थप ६ विमान किन्दै नेपाल एयरलाइन्स

२०७४ फागुन १६ गते ०७:५४ मा प्रकाशित


A320_Nepal_Airlines_01-1024x517

१६ फागुन, काठमाडौँ । नेपाल एयरलाइन्सले थप छ वटा विमान खरिद गर्ने भएको छ। विमान खरिद गर्न व्यवसायिक योजना बनाइरहेको राष्ट्रिय ध्वजाबाहकले आवस्यक रकमको पनि खोजी गरिरहेको छ। यो खबर आजको नयाँपत्रिका दैनिकमा अच्युत पुरीले लेखेका छन्।

यही आर्थिक वर्षभित्र २ एयरबस वाइडवडी ए ३३० विमान ल्याइसक्ने तयारीमा रहेको एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानकै लागि थप २ ए३२० सिरिजका न्यारोवडी विमान खरिद गर्ने योजनामा रहेको छ। त्यस्तै निगमले आन्तरिक उडान गर्न ४ ट्वीनअटर विमान पनि किन्ने योजना बनाएको छ।

छ विमान खरिद गर्न निगमले २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ। हालको बजार मूल्यअनुसार ए३२० विमानको मूल्य १० करोड अमेरिकी डलर र ट्वीनटरकोे ७० करोड रहेको छ।

हाल लगानी प्राविधिक अध्ययन भइरहेको र लगानीका बारेमा पनि छलफल जारी भएकोले निष्कर्ष आउनेवित्तिकै स्वीकृतिका लागि संचालक समितिमा लिने एयरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।

 

 
 
 

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...