शाहरुखमाथि पान खाएर पैसा नतिरेको आरोप

२०७४ साउन २२ गते १४:५४ मा प्रकाशित


paan२२ साउन । एउटै फिल्ममा अभिनय गरेको करौडौं रुपैयाँ लिने बलिउडका बादशाह शाहरुख खानले पैसा नतिरि केही कुरा खाए भन्ने समाचार प्रकासित भयो भने तपाई के भन्नु हुन्छ ?

धेरैले यो समाचारलाई हावादारीको संज्ञा दिने छन्।

तर, बनारसका एक पान पसलेले शाहरुख खान र अनुष्का शर्मालगायत ‘जब हयारी मेट सेजल’ को फिल्मी युनिटलाई पान खाएर पैसा नतिरेको आरोप लगाएका छन्।

घटना केही दिन अगाडिको हो। ‘जब हयारी मेट सेजल’ को प्रमोसनका लागि फिल्मको पुरै युनिट बनारस पुगेको थियो। शाहरुखले फिल्म युनिटका सदस्यलाई बनारसमा बनारसी मघई पान आफ्नै हातले ख्वाएका थिए।

शाहरुखले खरिद गरेको पानको मूल्य १ हजार १ सय रुपैयाँ भारु भएको थियो। तर, पान पसलेले १ रुपैयाँ पनि पाएनन्।

पान पसले सतिशलाई उदृत गर्दै बनारसको एउटा स्थानीय पत्रिकाले खबर सार्वजनिक गरेको छ। जसमा उनले शाहरुख खानले आफूलाई तिर्नु पर्ने पैसा नदिएको आरोप लगाएका छन्। सतिशका अनुसार पान खाइसकेपछि उनले पैसाको माग गरेका थिए। तर, शाहरुखका बाउन्सरले उनलाई पछि पाउने भन्दै पन्छाएका थिए। उनले त्यो पैसा अहिलेसम्म आफूले नपाएको आरोप लगाएका छन्।

स्थानीय पत्रिकामा शाहरुखले गरिब पान पसलेको पैसा नतिरेको समाचार प्रकाशित भएपछि विवादास्पद अभिनेता कमाल खानले ट्विटरमा त्यो पत्रिकाको कटिङ सार्वजनिक गरेका छन्। जसमा थुप्रै ब्यक्तिले प्रतिक्रिया जनाएका छन्। -एजेन्सी

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...