सिंहदरबारबाट हराएको टायर ललितपुरमा भेटियो

२०७४ पुस २ गते २२:४५ मा प्रकाशित


काठमाडौं । सिंहदरबारबाट चोरी भएको टोयटा हाइलक्स गाडीको टायर ललितपुरको एक सर्भिस सेन्टरमा भेटिएको छ । साथै, टायर चोरीमा सिंहदरबारस्थित सरकारी कार्यालयकै ड्राइभरको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।

singhadarabar
स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा १ झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीको चारवटै टायर चोरी भएको थियो ।

गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार सिंहदरबारभित्रै पार्किङ गरेका थिए । तर, आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएको श्रेष्ठले बताए ।

घटना सार्वजनिक भएको केही घन्टामै प्रहरीले चोरी भएको टायर ललितपुरको यूएन पार्क नजिक बारही टायर सर्भिस सेन्टरमा भेट्टाएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका इन्स्पेक्टर भोजराज पाण्डेले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार स्थानीय विकास वित्तिय सुधार आयोगका सवारी चालक चन्द्रबहादुर मुक्तानले टायर चोरी गरेको खुलेको छ ।

फरार उनको खोजी भइरहेको छ ।

प्रहरीका अनुसार रातको समयमा टायर खोलेको र विहान ७ बजे लगेको अनुसन्धानबाट खुलेको छ । चोरीमा प्रयोग भएको जग सर्भिस सेन्टरबाट लगेको खुलेको छ ।

प्रहरीले सर्भिस सेन्टरका जमलबहादुर मगरलाई पक्राउ परेको छ । चोरी भएको एउटा टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्छ । अनलाइनखबरबाट

You may also Like this

थप समाचार

गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास
गुन्डा नाइके गणेश लामालाई इन्काउन्टरको प्रयास

काठमाडौं । गुन्डा नाइके गणेश लामालाई पिंगलास्थानमा भएको ‘फाइट’मा इन्काउन्टर गर्न खोजिएको तथ्य फेला परेको छ । तर ...

विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो
विमान दुर्घटना अपडेटः जलेको अवस्थामा दुई जनालाई नर्भिक अस्पताल ल्याइयो

काठमाडौ । त्रिभुवन विमानस्थलमा सोमबार साँझ भएको युएस बंगला एयरको विमान दुर्घटनामा उद्दार गरिएका दुई जना यात्रुलाई नर्भिक अन् ...

टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?
टुँडिखेलमा डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरे, बन्ला त विश्व रेकर्ड ?

काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा आज हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद&rsq ...

यि तस्विरहरु जसले विश्वभरी नै चर्चा पाए
यि तस्विरहरु जसले विश्वभरी नै चर्चा पाए

काठमाडौँ । वाइल्डलाईफ अर्थात वन्य जीवन झल्काउने यी तस्बिरहरुले धेरैको मन जितेको छ । वाइल्डलाइफ फोटोग्राफरका क्यामेराले कैद गर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...