कथा : श्यामनाथ शहिद !

२०७३ जेष्ठ ८ गते ११:१८ मा प्रकाशित


“तपाई हामीलाई छोरा दिनुस् हामी त्यसलाई रोजगार दिन्छौ।” पराग र गुटखाले कुहिएको दाँत देखाएर लामो हाँसो हाँस्यो शेषमान । जवाफमा फिस्स मुस्काइन रिता । शेषमानले बुझे यो मौन स्वीकृति हो । आफुसंगैका साथीहरुको भिड देखेपछी राघव उत्साहित भयो । त्यसमाथि पनि पैसा आउने, यसैपनी काम थिएन् । दिनभरी डुल्यो, भुल्यो, हो –हल्ला गर्यो । त्यहाँ पनि त हल्ला नै गर्ने त हो । राघव भित्र पस्यो “छिटो तयार होउ,” शेषमान हतारियो या त्यहाँ धेरै बेर बस्न चाहेन । “नाति एक गिलास पानी लेउ बा” टेलिभिजनबाट नजर हटाएर श्यामनाथ बोले ।

“हतार छ बा, ममिलाई भन्नुस् न” राघव बाहिरियो । “पानी लिनुस्” रिता कोठाभित्र पसिन्, “नाति कहाँ जान लाग्यो बारु” “पार्टीको प्रचार प्रसारमा जान्छ अरे, पैसा पनि आउँदो रहेछ । यसैपनि आवारा केटो टाइमपास हुन्छ उसलाई ।” “शेषमान पखपख” श्यामनाथ बाहिर निस्किए, “नमस्कार बा” उनले हात जोडेनन् वा जोड्न सकेनन् । मुखले नमस्कार फर्काए । लाठीमा आफ्नो शरीरको बोझ पारेर श्यामनाथ आँगनको छेउमा घामनिर बसे, “कति पैसा आउछ रु” शेषमान उनको नजिकै सरे “अरुलाई त त्यस्तै हो, राघवलाई भने दिनको हजार दिउँला ।”

श्यामनाथले ओठ लेप्राए, “कसले दिन्छ तलाई यत्रो पैसा, दुनियाँलाई बाड्नरु” “कार्यलयबाट आउँछ बा ढुक्क हुनुस् ।” शेषमान श्यामनाथलाई कुरा बुझाउनतिर लागे । श्यामनाथले सम्झिए अस्ति बम पड्किएको ,”हुदैन नाति जाँदैन ।” शेषमान उजाडिए “किन र बा, अरुलाई भन्दा उसलाई बढी पैसा दिएकै छौू, यहाँ भन्दा के गर्न सक्छुर मैले ।” “बम पड्किएको पड्कै छ । केही भयो भने कसले जिम्मा लिन्छ रु” शेषमान तर्सिए उनी सम्हालिदै बोले, “होइन बा ती सब विपाक्षीहरुको चाल हो।” शेषमान अकमकिए उनी श्यामनाथलाई आस्वस्थ पार्न चाहन्थे ।

“देशको लागि जिउ ज्यानको बाजी लगाउन सक्नुपर्छ बा, अनिमात्र देशको सच्चा नागरिक भाईन्छ ।” उनी अरु थप्दै थिए, “देशको लागि मरियो भने इतिहासमा नाम त लेखिन्छ । भन्ने गर्छन् नि कि गर कि मर ।” शेषमान रोकिए । श्यामनाथ चुप रहे उनको मनमा बिगत घुम्न थाल्यो । यसैपनि उनले देशको निम्ती केही गरेका थिएनन । जती बाँचे आफ्नै लागि बाँचे । आफ्नै परिवारलाई बचाए, आफ्नै पेट भरे । उनलाई लाग्यो यो देशको लागि महान काम हुन सक्छ । उनले बुझ्न सकेनन् कि शेषमान राजनीती गर्दै छ । उसले जे भन्यो, जे सम्झायो त्यो सब स्वार्थ सिवाए अरु होइन ।

“शेषमान, आजसम्म देशको लागि मैले केही गरिन । उमेरले पनि चार बिस नाघिसके मलाई पनी लैजाओ तिमीहरुको कार्यक्रममा ।” शेषमान गद् गद् भए, “आर्याघाट जानेबेलामा ठिकै छ । देख्नेलाई पनि मज्जा आओस् कि यस्तो बुढा त पार्टी प्रचारमा छ । हामी किन कानमा तेल हालेर बसेका छौ ।” शेषमान हौसिए बुढालाई र्यालिको अगाडिपट्टी राखियो । पचास, साठी जनाको टोली एक पंंक्ती भएर बुढाको पछी लागे । पत्रकारहरुले फोटो खिचे, समाचार बनाए । दुईओटा चोक घुमेर शेषमानको पार्टी तेस्रो चोक तर्फ लाग्दै थियो । अगाडि आर्को पाटिको जमातसँग शेषमानको पार्टीको भेट भयो । “हुररर।।।। ओइे हेर्न पिण्ड खाने बेलामा चुनावी प्रचार गर्न हिंडेछ ।” एक हुल केटाहरु रवाफले हाँसे । श्यामनाथ झस्किए “हिड्दा हिड्दै मर्छ बुढो अर्को बोल्यो,” हाँसो गुन्जियो । शेषमानका केटाहरु जँगिए “ओइे मा...। हेप्छस्।” शेषमान तर्सियो कतै केटाहरु झगडा गर्ने त होइनन् । उनि सतर्क भए ।

श्यामनाथ नहडबडाइकन अगाडि बढे, “मा...।।ओई ठोक” शेषमानका केटाहरु जाइलागे । तातो रगत उम्लिहाल्यो , “हान हान” आर्को पाटिका केटाहरु प्रतिकारमा उत्रिए । भिड बड्न थाल्यो , शेषमान अगाडि पर्न चाहेनन । श्यामनाथ भिड्भन्दा पर सर्दै थिए । उनको रफ्तारलाई केटाहरुको झडपले भेटिहाल्यो । उनि जमिन मा पछारिए । उमेरले असी काटेका श्यामनाथ चिच्याउन सकेनन् । न त सके उठ्नलाई नै । सयौँ केटाहरु उनलाई जमिन बनाएर नाँचे । उनि कतिन्जेल बाँचे कसैले पत्तो पाएन । एक हूल पुलिस आइपुग्यो भिड तित्तर बित्तर भयो । श्यामनाथको निस्प्राण शरीरलाई हस्पिटल पुर्याइयो । हस्पिटलमा उनलाई मृत घोषित गरियो । राघव टाउको को चोटले हस्पिटल भर्ना भयो । रिता विह्वल भइन , ससुराको काजक्रियाले राघवलाई भेट्न सम्म पाइनन । शेषमानले फर्किएर पनि राघवको आँगनमा टेक्ने शाहस गर्न सकेन । भोलिपल्ट सुनियो श्यामनाथलाई शहिद घोषणा गर्नको लागि आन्दोलन चल्दै छ । चोकमा शेषमानका कार्यकर्ताहरु आन्दोलन गर्दै छन । आज नेपाल बन्द अरे, सडकमा सवारी साधानहरु ठप्प छन् ।

पत्रिकामा श्यामनाथका फोटाहरु छापिएका छन् । “आफ्नो जीवन राजनीतिमा समर्पण” “देशको निम्ती हाँसी हाँसी मृत्यु रोजे ।” आदि आदि हेडलाईनहरु विभिन्न पत्रिकाले छापे । अर्को दिन पत्रिकामा श्यामनाथको बारेमा लेख आयो । जसमा लेखिएको थियो “श्यामनाथ बिस बर्षको उमेरदेखी राजनीतिमा लागेका थिए । उनले अनबरत रुपमा आफ्नो जीवन राजनीतीमा होमे । जसको लागि घरपरिवर भनेनन् । बाल्याकाल सुखमय भएपनी उहाँको युवावस्था नाजुक थियो । उनी पैसाको पछि दगुरेनन् । धनलाई हातको मैलेसँग तुलना गर्नुहुन्थ्यो उहाँ । नेपाली राजनीतीका महान हस्ति स्वर्गिय श्यामनाथको नेपाली राजनीतीमा अतुलनिय योगदान रहेको छ । उहाँको निधनसंगै नेपाली राजनीतीको एक युग समाप्त भएको छ । उहाँ भन्नुहुन्थ्यो पहिला जनतालाई खुवाउ, अन्त्यमा आफू खाउ । कति महान हुनुहुन्थ्यो उहाँ । आफ्नो सारा जीवन राजनीतिमा लगाउँदा लगाउदै गतिहिन हुनुभयो । तीन दशक राजनीतीमा बिताउनु भएका श्यामनाथप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । उहाँको अभाव सदा देशलाई खड्किने छ । उहाँको नाम राजनीतीको अग्रपंतिमा सुनौलो अक्षरले लेखिनेछ।”

You may also Like this

थप समाचार

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

लौ अब पत्ता लाग्यो मान्छेको अधिकतम आयु !
लौ अब पत्ता लाग्यो मान्छेको अधिकतम आयु !

२५ भाद्र । तपाइँ चाहे जति नै धेरै स्वस्थ किन नहुनुस् वा बाँच्नका लागि अनेकन जुक्ति किन नगर्नुस्, एकदिन मर्नैपर्दछ । कोही धेरै ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...