चार अर्ब बढीको शेयर कारोबार !

२०७४ साउन ७ गते १७:१८ मा प्रकाशित


nepal-stock-exchange७ साउन, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको छ ।

कूल १६५ कम्पनीको ८७ लाख ५३ हजार ८८० कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।यससाता कारोबार रकम गत साताको भन्दा १२ दशमलव ७२ प्रतिशत बढी हो । गत साता १६८ कम्पनीको रु चार अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरका एक करोड १४ लाख ३८ हजार ३९० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५२ दशमलव १८ अंकले बढेर अन्तिम दिन एक हजार ६३५ दशमलव ७५ अंकमा पुगेको छ ।‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव ०८ अंकले बढेर ३४७ दशमलव ४५ अंकमा आइपुगेको छ ।

यससाता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु २८ करोड ३४ लाख ४० हजार बराबरको शेयर कारोबार भएको स्टकले जनाएको छ ।त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा लक्ष्मी भ्यालु फण्ड १ अग्रस्थानमा छ । सो फण्डको सात लाख १८ हजार कित्ता शेयर कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो ।यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।यस्तै स्वदेशी लघुवित्त वित्तीय संस्था, ज्योति विकास बैंक, हाम्रो विकास बैंक, विकास ऋणपत्र २०८० र सिभिल बैंक लिमिटेडको नयाँ शेयर कारोबारका लागि स्टकमा सूचीकृत भएका थिए ।

You may also Like this

थप समाचार

हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष
हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष

काठमाडौँ । नेकपा एमालेसँगको एकताका लागि सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा ...

गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)
गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)

काठमाडौँ । पिपलबोट बासबारीमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलले ‘गुह्येश्वरी ट्यालेन्ट शो एवं एसईई विदाई कार्यक्र ...

यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)
यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ६ मुलपानीमा रहेको प्रारम्भ एकेडेमी विद्यालयले आफ्नो अभिभाव दिवस तथा विविध सा ...

दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)
दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको दोश्रो प्याब्सक फुटसल लिग सोमबार सम्पन्न ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...