सिमकोटको छात्रावासको हरिबिजोग, ७० विद्यार्थी नौ महिनादेखि आधा पेट !

२०७४ बैशाख १७ गते ०८:३४ मा प्रकाशित


simkot-chatrabas१७ बैशाख, काठमाडौं । साबिकको श्रीमिष्ठा गाविस पिप्लाङकी १२ वर्षीया स्वस्तिका शाहीले सुकाएको फर्सी र गान्टेमुलाको सुकुटीको झोल खान थालेको ७ महिना भएको छ । गत वर्ष दैनिक ३ पटक खाना र नास्ता खाएकी स्वस्तिकाले मंसिरयता पूरा पेट खान पाएकी छैनन् ।

सदरमुकाम सिमकोटको बीच बजारमा ०३९ सालमा स्थापना भएको महिला फिडर छात्रावासमा बसेकी स्वस्तिकाले मंसिरयता मात्रै ९ दिन भोकै विद्यालय जानुपरेको छ ।


सदरमुकाम सिमकोटको मानसरोवर उमाविमा कक्षा ६ मा अध्ययनरत चंखेल्नी गाउँपालिका मेखालाकी ११ वर्षीया ज्ञानुमाया ऐडीले आधा पेट खान थालेको पनि महिना दिन बितेको छ ।

गत चैतमा घरपरिवार छाडेर गुणस्तरीय शिक्षाको अभिलाषासहित हिमाली आवासीय छात्रावास आएकी ऐडीलाई सातपटकसम्म खाएको खानाको सम्झनाले सताएको छ ।

छात्रावासलाई सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत दिने छात्रवृत्ति रकम साउनदेखि नै नदिएको भन्दै छात्रावास प्रशासनले खाद्यान्नको जोहो गर्न नसक्दा छात्रावास भर्ना भएको महिना दिनमै उनी सात दिन भोकै विद्यालय गइन् ।

सरकारले शिक्षा मन्त्रालय हुँदै जिल्ला शिक्षा कार्यालय हुम्लामार्फत सम्बन्धित छात्रावासलाई प्रतिमहिना प्रतिविद्यार्थी आवास र खानाबापत दिँदै आएको ४ हजार रुपैयाँ गत साउनदेखि नदिएपछि अहिले दुवै छात्रावासमा आश्रय लिएर बसेका सबै विद्यार्थीको दैनिकी निकै कष्टपूर्ण बन्दै गइरहेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

You may also Like this

थप समाचार

राजपालाई यी दुई दलको तालमेल प्रस्ताव...
राजपालाई यी दुई दलको तालमेल प्रस्ताव...

काठमाडौं, जेठ १२ । स्थानीय तह निर्वाचनको दोस्रो चरणमा तालमेल गर्न संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले अर्को मधेसी घटक र ...

बिहेलगत्तै ‘तलाक’ ! बेहुलासहित दुई भारतीय गाडी स्थानीयको कब्जामा
बिहेलगत्तै ‘तलाक’ ! बेहुलासहित दुई भारतीय गाडी स्थानीयको कब्जामा

काठमाडौं, जेठ १२ । बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भ ...

काठमाडौं महानगरः विद्यासुन्दर विजयोन्मुख
काठमाडौं महानगरः विद्यासुन्दर विजयोन्मुख

११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्य जित नजिक पुगेका छ ...

यसरी गर्दैछन् देउवाले सरकार गठनको पहल
यसरी गर्दैछन् देउवाले सरकार गठनको पहल

११ जेठ, काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि बिहीबार ठूलो दलको नेताका हैसियतल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...