टाउकोले सिँढी चढेर अनौठो कीर्तिमान हेर्नुहोस् भिडियो

२०७३ चैत्र ३ गते १८:५१ मा प्रकाशित


कतिपय मानिसको क्षमता पनि सामान्य मान्छेले आँट्नै नसक्ने खालको हुन्छ । अग्लो सिँढी भयो भने खुट्टैले टेकेर चढ्दा त थकाइ लाग्छ तर यी व्यक्तिले भने खुट्टाले होइन टाउकैले टेकेर सिँढी उक्लिन्छन् ।

उनको यो कला तथा क्षमता जन्मजात होइन, उनले कैयन् वर्षको तालीम तथा मेहेनतपछि प्राप्त गरेका हुन् । निरन्तरको अथक मेहेनतपछि उनले अहिले अनौठो क्षमता हासिल गरेका छन् ।चीनको बेइजिंगका ली लङगङ्ग नामका व्यक्ति सजिलैसँग टाउकोले सिँढी चढ्दछन् । उनको यस्तो चढाइ देख्दा हेर्ने मानिस हेरेको हेर्‍यै हुन्छ ।

खुट्टाले टेक्नुपर्ने सिँढीको खुटि्कलोमा टाउकोले टेक्छन्, खुट्टाहरु हावामा हुन्छन् माथि अनि अनौठो सँग जिउको सन्तुलन मिलाएर सिँढी उक्लिन्छन् ।

टाउकोले सिँढी चढ्ने ली को नाम सन् २०१२ मै गिनिज बुकमा लेखिएको हो । त्यतिबेला उनले केही मिनेटमै टाउकोले टेकेर सिँढीका ३४ खुटि्कला उक्लिएका थिए ।

उनले हालै आफ्नै पूरानो रेकर्ड भंग गर्ने कोसिस गरेका थिए तर सकेनन् । टाउकोले सिँढी चढेको उनको एउटा भिडियो निकै लोकप्रिय बनेको छ ।

हेर्नुस् भिडियो

You may also Like this

थप समाचार

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...