नवराज सिलवाल प्रकरणः मुद्दाको पेसी छाडेकोमा प्रधानन्याधीशसँग महान्यायाधीवक्ता रुष्ट

२०७४ बैशाख २९ गते १३:२४ मा प्रकाशित


Nawaraj-Silwalकाठमाडौ, २९ वैशाख । प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा दायर रिटको पेसी बिहीबार पनि स्थगित भएको छ ।

प्रहरी महानिरीक्षकमा प्रकाश अर्यालको नियुक्तिपछि डिआइजीमा नवराज सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटको सुनुवाइ २८ वैशाखका लागि राखिएको थियो ।

१९ वैशाखमा पेसी नसर्ने गरी पूर्ण इजलासमा सुनुवाइ गर्ने गरी राखिएको पेसी बिहीबार पनि हुन सकेन । महाअभियोगको प्रस्ताव संसद्मा दर्ता भएको चार दिनपछि सर्वोच्च अदालतले आन्तरिक आदेशपछि पुनःकाममा फर्किएकी प्रधानन्याधीश सशुीला कार्कीले सो रिट स्थगित गरेकी हुन् ।

सिलवालको पेसी ८४ नम्बरमा राखेर स्थगित भएछः रमन
‘२७ वैशाख बेलुकीसम्मको पूरक साप्ताहिक पेसीमा नवराज सिलवालको रिटको पेसी ७६ नम्बरमा उल्लेख छ,’ महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले भने, ‘तर, वैशाख २८ गते बिहानको पेसीमा ८४ नम्बरमा राखेर स्थगित गरिएको छ ।’ २८ वैशाखको पेसीमा ७३ नम्बरमासीताराम चौधरीले दाङ जिल्ला अदालतलाई विपक्षी बनाएर दायर मुद्दाको पेसी राखिएको छ ।

‘साप्ताहिकमा राखिएको पेसीमा यसरी जालझेल गरी सानुपर्ने थिएन,’महान्याधिवक्ता श्रेष्ठले भने, ‘दैनिक पेसी तोकेर स्थगित गराएको भए पनि उनले ताक्ने इजलासमा शंका हुँँन्न थियो । डिआइजी सिलवालको पेसी रातारात किन स्थगित रु उहाँ ९प्रधानन्यायाधीश० को इजलास तोक्ने प्रक्रियालाई अब कसरी बुझ्ने ?’

सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदले गत १७ वैशाखमा संसद्मा महाअभियोग दर्ता गरेसँगै चार दिन निलम्बनमा परेकी प्रधानन्यायाधीश कार्कीको इजलास तोक्ने शैलीमा शंका उत्पन्न भएको श्रेष्ठले बताए । १९ वैशाखका लागि तोकिएको तोकिएको डिआईजी नवराज सिलवालको पेसी त्यसदिन कायममुकायम प्रधानन्यायाधीश बनेका गोपाल पराजुलीले २८ वैशाखका लागि सारेका थिए ।

You may also Like this

थप समाचार

किवानिज क्लव अफ लुम्बिनीको नेतृत्वमा मल्ल
किवानिज क्लव अफ लुम्बिनीको नेतृत्वमा मल्ल

नवलपरासी । वालवालिकाको क्षेत्रमा काम गर्ने अत्राष्ट्रिय सस्था किवानिज क्लव अफ लुम्विनिको अध्यक्षमा वाशुदेव मल्ल चययन हुनु भए ...

बुनपामा माओवादी केन्द्रका नेता अर्याल सहित दुइ दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश
बुनपामा माओवादी केन्द्रका नेता अर्याल सहित दुइ दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकाका माओवादी केन्द्रका नेता सञ्जय अर्याल सहित दुई दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा बुधबार प् ...

समस्यामा अर्जेन्टिना
समस्यामा अर्जेन्टिना

काठमाडौँ । फुटबलको ठूलो प्रतिस्पर्धामा विश्वका उत्कृष्ट खेलाडी लियोनल मेस्सी नहुने कुरा अस्वीकार्य हुन्छ । तर विश्वकप छनौटमा ...

लगातार ८० घन्टा ४ मिनेट बोलेर अनन्तरामले तोडे विश्व रेकर्ड
लगातार ८० घन्टा ४ मिनेट बोलेर अनन्तरामले तोडे विश्व रेकर्ड

काठमाडौँ । अनन्तराम केसीले लगातार ८० घन्टा ४ मिनेट बोलेर विश्व रेकर्ड आइतबार कायम गरेका छन् । यसअघि भारत गुजरातका आश्विन सुं ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...