१६ वर्ष अनसन बसेकी शर्मिलाले गरिन् बिहे !

२०७४ भदौ १ गते १६:३७ मा प्रकाशित


sharmila१ भदौ । १६ वर्ष लगातार अनसन बसेकी भारतीय अधिकारकर्मी इरोम शर्मिलाले बिहीबार बिहे गर्नुभएको छ । तामिल नाडुको कोदाइकनालमा बसिरहेकी शर्मिलाले सब–रजिष्टारको कार्यालयमा गएर बेलायती प्रेमी डेसमन्ड कौटिन्होसँग बिहे गर्नुभएको हो ।

दुई महिनाको लामो कानूनी प्रक्रियापछि उहाँहरुको विवाह सम्पन्न भएको खबर टाइम्स अफ् इन्डियामा उल्लेख छ । केही नजिकका साथीहरुको उपस्थितिमा उहाँहरुको विवाह भएको थियो । विवाहमा दुबै जनाको परिवारका कोही पनि सदस्य सहभागी थिएनन् ।

केही दिन अगाडि केही समूहले उहाँहरुको विवाहले सामाजिक मेलमिलापलाई बिगार्ने भन्दै अदालतमा मुद्धा दायर गरेको थियो । अगस्ट ४ मा हिन्दु मक्कल कर्ची नाम गरेको समूहले मुद्धा दर्ता गरेको थियो । अदालतले उहाँहरुको विवाह रोक्न परेको मुद्धा खारेज गरिदिएपछि विवाहको बाटो खुलेको हो । इरोम शर्मिलाले आफूहरुको निजी जीवन भएको भन्दै विवाह गर्नु नगर्नु आफ्नो व्यक्तिगत कुरा भएको भन्दै कसैले टाउको दुखाउन नपर्ने बताउनुभएको थियो ।

इरोम शर्मिलाले २८ वर्षको उमेरमा मणिपुरको इम्फालमा भएको हत्याकाण्डको निष्पक्ष छानबिनका लागि अनसन बस्नुभएको थियो । उहाँले गत वर्ष मात्रै अनसन तोड्नुभएको थियो । शर्मिला यसै वर्ष भएको मणिपुर विधानसभाको चुनावमा पनि उठ्नुभएको थियो । तर उहाँले ९० भोट मात्रै पाउनुभएको थियो ।

You may also Like this

थप समाचार

शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक
शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक

एजेन्सी । बलिउडका किङ खान शाहरुखको फिल्म ‘जीरो’को टिजर सार्वजनिक भएको छ । अभिनेता शाहरुखले आफ्नो फ्यानहरुलाई मुस ...

बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले यहि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई स ...

बालकृष्ण ढुंगेललाइ माफी दिने तयारी
बालकृष्ण ढुंगेललाइ माफी दिने तयारी

सरकारले कर्तव्य ज्यान मुद्धामा जेलसजाय भोरिहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह ...

एकीकृत पार्टीका शीर्ष ९ नेताको वरीयता को-को परे ?
एकीकृत पार्टीका शीर्ष ९ नेताको वरीयता को-को परे ?

एमाले र माओवादी केन्द्रको औपचारिक एकतापछि आज गठन हुँदै गरेको एकीकृत कम्युनिष्ट पार्टीले शीर्ष ९ नेता रहने गरी ‘केन्द्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...