उत्तर कोरियाद्धारा फेरि क्षेप्यास्त्र प्रहार

२०७४ भदौ ३० गते १३:२० मा प्रकाशित


kiiiiimकाठमाडौं, भदौ ३० । उत्तर कोरियाले फेरि जापानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ। नेपाली समयअनुसार बिहीबार राति राजधानी प्योङयाङबाट पूर्व दिशामा जापानी आकाशमा क्षेप्यास्त्र प्रहार भएको दक्षिण कोरिया र जापान सरकारले पुष्टि गरेको छ।

दक्षिण कोरियाले जनाएअनुसार उक्त क्षेप्यास्त्र करिब ७७० किलोमिटर उचाइमा थियो र यसले कुल ३७०० किलोमिटर दूरी पार गरेको अन्तर्राष्ट्रिय समाचारमाध्यममा उल्लेख छ।

तीन साताअघि मात्रै उत्तरले जापानी आकाशमा गरेको क्षेप्यास्त्र परीक्षण गरेको थियो।

जापानको होक्काइदो सहर हुँदै गएको उक्त क्षेप्यास्त्र प्रहारपछि जापान सरकारले आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

बिहीबारै उत्तरले जापानलाई ‘डुबाइदिने’ र अमेरिकालाई ‘खरानी र अन्धकारमय’ बनाउने धम्की दिएको थियो। यसका लागि आफूहरुले परमाणु हतियार प्रयोग गर्ने बताउँदै उत्तरले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले गरेको निर्णयलाई ‘पैसामा बिकेका देशहरुले अमेरिकाको आदेश पालना गरेका’ भनेको थियो।

संयुक्त राष्ट्र संघले अमेरिकाको पहलमा उत्तरविरूद्ध कडा नाकाबन्दी लगाएको छ। यस नाकाबन्दीअन्तर्गत मुख्यरुपमा तेल निर्यातमा कडाइ र उत्तरको दोस्रो ठूलो निकासी क्षेत्र टेक्सटायल प्रतिबन्ध गरिएको छ।

You may also Like this

थप समाचार

पाँच हजार विद्यालय अझै अलपत्र !
पाँच हजार विद्यालय अझै अलपत्र !

भूकम्पले ध्वस्त भएको चार हजार नौ सय विद्यालय तीन वर्ष सम्म पनि बन्न सकेका छैनन्।तीन वर्षभित्र सबै विद्यालय निर्माण गरिसक्ने ल ...

समय सापेक्ष शिक्षालाई विट्सले जोड दिन्छः ज्ञान बहादुर श्रेष्ठ
समय सापेक्ष शिक्षालाई विट्सले जोड दिन्छः ज्ञान बहादुर श्रेष्ठ

केटिएम खबरको विशेष सम्वादमा विट्स एकेडेमी तथा समसामयिक शिक्षा केन्द्रित कुराकानी गर्दै विट्स एकेडेमी उच्च मा.वी.का संस्थापक प ...

सामथ्र्य बचत तथा ऋण सहकारी संस्थाले गर्यो सातौ वार्षिक उत्सव एवं कार्यालय उद्घाटन
सामथ्र्य बचत तथा ऋण सहकारी संस्थाले गर्यो सातौ वार्षिक उत्सव एवं कार्यालय उद्घाटन

काठमाडौँ । चाबहिल–७ गणेशस्थानमा रहेको सामथ्र्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ७औँ वार्षिक उत्सव एवं नयाँ कार ...

अबको प्रधानमन्त्री को बन्नुपर्छ ?, मत सर्वेक्षण
अबको प्रधानमन्त्री को बन्नुपर्छ ?, मत सर्वेक्षण

अबको प्रधानमन्त्री को बन्नुपर्छ ?, मत सर्वेक्षण ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...