बुनपा–१२ लाई नमुना वडा बनाएर देखाउछुः उम्मेदवार भट्टराई (भिडियो)

२०७४ बैशाख २८ गते २३:५० मा प्रकाशित


काठमाडौँ । मुलुक यत्ति बेला चुनाबि महोलले केन्द्रित रहेको छ । पार्टीका उम्मेदवारहरु अहिले नगर, वडा–बासीहरुको घर दैलो कार्यक्रममा व्यस्त छन् । आफ्ना चुनाबी एजेण्डा सहित आफ्नो जित हुने विश्वासका साथ आफुलाई प्रस्तुत गरिरहेका छन् ।
नगरबासी तथा वडाबासीहरुका लागि पनि कुन उम्मेदवार छान्ने अथवा कसलाई भोट दिने ? भन्ने विषयमा केन्द्रित रहिरहेका छन् । विशेष रुपमा स्थानिय निकायको निर्वाचनलाई केन्द्रित गरेर केटिएम खबरले पनि विशेष सहभागीता मुलक कार्यक्रम तथा सम्वादहरुलाई जोड्दै आईरहेको छ ।
चुनावी रौनकतामा रहेका पार्टीका उम्मेदवारहरुलाई उम्मेदवारीको औचित्यका विषयमा उम्मेदवारी किन ?, हिजोका दिनहरुमा नगरबासीहरुलाई के दिनु भयो ?, अबको योजना के छ ?, नगरबासीले तपाईलाई किन भोट दिने ? भन्ने सवालमा केन्द्रित रहेर काठमाडौँका नगर उम्मेदवारहरुसंग विशेष भिडियो सम्वादलाई जोड्ने प्रयास गरिरहेका छौँ ।
यसै सन्दर्भमा काठमाडौँको उत्तरी भेगमा रहेको बुढानिलकण्ठ नगरपालिका नेकपा एमाले वडा नं. १२ का अध्यक्ष उम्मेदवार शम्भु भट्टराईसंग केटिएम खबरका लागि श्याम कार्कीले विशेष भिडियो सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

Shambhu bhattarai
वडावासीहरुको पहुँचमा पुग्नका लागि आफ्ना गतिविधिहरुलाई कसरी अगाडी सार्दै हुनुहुन्छ ?
म विगत देखि नै सामाजिक कामहरु गर्दै आएको छु । पृष्ठभुमि नै भन्नु पर्दा लामो समय देखि टोल सुधार समितिमा रहेर लगभग १० वर्षको अनुभव, टोलवासी सबैमा काम गरेको अनुभवले टोलमा जादा मलाई एक पटक तपाईले मलाई टाइम दिनुहोस म तपाईलाई ५ वर्षसम्म मैले काम गर्नेछु । भन्ने प्रतिवद्धता जाहेर उहाँहरुलाई गराएको छु । त्यसको साथ–साथै म वडामा बस्दा तपाईको काम के हो ?, आज त तपाई हिड्नु हुन्छ तर भोली त तपाईले म गर्दिन भन्नुहुन्छ । भोली हामीलाई चिन्दिन भन्नुहोला ? यस्ता धेरै प्रतिक्रिया आउँदा रहेछन् टोलमा हिड्दा । त्यो हुँदैन । यहाहरुले निश्चिन्त भएर बस्नुहोस भन्ने गरेको छु । म यो विषयमा हिजो ढलको, बाटोको, पानिको समस्याहरु आज यावत समस्याहरु छन । मुख्य विकराज खानेपानिको समस्या देखे मैले । देख्दा खेरी कसरी समस्या समाधान गर्नुहुन्छ ? भन्नुहुन्छ । म यो समस्याको समाधान बुढानिलकण्ठ नगरपालिकाको बृहत विकासका लागि हाम्रो टिम जिताई दिनुहोस तपाईहरुले । हामी ५ जना वडा अध्यक्ष, सदस्य मात्र हैन यो मेयर, उपमेयर सहितको टिम जिताउँनु होस । यो ५ वर्षमा प्रतिवद्धतामा घोषणा गरेका कामहरु तपाईहरुलाई मैल गर्ने कामहरुमा १ वर्षमा परिवर्तन देख्नु हुनेछ ।
वडावासीहरुसंग कार्यकर्ता, साथी–भाईहरुसंगसंगै पुगिरहेको छु । मलाई २ वर्ष अगाडी वडा नागरिक मञ्चको जिम्वेवारी दिएको थियो । त्यत्ति बेला देखि टोलमा केहि समस्याहरु देखेको छु । अहिले पनि टोलमा जाँदा तपाईलाई हामी चिन्छौ भन्नुहुन्छ तर काम गर्ने विषयमा कसरी गर्नुहुन्छ ? भन्नुहुन्छ । मैले भन्ने गरेको छु, यो स्थानिय निकायको चुनाब २० वर्ष पछि हुन लागेको हो । अबको स्थानिय सरकार भनेको सिंहदरवारको अधिकार वडामा हो । यो अधिकारका लागि तपाईहरुले एक पटक हेर्नुहोस मात्र, म राम्रो छु । हाम्रो प्रतिपर्धिहरु साथीहरुलाई पनि समेटेर लैजाने छु ।
हिजोका दिनहरुमा वडावासीहरुलाई के दिनुभयो ?
यो वडावासीले बुझ्ने कुरा हो । म शम्भु भट्टराई राम्रो छु भन्दिन वडावासीहरुले मलाई चिन्नु भएको छ । मैले चिनाउँनु पर्दैन । म कपनमा बसेको २५ वर्ष भयोे । उहाँहरुले यो काम गर्ने मान्छे हो, समाज सेवा गर्ने मान्छे हो भन्नेमा म विश्वस्त छु ।
बुढानिलकण्ठ नगरपालिका नेकपा एमाले वडा नं. १२ अध्यक्ष उम्मेदवार शम्भु भट्टराईसंगको थप कुराकानी तथा भिडियो कुराकानीका लागि तलको युटुब लिंकमा जानुहोसः

You may also Like this

थप समाचार

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...