निर्वाचनको कसीमा देउवा ? अक्षम कि सक्षम ?

२०७४ असार ५ गते १७:५९ मा प्रकाशित


deuwa५ असार । प्रतिनिधिसभाको निर्वाचन गर्ने वातावरण बनाउन नसकेको आरोपमा १८ असोज ०५९ मा अक्षम घोषित हुँदै तत्कालीन राजा ज्ञानेन्द्रबाट बर्खास्त गरिएका प्रधानमन्त्री शेरबहादुर देउवामाथि त्यसअघि नै स्थानीय निकाय भंग गरेको आरोप लागिसकेको थियो । ०५४ सालमा निर्वाचित भएका स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल ०५९ सालमा सकिँदै थियो । देउवा ६ साउन ०५८ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनको काँधमा स्थानीय निकायको निर्वाचन गराउने जिम्मेवारी थियो । तर, त्यो निर्वाचन उनको प्राथमिकतामा परेन । मुलुकमा जारी सशस्त्र द्वन्द्वका कारण निर्वाचन गराउन सकिने अवस्था नरहेको भन्दै उनले बेवास्ता गरे । स्थानीय निकायको समयावधि एक वर्ष थप्न सकिने संविधानमा व्यवस्था हुँदाहुँदै पनि उनले त्यो व्यवस्था कार्यान्वयन गर्न चाहेनन् । जसका कारण जनताका प्रतिनिधिले चलाउने स्थानीय निकाय कर्मचारीका हातमा पुग्यो । यो क्रम टुट्न १५ वर्ष लाग्यो ।

कठिन समयमा कठिन कार्यभार पूरा गर्न सके देउवा आफूमाथि लाग्दै आएको निर्वाचन गराउन नसक्ने ‘अक्षम’ प्रधानमन्त्रीको कालो टीका पखाल्दै संविधान कार्यान्वयनको जससहित सफल प्रधानमन्त्रीमा दरिनेछन् । तर, निर्धारित समयमा निर्वाचन गर्न नसके अक्षम प्रधानमन्त्रीको दाग अझ गाढा बन्नेछ ।

देउवा सोही कार्यकालमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन गराउन पनि असफल देखिए । पार्टीभित्रको अन्तरसंघर्षका कारण देउवाले ८ जेठमा प्रतिनिधिसभा विघटन गरी २७ कात्तिकमा मध्यावधि निर्वाचन घोषणा गरेका थिए । तर, मुलुकमा जारी सशस्त्र द्वन्द्वका कारण निर्वाचनको वातावरण बन्न सकेन । त्यसपछि प्रधानमन्त्री देउवाले १७ असोजमा निर्वाचनको अर्को मिति तय गरे । २७ कात्तिकको निर्वाचन ३ मंसिरमा गर्ने उनको सिफारिस राजा ज्ञानेन्द्रले अस्वीकार गरे र भोलिपल्टै देउवालाई अक्षम घोषणा गरी सरकार भंग भएको घोषणा गर्दै कार्यकारी अधिकार हातमा लिए ।
यतिवेला देउवा फेरि प्रधानमन्त्री छन् र उनको काँधमा आगामी ७ माघभित्र बाँकी स्थानीय तह, संघीय संसद् र प्रदेशसभाको निर्वाचन गराउने महत्वपूर्ण अभिभारा छ । संविधान कार्यान्वयनका निम्ति अनिवार्य मानिएका यी निर्वाचन चौथोपटक प्रधानमन्त्री बनेका देउवाको मात्र होइन, सिंगो देशकै कार्यभार हो । तर, १४ असारका लागि तय गरिएको दोस्रो चरण निर्वाचनको मुखैमा प्रदेश नम्बर २ को निर्वाचन तीन महिना पछाडि धकेलिएपछि फेरि उनको कार्यक्षमतामाथि पुनः औँला उठेको छ । आन्दोलनरत राजपा नेपाल पनि निर्वाचनमा आउने वातावरण बनाउन भन्दै देउवाले प्रदेश २ को निर्वाचन मिति सार्ने निर्णय गरेका हुन् । आन्दोलनरत पक्षको समेत सहमतिमा गरिएको भनिए पनि देउवा सरकारको दाबी शुक्रबार राजपा नेपालको निर्णयले खारेज गरिदिएको छ । संविधान संशोधन र स्थानीय तहको संख्या थपलगायत माग पूरा नभएसम्म कुनै पनि निर्वाचनमा भाग नलिने, प्रदेश १, ५ र ७ मा १४ असारमा हुने निर्वाचनमा सहभागिता नजनाउने तथा आन्दोलनलाई निरन्तरता दिने निर्णय राजपाले गरेपछि देउवा संकटमा परेका छन् । त्यसमाथि निर्वाचन सार्ने निर्णयमा कांग्रेस विभाजित छ । पार्टीका प्रभावशाली नेता नै असन्तुष्ट
देखिएका छन् ।

त्यसैले २ असोजका लागि तय गरिएको प्रदेश नं. २ को निर्वाचन देउवाका लागि झन् टाउको दुखाइ बन्ने देखिन्छ । संविधान संशोधन नभई निर्वाचनमा नजाने राजपाको अडान र संशोधनका लागि दुईतिहाइको अभाव देउवाका अप्ठ्यारा हुन् । राजपा अडान त्याग्न तयार छैन भने दुईतिहाइ पु¥याउन देउवा सफल हुने सम्भावना पनि देखिँदैन । त्यसैले प्रदेश २ को विवाद असोजपछिसम्म पनि लम्बिने र त्यसको प्रभाव संघीय सदन र प्रदेशसभाको निर्वाचनमा पनि पर्ने सम्भावना छ । निर्वाचनका बाधा पन्छाएर बाँकी रहेका चार महिनाभित्र बाँकी दुई महतवपूर्ण निर्वाचन सम्पन्न गर्नु देउवाका लागि फलामको चिउरा चपाएसरह देखिन्छ ।

यो कठिन समयमा कठिन कार्यभार पूरा गर्न सके भने देउवा आफूमाथि लाग्दै आएको निर्वाचन गराउन नसक्ने ‘अक्षम’ प्रधानमन्त्रीको कालो टीका पखाल्दै संविधान कार्यान्वयनको जससहित सफल प्रधानमन्त्रीमा दरिनेछन् । तर, निर्धारित समयमा निर्वाचन गर्न नसके अक्षम प्रधानमन्त्रीको दाग अझ गाढा बन्नेछ । स्रोतः ईनयाँपत्रिका डट कम

You may also Like this

थप समाचार

जर्मनी हिंडेका ५ नेपाली ग्रिसको जेलमा...
जर्मनी हिंडेका ५ नेपाली ग्रिसको जेलमा...

काठमाडौं, भदौ २ । अवैध रुपमा ग्रिस पुगेका ५ नेपालीलाई त्यहाँको हिरासतबाट उद्धार गरेर नेपाल फर्काउने तयारी भएको छ । इराकबाट जर ...

‘अल इन्डीया रेडियो’ले सार्वजनिक गर्यो भारतको भयानक तथ्यांक...
‘अल इन्डीया रेडियो’ले सार्वजनिक गर्यो भारतको भयानक तथ्यांक...

२ भदौं, भारत । भारतको महाराष्ट्रमा एक हप्तामा कम्तीमा पनि ३४ जना कृषकहरूले आत्महत्या गरेका छन् । महाराष्ट्रका ८ जिल्लाका स्था ...

कपिल सिद्धु मनमुटाव: सिद्धु शो बाट आउट, सिद्धुको कुर्सीमा अर्चना
कपिल सिद्धु मनमुटाव: सिद्धु शो बाट आउट, सिद्धुको कुर्सीमा अर्चना

एजेन्सी, भदौ १ । भारतीय कमेडियन कपिल शर्माको समस्या हिजोआज बढ्दै गएको छ। यसपटकको समस्या कपिलको शो द कपिल शर्मा शोु को हट सीटम ...

नेपाल २–१ ले विजयी
नेपाल २–१ ले विजयी

काठमाडौं, साउन ३२ । जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलमा विजयी भएको छ । क्वान्साइ गाकुइन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...