एनप्याब्सन काठमाडौँले गर्यो एसईई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम (भिडियो)

२०७४ असोज २ गते ०९:५६ मा प्रकाशित


Npabsan Kathmandu (3)

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौंले एसईई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम भदौ ३० गते सम्पन्न गरेको छ ।

Npabsan Kathmandu (4)
गोल्डेन लाइट पार्टी प्यालेस मित्रपार्कमा सम्पन्न उक्त कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने

Npabsan Kathmandu (10) कार्यक्रममा नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष कर्ण बहादुर शाही, काठमाडौं जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटा, नेशनल प्याब्सनका महासचिब प्रकाश पाण्डे, कोषाध्यक्ष कुमार भट्टराई, पूर्व महा–सचिव ऋतु राज सापकोटा लगायत एनप्याब्सन काठमाडौँ सदस्य विद्यालयहरुका प्रिन्सिपलहरुको उपास्थिति रहेको थियो ।

Npabsan Kathmandu (7)
उक्त कार्यक्रममा गत वर्ष २०७३ मा संचालित एसईई परीक्षामा उच्च जीपीए ल्याउने बिद्यालय, बिद्यालय बिषय शिक्षक तथा बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

Npabsan Kathmandu (9)
गत बर्षको एसईईमा ३.९ जीपीए ल्याउन सफल त्रिरत्न आवाशीय बिद्यालयका छात्र दिपेश सिम्खडा, माउन्ट एभरेष्ट बिद्यालयकी छात्रा सुष्मिता सापकोटा, माइल स्टोन युथ इंग्लिस स्कुलकी छात्रा आस्मिन चालिसे, लिटिल बुद्ध एकेडेमीका छात्र निशान ढकाललाई सम्मान गरिएको थियो ।

Npabsan Kathmandu (8)
उच्च जीपीए ल्याउन सफल बिषय शिक्षकहरुमा ग्रिन फिल्ड नेशनल सेकेण्डरी स्कुलका स्वास्थ्य तथा शारिरिक शिक्षा शिक्षक नगेन्द्र बज्राचार्य, प्राक्सिस इन्टरनेशनल स्कुलका बिज्ञान शिक्षक शशीकला खड्का,

Npabsan Kathmandu (11) प्रशान्ति शिक्षा सदनका एक्षिक गणित शिक्षक कलेल र कम्पुटर शिक्षक राजु श्रेष्ठ, विद्या सस्कार इंग्लिस स्कुलका द्वय लेखा शिक्षक लक्ष्मण आचार्य र कम्प्युटर शिक्षक सन्जिब कुमार मिश्र, कान्तिपुर इंग्लिस एकेडेमीका अनिवार्य गणित शिक्षक दुर्गा नेपाल,

Npabsan Kathmandu (1)भिमेश्वर एकेडेमीका नेपाली शिक्षक राजिब सेडाइ, ग्लोबल पब्लिक स्कुलका सामाजिक शिक्षक राजन कार्की र नेशनल आइडल बोर्डिंग स्कुलका अंग्रेजी शिक्षक प्रकाश श्रेष्ठलाई सम्मान गरिएको थियो ।

Npabsan Kathmandu (6)
कार्यक्रममा बोल्दै नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष कर्ण बहादुर शाहीले देशको समसामयिक शिक्षाको बारेमा टिका–टिप्पनी गरेका थिए भने नेशनल प्याब्सनले संघिय संरचना अनुसार नगर स्तरीय समिति गठन गर्न लागेको पनि बताए ।

Npabsan Kathmandu (5)
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि काठमाडौं जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले सम्मानित हुने बिद्यालय, बिद्यालयका बिषय शिक्षक र बिद्यार्थीलाई शुभकामना दिदै २०औँ वर्ष पछि जनप्रतिनिधि निर्वाचित भएका र उनीहरुले सामुदायिक विद्यालयको बारेमा चै कुरा गरेको तर सस्थागत विद्यालयको बारेमा नबोलेको र सस्थागत विद्यालयको छुट्टै नियम ऐन नभएको सामुदायिक र सस्थागत बिद्यालय मिलेर जानु पर्ने बताएका थिए ।

Npabsan Kathmandu (12)
उक्त कार्यक्रमका प्रमुख अतिथि अधिकारीले निजी सस्थागत विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रसंशा गरेका थिए । अंग्रेजी भाषा जान्नु मात्र दक्ष होइन भन्दै नेपाली भाषालाई माया गर्न आग्रह गरेका थिए भने निजी सस्थागत बिद्यालयले आफ्नो हकहितको लागि अघि बढ्न सुझाब समेत दिएका थिए । निजी सस्थागत विद्यालयको पिडा सम्बोधन हुने ऐनको आवश्यकता रहेको बताएका थिए । यसैगरी सम्मानित हुने बिद्यालय बिद्यार्थी र बिषय शिक्षकलाई शुभकामना पनि दिएका थिए ।

Npabsan Kathmandu (2)
नेशनल प्याब्सन काठमाण्डौको तर्फबाट बाढी पिडितहरुको सहयोगार्थ संकलन गरेको पाच लाख ५ हजार ५ सय १७ रुपैया रकम केन्द्रीय राहत संकलन समितिलाई हस्तान्तरण गरिएको थियो ।

Npabsan Kathmandu (13)
एसईई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम बारे केटिएम खबरले स्थलगत सम्वाद गरेको छ । प्रस्तुत छ एनप्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुलीसंग गरिएको कुराकानीको सम्पादित अंशः
यसै गरी कार्यक्रम बारे केटिएम खबरले एनप्याब्सन काठमाडौँका सदस्य एवं सञ्चार विभाग प्रमुख गेन्द्र लामासंग स्थलगत सम्वाद गरेको छ । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

साम्तेनले मनायो ‘विश्व उच्च रक्तचाप दिवस’
साम्तेनले मनायो ‘विश्व उच्च रक्तचाप दिवस’

काठमाडौँ । कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले विहिबार एक कार्यक्रमको आयोजना गरि ‘विश्व उच्च रक्तचाप दिवस& ...

सामाजिक सञ्जालमा नाकाबन्दीको स्मरण
सामाजिक सञ्जालमा नाकाबन्दीको स्मरण

काठमाडौं  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर नेपाली इन्टरनेट प्रयोगकर्ताले भारतले २०७२ सालमा ...

जुगलले गर्यो ‘२५६२औँ बुद्ध जयन्ति’ विशेष कार्यक्रम (भिडियो)
जुगलले गर्यो ‘२५६२औँ बुद्ध जयन्ति’ विशेष कार्यक्रम (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले ‘२५६२औँ बुद्ध जयन्ति’को अव ...

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?
नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...