दक्षिण कोरीयामा रहेकी मन्जुको कथाः उनी भन्छिन् पैसा कमाउँदै सिप सिक्दै छु

२०७३ पुस ६ गते २०:०३ मा प्रकाशित


  • कुमार शर्मा, दक्षिण केरीया ।

रेमिट्यान्सले चलेको देश भनेर हामिले सुनेको मात्रै हैन यथार्थ पनी त्यस्तै छ । आज दैनिक रुपमा नेपालीहरु बिदेसिने क्रम तिव्र रुपमा बढिरहेको छ । नेपालीहरु धेरै संख्यामा कामदारको रुपमा र केही संख्यामा विधार्थीको रुपमा बिदेसिएको पाइन्छ । खाडी मुलुक देखी लियर युरोप, अमेरीका, कोरीया, जापान जस्ता देशहरु काम गर्न सक्ने उमेरका ४० लाख युवा युवतीहरु ती देशहरुलाई हराभरा बनाउन आफ्नो रगतलाई पसिना बगाउदै छन् ।

त्यस्तै गन्तव्य मध्येको एउटा देश कोरीया पनि हो । सन २००८ बाट नेपाल सरकार र कोरीया सरकार विच नेपाली कामदारलाई कोरीया प्रवेशको बैधानिक बाटो खुलेपछि अहिले २०१६ सम्ममा लगभग ४० हजार नेपालीहरु यहाँ कार्यरत छन् । यहाँ खासगरी औद्योगीक र कृषी क्षेत्रमा कामदार नेपालबाट आउने गर्दछन् । यहाँ आउने मध्ये बढी मात्रामा पुरुष कामदार रहेको, केही मात्रामा महिला कामदारहरु यहाँ आउने गर्दछन् । नेपालबाट आउने महिला मध्यबाट धेरै महिला कामदारहरु कृषी क्षेत्रमा साग सब्जी, गोलभेडा, स्याउ, अंगुर, च्याउ खेती कुखुरपालन जस्ता क्षेत्रमा कार्यरत छन् । 

जसको एक उदाहरण हुन मन्जु पर्वत जो अहिले कोरीयाको ख्यागीदो भन्ने ठाउँमा कुखुरा फार्ममा कार्यरत छिन् । मन्जु एउटा सानो गाउँ होरस्यादीमा सामान्य परिवारमा जन्मीयकी मन्जु स्नातक सम्मको आफ्नो पढाईलाई थाती राखेर आज कोरीया आएको पनि ३ वर्ष पुरा भएछ । कुखुरा फर्ममा काम गदै आएकी मन्जुले यस फर्ममा सबैभन्दा पहिलो नेपाली कामदारको रुपमा प्रवेश गरेकी थिइन । अहिले ३ वर्षको विचमा यो फर्ममा ७ जना नेपाली कामदार थप गर्यो यसमा ४ केटा र ४ जाना केटी छन् । मन्जु देखाएको कामको लगनशिलता ले ३ वर्षमा यस फर्ममा थप ७ जना नेपाली कामदारले काम गने मौका पाएका छन् ।

सुरुमा काम गर्ने ठाउँमा आफु एक्लो महिला कामदार र त्यसमा पनि भाषाको ठुलो समस्यासँग जुध्दै कामको थालनी गरेकी मन्जु आज २० जना कामदारलाई काम लगाउन सक्ने भएकी छिन् । लगभग ३ लाख भन्दा बढी कुखुरा रहेको यो फर्ममा दैनिक रुपमा २ लाख भन्दा बढी अन्डा उत्पादन हुन्छ । यस फर्ममा खासगरी कुखुरालाई दाना दिने अन्डाको व्यवस्थापन गर्ने, खोरालाई साफा सुगर राख्ने, रोगी कुखुरा छुटाउने जस्ता काम गर्नुपर्छ । सुरुमा मन्जुले अन्डा लाई मेसीनले धोए पछि पनि सफा नभएको अन्डा छुटाउने काम गर्थीन् । प्रविधीले समपन्न राष्ट भएकोले यहाँ सवै जसो काम मेसीनबाट नै हुने गर्छ । त्यो प्रविधी चलाउन मात्र यहाँ कामदारको अवश्यकता हुने गर्दछ । छोटो समयमा नै रिताले कुखुरालाई दाना पानी कति, कसरी, कुन समयमा कति मात्रामा दिने कुन मेसिनबाट त्यो काम हुन्छ, दाना पानी कसरी राख्ने, अन्डालाई कुन मेसीनबाट कसरी धुने छुटाउने प्याकिन गने भन्ने जस्ता कामहरु सिकिन् । आज उनि यि सवै काम सुचारु रुपमा गर्न सक्छिन ।

जसले गर्दा उनि त्यो फर्ममा आफुलाई एक दक्ष कामदारको रुपमा चिनीन्छिन । मासिक रुपमा १ लाख ५० हजार भन्दा बढी कमाउने उनले आज मैले पैसाको साथमा सिप पनि सिकेको कुरा खुसीका साथ ब्यक्त गछिन् । मन्जुले छोटो समयमा त्यहाँको भाषा सिक्न सफल भएको र उनको साहुले उनलाई त्यहाँ प्रयोग हुने मेसिन र तिनीहरुले गर्र्नेे कामको बारेमा सिकाउन सजिलो भएको र छोटो समयमा त्यहाँको प्रयोग हुने प्रविधी देखी लिएर कुखुराको खान पिन बसाईको व्यवस्था औषधी पानीको व्यावस्था र त्यहाँ प्रयोेग हुने सबै जसो कुराहरु उनलाई आज पुर्ण ज्ञान भएको उनले बताए । मन्जुले नेपाल गए लगतै एउटा ठुलो कुखुरा फाराम खोल्ने योजना रहेको बताइन । जसलाई साकार पार्न उनी आज थप मेहनत गरिरहेको बताउँछिन् ।

कोरीया युद्धको समयमा देश पुर्ण रुपमा ध्वस्त भएको र भोकमारी, अभाव छिचल्दा नेपालले पनि खाद्यान्न सहयोग गरेको कुरा आफुले पढेको मन्जुले बताइन । युद्धपछी कोरीयाका धेरै मानिसहरु विदेशमा काम गर्न गएर प्राविधीक कुराहरु सिकेर आफ्नो देशमा त्यसैलाई प्रयोग गरेर सुरु भएको विकास ६० ७० वर्षको विचमा विश्वमा नै चकित पार्ने रुपमा देखिन्छ । यो यहाँका मानिसमा भएको विकाश प्रतिको इच्छा शक्तिले गर्दा भएको हो भन्ने उनको भनाई छ । आफुले पैसाको साथमा केही सिप पनि आज आफुसँग रहेको उनले बताइन । द्धन्द अस्थिर राजनिती र पछिल्लो समय भुकम्पले तहस नहस पारिरहेको नेपाली आमाको मुटुमा ठुलो घाउ छ । त्यो मेटाउन हामी सबै नेपालीले आफ्नै ठाउँबाट ठुलो मेहनत गर्नु पर्ने छ । त्यसैले हामी विदेशियका नेपालीहरुले मात्र विदेशमा सिकेको समान्य सिपलाई पनि हाम्रो देशमा गएर उपयोग गरे भने हाम्रो देशको अनुहार छिटै फेरीनेमा कुनै दुईमत छैन । भित्रीएको रेमिट्यान्सले देश चलाउने मात्र होइन हामी नेपालीहरुले विदेशमा कमाएको सिपले नेपालको उन्नती गर्न निकै सहयोग गर्ने छ त्यसैले अब हामी कम्मर कसेर लाग्नु पर्ने कुरा उनले बताइन ।

 

 

 

 

You may also Like this

थप समाचार

धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन
धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत ...

विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई
विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई

काठमाडौँ । रसियामा सम्पन्न विश्वकप २०१८ को गोल्डेन बल क्रोएसियाका कप्तान लुका मोडरिकले पाएका छन् । उनी विश्वकपकै उत्कृष्ट खेल ...

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि
फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौँ । क्रोएसियालाई हराउँदै फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित हात पारेको छ । आइतबार राति भएको खे ...

भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती
भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती

काठमाण्डौ । एक मात्र निर्बाचन क्षेत्र रहेको पुर्वी पहाडि जिल्ला भोजपुरबाट निर्वाचित सांसद तथा नेकपाका युवा नेता हुन् सुदन किर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...