सिलवाल निर्बाध संसद् भवनमा

२०७४ फागुन २० गते ०९:४३ मा प्रकाशित


silwal

काठमाडौँ । प्रहरीको खोजी सूचीमा रहेका पूर्वडीआईजी एवं ललितपुर १ का सांसद नवराज सिलवाल शनिबार बानेश्वरस्थित संघीय संसद् भवनमा देखा परे । सरकारी छाप दस्तखत किर्ते मुद्दामा सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले अनुसन्धानका निम्ति सिलवाललाई ब्यापक खोजी जारी राखेको छ ।

पुसको दोस्रो साता मात्रै महानगरीय प्रहरी परिसर, काठमाडौंले सिलवाललाई बयानका लागि उपस्थित गराउन भन्दै ललितपुर परिसरलाई पत्राचार गरेको थियो ।

सिलवाल फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयलाई पत्राचार गर्दै उनको खोजी जारी राख्न आन्तरिक सर्कुलर गरेको थियो । यति गर्दा पनि फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सिलवालका नाममा इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ समेत जारी गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा प्रहरीको खोजीबाट बच्न सम्पर्कबाहिर रहेका सिलवाल एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक वृत्तमा देखा पर्न थालेका हुन् । फागुन ७ मा उनी प्रधानमन्त्री निवास बालुवाटारमा देखा परेका थिए । संसद् भवनमा एकीकरणको प्रक्रियामा रहेको एमाले र माओवादी केन्द्रका सांसदहरूको संयुक्त बैठक शनिबार बसेको थियो । दुवै दलका अध्यक्षले सम्बोधन गरेको उक्त बैठकमा सिलवाल पनि अन्य सांसदसरह सहभागी भए ।, यो खबर आजको कान्तिपुरमा छ । 

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...