दलको नेता मै हुँ: देउवा

२०७४ फागुन १६ गते १३:४७ मा प्रकाशित


Sher-Bahadur-Dauba

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी रहने बताएका छन्। कांग्रेस महामन्त्री शशांक कोइरालाले टोखा स्थित निवासमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा पार्टीको तर्फबाट निर्वाचित सांसदको सम्मानमा आयोजना गरेको दिवा भोजमा बोल्दै देउवाले संसदीय दलमा पनि आफैले नेतृत्व गर्ने बताए।

महामन्त्री कोइरालाले पार्टीलाई एकतावद्ध गराउनु पर्नेमा जोड दिए। उनले कांग्रेसको भविष्य उज्वल रहेको बताउँदै अहिलेको परिस्थितिमा मिलेर जानुपर्ने बताए। संसदीय दलको नेताका लागि प्रकाशमान सिंहले उम्मेदवार दिने बताइसकेका छन्। यता महामन्त्री कोइरालाले सर्वसम्मत भएमा आफुनै दलको नेताहुने चाहना राखेका छन्।

कांग्रेस संसदीय दलले फागुन २१ गते दलको नेता छान्दैछ। कांग्रेस संसदीय दलको निर्वाचनका लागि १८ गते निर्वाचन तालिका अनुसार प्रकाशन हुने छ, २० गते उम्मेदवारी दर्ता गरी २१ गते निर्वाचन हुने छ। 

साभारः news24

You may also Like this

थप समाचार

पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह
पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता कार्यकर्ताहरुलाई निराश नहुन र पार्टीको सुधारमा लाग्न निर्देशन दिएका ...

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत
राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन गरेको छ । सङ्घका अध्यक्ष श्रीकृष्ण श्रेष् ...

माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)
माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)

काठमाडौँ । पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलको आयोजनामा म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) अन्तर विद्यालय वादविवाद प्रतियोगित ...

ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?
ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह यही वैशाख ३० गते बारा जिल्लाको सिमरा जाने भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...