सबैभन्दा बढी कमाई गर्ने बलिउड स्टारको सूचिमा शाहरुख, सलमान र अक्षय

२०७४ भदौ ७ गते १५:४२ मा प्रकाशित


salman-shahrukh-akshay-kumar-एजेन्सी, भदौ ७ । संसारको सबैभन्दा धेरै कमाइ गर्ने अभिनेतामा बलिउडका तीन अभिनेताको नाम टप १० को सूचीमा परेको छ। हरेक वर्ष फोर्ब्सले जारी गर्ने सूचीमा बलिउडका तीन अभिनेता शाहरुख खान, सलमान खान र अक्षय कुमारको नाम सामेल भएको हो। सूचीको शिर्ष स्थानमा हलिउड अभिनेता मार्क वाह्लबर्ग रहेका छन्।

उनले पछिल्लो वर्ष पहिलो स्थान लिएका अभिनेता ड्वेन जानसनलाई पछि पार्दैै १० करोड ८८ लाख अमेरिकी डलर सहित शिर्ष स्थान लिएका हुन्। फोर्ब्सका अनुसार उनले अहिलेसम्मकै अभिनेतामध्ये धेरै कमाई गरेका हुन्। ड्वेन भने अहिले दोस्रो स्थानमा पुगेका छन्।

बलिउड अभिनेता शाहरुख बलिउडका अभिनेतामध्ये पहिलो सूचीमा छन्। उनी फोर्ब्सको सूचीको ८ औं स्थानमा छन्। उनको वर्षको कमाई ६ करोड ८ लाखअमेरिकी डलर रहेको छ। यसैगरि ९ औं स्थानमा परेका अभिनेता सलमान खानको कमाई ५ करोड ९२ लाख अमेरिकी डलर रहेको छ।

You may also Like this

थप समाचार

महानगरपालिकाले २५ करोड खर्चिएर खाल्डा पुर्ने
महानगरपालिकाले २५ करोड खर्चिएर खाल्डा पुर्ने

काठमाडौं, कात्तिक २० । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्री सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने भएको ...

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...