स्मार्ट लाइसेन्स वितरण सुरू

२०७४ भदौ २२ गते १४:२७ मा प्रकाशित


samrt-cardकैलाली, भदौ २२ । सेती अञ्चल यातायात व्यवस्था कार्यालयले बुधबारबाट विद्युतीय प्रविधिको स्मार्ट कार्ड ९लाइसेन्स० वितरण गर्न थालेको छ ।

कार्यालयका प्रमुख कृष्ण भुसालले धनगढी उपमहानगरपालिका–४ का राजेन्द्र आमात्यलाई पहिलो स्मार्ट लाइसेन्स प्रदान गर्दै यो नयाँ प्रविधिबाट लाइसेन्स वितरणमा एकरुपता ल्याउनुका साथै यातायातलाई अझ बढी सुरक्षित, व्यवस्थित र भरपर्दो र विश्वसनीय बनाउन सहज हुने जानकारी दिए ।

उनले यस प्रकारको लाइसेन्सबाट गलत मान्छेले लाइसेन्स पाउने तथा गलत तरिकाले दुरूपयोग गर्ने सम्भावना कम हुने बताए । पोलिकार्बोनेटबाट बनेको क्रेडिट कार्ड साइजको यो विद्युतीय कार्ड टिकाउ र बोक्न सजिलो हुनाका साथै आगो र पानीबाट बिग्रिने समस्या नरहने बताए ।

हाल सुरूआती चरणमा नवीकरण गर्नेलाई यो लाइसेन्स वितरण गरिने भए पनि केही सातामा नयाँ लाइसेन्स लिने सेवाग्राहीलाई पनि वितरण गरिने कार्यालयका प्रमुख भुसालले जानकारी दिए । यसको अवधि ५ वर्षको हुनेछ भने बनाउँदा पनि ५ सय राजस्व तिर्नुपर्ने व्यवस्था छ । रासस

You may also Like this

थप समाचार

कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते
कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते

कालीकोट – म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामा ...

चलचित्र फिक्काको उत्साहजनक व्यापार
चलचित्र फिक्काको उत्साहजनक व्यापार

काठमाडौँ । चलचित्र फिक्काले पहिलो दिन उत्साहजनक व्यापार सुरु गरेको छ। सोचे भन्दा धेरै नै बढी राम्रो प्रतिकृया पाएको चलचित्रक ...

बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)
बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)

काठमाडौ । आगामी मंसिरमा हुने निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ तथा प्रकाश दाहालकी पत्नी बिना मगर ...

राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै
राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै

२८ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरीत मन्त्रिपरिषद विस्तार गरेपछि नयाँ मन्त्री र रा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...