमा लक्ष गरेको देखिन्छ ।

उत्तर कोरियाले आइतबार हाइड्रोजन बम मिश्रित क्षेप्यास्त्र परीक्षण गरेको स्थानलाई लक्ष गरेर गरिएको सो परीक्षण पनि सफल भएको दक्षिण कोरियाले जानकारी दिएको छ ।

यस परीक्षणपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कडाभन्दा कडा सजाय दिनसक्ने बताएका छन् । उनको यो भनाई उत्तर कोरियाप्रति लक्ष रहेको देखिन्छ ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने पछिल्लो समयमा उत्तरले गरेको आणविक परीक्षणपछि दक्षिण कोरिया जिम्मेवार रुपमा जवाफ फर्काउन सक्ने अवस्थामा किन नदेखिएको होला भनी टिप्पणी गरेका थिए ।

उनले आइतबार उत्तर कोरियाले गरेको परीक्षणको लगत्तै गरेको कैयौँ ट्वीटहरुमा भनेका छन्, ‘दक्षिणले गर्ने भनेको उत्तरसँगको शान्तिपूर्ण वार्ता सम्भव छैन तर तिमीहरुले गर्ने भनेको कारबाही आक्रमणको बदला आक्रमण नै हो ।

त्यसपछि सोमबार बिहान दक्षिण कोरियाको तर्फबाट यो जवाफी फायरिङका रुपमा ब्यालेस्टिक क्षेत्रप्यास्त्र परीक्षणको कुरा आएको हो । यसअघि भने उत्तर कोरियाले बारम्बार यस्तो क्षेप्यास्त्रहरु परीक्षणगर्दा भने दक्षिणले विरोधमात्र गर्ने गरेको थियो ।

यसपटक भने दक्षिण कोरियाले पनि यो क्षेप्यास्त्र हानेको समाचार अनौठो रुपमा प्रचारमा आएको छ । उत्तरको क्षेप्यास्त्रका विरुद्ध दक्षिणले पनि यसरी क्षेप्यास्त्र नै हान्ने यो धेरै लामो समयपछिको घटना हो ।

तर, यो परीक्षणपछि भने अमेरिकी राष्ट्रपतिको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन् । दक्षिण कोरियाली राष्ट्रपतिले भने उत्तरलाई राम्रो सबक सिकाउने र आवश्यक मात्रामा जवाफ दिने बताएका छन् । राससःएएफपी

You may also Like this

थप समाचार

पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)
पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)

काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले आफ्नो १२औँ खेलकुद सप्ताह सम्पन्न गरेको छ । पुस २४ गतेबाट सुरु भएको उक्त खे ...

पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई
पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले दक्षिण कोरियाको गांरुङ्जु युनिभर्सिटिबाट आएका स्वयंसेवकहरुको पुस २८ गते विशेष ...

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...