चुनिखेलको विकास र सामाजिक काममा केन्द्रित हुन्छुः वडा अध्यक्ष उम्मेदवार श्रेष्ठ

२०७४ बैशाख २५ गते ०१:१४ मा प्रकाशित


काठमाडौँ । मुलुक यत्ति बेला चुनाबि महोलले केन्द्रित रहेको छ । पार्टीका उम्मेदवारहरु अहिले नगर, वडा–बासीहरुको घर दैलो कार्यक्रममा व्यस्त छन् । आफ्ना चुनाबी एजेण्डा सहित आफ्नो जित हुने विश्वासका साथ आफुलाई प्रस्तुत गरिरहेका छन् ।
नगरबासी तथा वडाबासीहरुका लागि पनि कुन उम्मेदवार छान्ने अथवा कसलाई भोट दिने ? भन्ने विषयमा केन्द्रित रहिरहेका छन् । विशेष रुपमा स्थानिय निकायको निर्वाचनलाई केन्द्रित गरेर केटिएम खबरले पनि विशेष सहभागीता मुलक कार्यक्रम तथा सम्वादहरुलाई जोड्दै आईरहेको छ ।
चुनावी रौनकतामा रहेका पार्टीका उम्मेदवारहरुलाई उम्मेदवारीको औचित्यका विषयमा उम्मेदवारी किन ?, हिजोका दिनहरुमा नगरबासीहरुलाई के दिनु भयो ?, अबको योजना के छ ?, नगरबासीले तपाईलाई किन भोट दिने ? भन्ने सवालमा केन्द्रित रहेर काठमाडौँका नगर उम्मेदवारहरुसंग विशेष भिडियो सम्वादलाई जोड्ने प्रयास गरिरहेका छौँ ।
यसै सन्दर्भमा काठमाडौँको उत्तरी भेगमा रहेको नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १३ का वडा अध्यक्ष उम्मेदवार श्रीकृष्ण श्रेष्ठसंग केटिएम खबरका लागि श्याम कार्कीले विशेष भिडियो सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

shreekrishan youtube
वडा बासीहरुको घर–दैलोमा पुगिरहनु भएको होला, कस्तो प्रतिक्रिया पाईरहनु भएको छ ?
यो चुनिखेलमा हामी भनेको एमाले, एमाले भनेको नी हामी हो । यो स्थानमा समग्र चुनिखेलको विकासका लागि एमालेले उम्मेदवारको रुपमा मलाई छानेको छ । चुनिखेलको विकास र सामाजिक कामका लागि एमालेको मान्छे बाहेक अरु कोही पनि छैन । हामीबाट मात्र चुनिखेलको विकास हुन्छ भन्नेमा मतदाता दाजु–भाई तथा दिदि–बहिनीहरुलाई विश्वास छ ।
अरु पार्टीका उम्मेदवार पनि म जित्छु भनेर लागिरहेका छन्, यो मानेमा श्रीकृष्ण श्रेष्ठ कस्तो उम्मेदवार ?
उहाँहरुलाई अहिले मात्र चुनाब लागेको, हामी चुनाबका लागि भनेर कहिले पनि लागेनौ । हामीले समाजको विकास र सामाजिक काम गर्नु पर्छ । हामी एउटा मानव भएर जन्म लिई सके पछि हामीले एउटा दल भन्दा पनि उठेर समग्र चुनिखेल बासीको हितका लागि लाग्नु पर्छ भनेर हिड्ने मान्छे । कोही कसैलाई चोट लाग्छ भने मलाई पनि पक्कै लाग्छ । हामी त्यस्तो पार्टीको मान्छे । मलाई चुनिखेल बासीहरुले तपाईको लागि हामी लाग्छौ । तपाई हाम्रो चुनिखेलका लागि आवश्यक छ । भन्ने कुराहरु उहाँहरुले गर्नु भएको छ । त्यसैले म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुले धेरै मेहनत गर्नु भएको छ ।
हिजोका दिनहरुमा चुनिखेल बासीहरुले श्रीकृष्ण श्रेष्ठबाट के पाए ?
मैले आफुलाई कहिले पनि चेन्ज गरिन । हाल उम्मेदवार भएर पनि ममा चेन्ज भएको छैन । म हिजो जस्तो थिए , आज अझ जिम्वेबारी थपिएको महशुस गरिरहेको छु । भोलीका दिनहरुमा अझ धेरै कामहरु गर्नु पर्ने छ । मलाई विश्वास गर्नु भएको छ र त्यही विश्वासलाई कदर गर्दै अगाडी बढ्छु ।
मलाई लाग्छ हामी अलिकति ढिला जन्मिएका रहेछौँ । अलिकति अगाडी जन्मिएको भए यो चुनिखेल धेरै विकास हुने थियो । चुनिखेल बजारबाट २, ३ किलोमिटर मात्र टाढा भएको ठाउँ । यसमा जति विकास हुनु पर्ने हो, त्यति विकास हुन सकेको छैन । अग्रजहरुले राम्रो गर्न खोज्नु भएको थियो होला तर मेहनत कम गरेको जस्तो लाग्छ ।
हामीले काम गर्न थाले देखि धेरै विकास गर्न सफल भएका छौँ ।
नेकपा एमाले बुनपा १३ का अध्यक्ष उम्मेदवार श्रीकृष्ण श्रेष्ठसंगको थप कुराकानी तथा भिडियो कुराकानी हेर्नका लागि तलको युटुब लिंकमा जानुहोसः 

You may also Like this

थप समाचार

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न
पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान ७ बजेदेखी १० बजेस ...

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...