साउदीबाट १२ नेपालीको उद्धार !

२०७४ साउन २ गते ११:३१ मा प्रकाशित


uddar२ साउन । साउदी अरवमा अलपत्र परेका १२ युवाको उद्धार गरिएको छ । कार्यरत समी इब्राहिम आबु अल्सामत कन्ट्र्याक्टिङ इस्ट कम्पनीले ४ महिनासम्म तलव तथा खाने र बस्ने सुविधा नदिइ अलपत्र पारेका १५ जनामध्ये चितवनका जीवन महतो, कपिल स्याङतान, अशोक लामा र भक्ती चौधरी, उदयपुरका तारा कार्की र काजी कार्की, झापाका जीतबहादुर थापा र दिपबहादुर थापा, सिन्धुलीका थिरबहादुर थापा, मोरङका सुसन खड्का, रौतहटका बिजुली मुखिया र भक्तपुरका बालहरि परियारको उद्धार गरिएको हो ।

म्यानपावरसँग गरिएको सम्झौता विपरित कम्पनीले अर्कै काममा लगाएको, तलव नदिएको र खानेवस्ने व्यवस्था नमिलाएको पाइएपछि युवालाई नेपाली दुताबास तथा विभिन्न संघसंस्थाको पहलमा स्वदेश फर्काइएको हो । उनीहरुलाई नेपाल फर्कने टिकट र त्यसक्रममा लाग्ने खाना खर्च स्वयं म्यानपावर कम्पनीलाई बेहोर्न लगाएर स्वदेश फर्काइएको साउदीअरवबाट खोटाङका गजेन्द्र खालिङ राईले जानकारी दिनुभयो । १५ जना युवा सेल्समेन र मेकानिकल सम्बन्धी कामका लागि ७ महिनाअघि मेनपावर कम्पनी एच गल्फ ग्रुपमार्फत साउदीअरब पुगेका हुन् ।

अलपत्र परेका युवालाई कम्पनीबाट उद्धार गरेर ३ महिनासम्म दुतावासको शरणमा राखिएको थियो । अलपत्रमध्ये पर्वतका देवबहादुर राना, महोत्तरीका जोककुमार राई दनुवार र ईलामका प्रेमराज लिम्बू केही समयपछि स्वदेश फर्कने राईले बताउनुभयो ।

You may also Like this

थप समाचार

समानुपातिकमा किन बसेनन् माओवादी शीर्ष नेता
समानुपातिकमा किन बसेनन् माओवादी शीर्ष नेता

३० असोज, काठमाडौं । माओवादी केन्द्रले संघीय संसद् ९प्रतिनिधिसभा० का लागि पूर्वसभामुख ओनसरी घर्तीलगायत पार्टीका दोस्रो पुस्ता ...

उन्नाइस विधेयक संसदको कार्यकाल समाप्तिसँगै निक्रिय
उन्नाइस विधेयक संसदको कार्यकाल समाप्तिसँगै निक्रिय

३० असोज, काठमाडौं । रूपान्तरित व्यवस्थापिका संसद्का कार्यकाल समाप्तिसँगै संसद्मा विचाराधीन १९ वटा विधेयक स्वतः निष्क्रिय भएक ...

पदावधि सकिनै लाग्दा सांसदले बाँडे १० अर्ब
पदावधि सकिनै लाग्दा सांसदले बाँडे १० अर्ब

३० असोज, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रभावित गर्नेगरी निर्वाचन निवर्तमान सांसदले १० अर्ब रुपैयाँ बाँडफाँट ...

संघीय संसद् पनि भाडाकै घरमा
संघीय संसद् पनि भाडाकै घरमा

३० असोज, काठमाडौं । संविधान जारी गरी कार्यान्वयनको महत्त्वपूर्ण चरण पार गरेको नयाँ बानेश्वरस्थित सम्मेलन केन्द्रको भाडाको भव ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...