श्रीमानलाई सर्पले टोक्यो, सँगै मर्ने भन्दै श्रीमानले श्रीमतीलाई टोकेपछि...

२०७४ जेष्ठ ३० गते ११:४६ मा प्रकाशित


snake-जेठ ३० – सर्पको टोकाईपछि एक व्यक्तिले सँगै बाँच्ने सँगै मर्ने इच्छा भएको भन्दै श्रीमतीलाई टोकेका छन् । श्रीमतीलाई डाक्टरले बचाएका छन् भने श्रीमानको ज्यान गएको छ ।

भारत पटनाबाट झण्डै ९० किलोमिटर उत्तर समस्तीपुर जिल्ला वीरसिंहपुर गाउँका शंकर राईलाई गएको शनिबार राति सुतिरहेका बेला सर्पले टोकेको थियो । बिहान उठ्दा उनले आफूलाई सर्पले टोकेको थाहा पाएका थिए । आफू धेरै नबाँच्ने थाहा पाएर निकै भावुक भएका उनले हतारिँदै श्रीमती भएठाउँ गई उनको हातमा टोकेका थिए । उनले श्रीमती अमिरी देवीलाई आफूलाई निकै माया लाग्ने र सँगै मर्ने भन्दै हातमा टोकेका थिए । त्यसलगत्तै उनी अचेत भए ।

त्यसपछि अस्पताल पुर्‍याइएका उनीहरुमध्ये श्रीमानको ज्यान गयो । श्रीमतीको भने समयमै उपचार पाएकाले ज्यान जोगियो । स्थानीय अस्पतालका डाक्टर जयकान्तले श्रीमती अमिरीको अवस्था अहिले सामान्य भएको बताउनुभएको छ । अमिरीले श्रीमानले आफूलाई निकै माया गर्ने भन्दै हातमा टोक्न लागेको र आफूले पनि केही नभनी टोक्न दिएको बताउनुभएको छ । तर श्रीमान शंकरको इच्छा भने पूरा भएन ।

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...