कुनै प्रकारको अन्तर्राष्ट्रिय प्रतिबन्धले छुँदैन उत्तर कोरियालाई !

२०७४ भदौ २० गते १२:४५ मा प्रकाशित


south-korea_4प्योङयाङ्ग, भदौ २० । संयुक्त राष्ट्रसंघ, अमेरिका लगायतले लगाएको विभिन्न प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई निर्भिकतापूर्वक सञ्चालन गर्दै आएको छ । आखिर अन्तर्राष्ट्रिय प्रतिबन्धलाई कसरी उत्तर कोरियाले लगातार नजरअन्दाज गर्दै आएको छ ? प्रश्न उठ्नु स्वाभाविक हो ।


वास्तवमा उत्तर कोरियालाई कुनै प्रकारको अन्तर्राष्ट्रिय प्रतिबन्धले तात्विक असर गर्दैन । उत्तर कोरियाको समग्र वैदेशिक व्यापार वार्षिक ८ देखि १० अर्ब डलर बराबर छ ।

यसमा ८० देखि ८५ प्रतिशत हिस्सा चीनसँगको व्यापार छ । बाँकी व्यापार अन्य मुलुकसँग हुन्छ ।

उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय प्रतिबन्धको असर उसको चीनसँगको व्यापारमा पर्दैन । बाँकी १५र२० प्रतिशत व्यापारमा हुने प्रतिबन्धले उत्तर कोरियालाई खासै असर गर्दैन ।

उत्तर कोरिया र अमेरिकाबीच पछिल्लो समय निकै तनाव बढेको छ । अमेरिकाले उत्तर कोरियामा आफ्ना नागरिकलाई जान रोक लगाइसकेको छ । उत्तर कोरियाले अमेरिकाको गुआम सैन्य बेसमा आक्रमण गर्ने घोषणा गरिसकेको छ । अमेरिकाले उत्तर कोरियालाई उसका उत्तेजक परमाणु कार्यक्रम तत्काल नरोके सैन्य कारवाही गर्न सक्ने चेतावनी दिदैं आएको छ । तर उत्तर कोरियाले अमेरिकाको सो चेतावनीलाई पुरै बेवास्ता गरेको प्रष्ट देखिन्छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पुनः उत्तर कोरियाबारे छलफल भएको छ । पछिल्लो समय उत्तर कोरियाले परीक्षण गरेको भनिएको शक्तिशाली हाइड्रोजन बम र त्यसले विश्व समुदायमा निम्त्याएको खतराबारे सुरक्षा परिषदको आकस्मिक बैठकमा छलफल भएको हो ।

राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले उत्तर कोरियाबाट उत्पन्न खतराबारे बैठकमा आफ्नो धारणा राखेको बताइन् । उनले भनिन्, ‘सुरक्षा परिषदका सदस्यहरुलाई अब त अति नै भयो भनेँ ।’

उनले उत्तर कोरियाको कदम रक्षात्मक नरहेको दाबीसमेत गरिन् । उनले आफ्नो ट्वीटरमार्फत सुरक्षा परिषद बैठकको जानकारी दिएकी हुन् ।

सुरक्षा परिषदका दुई सदस्य राष्ट्र रुस र चीन भने उत्तर कोरियामाथि कडा कारवाहीको विपक्षमा छन् । दुबै मुलुकसँग सुरक्षा परिषदमा ‘भिटो’ प्रयोग गर्ने अधिकार छ । त्यसैले पनि उत्तर कोरिया आफ्नो दुई मित्र राष्ट्र चीन र रुसका कारण निर्धक्क छ । रुस र चीन उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम रोक्नु पर्ने तथा अमेरिका र दक्षिण कोरियाले पनि संयुक्त सैन्य अभ्यास जस्ता गतिविधि रोक्नु पर्ने पक्षमा छन् । एजेन्सी

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...