सेना दिवसमा भारतीय सेनाध्यक्ष विशेष अतिथि

२०७४ फागुन १ गते १३:१८ मा प्रकाशित


bipin-rao

भारतीय सेनाध्यक्ष रावतलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै नेपाली सेनाका अधिकारीहरू। तस्बिर : भारतीय दूतावास /साभारः सेतोपाटी डटकम बाट

फागून १, काठमाडौँ  । नेपाली सेनाले आज स्थापनाको २५० औं वर्षगाँठ मनाउँदै छ। सैनिक दिवसका अवसरमा सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गर्दै आएको छ।

यसपालि सेना दिवसमा भारतीय सेनाध्यक्ष विपिन रावत विशेष अतिथिका रूपमा निम्त्याइएका छन्।

नेपाली सेनाको २५० वर्ष लामो इतिहासमा पहिलो पटक सेना दिवसमा भारतीय सेनाध्यक्ष विशेष अतिथि बन्न लागेको नेपाली सेनाले जनाएको छ।

‘दुबै देशका सेनापति (भारतमा सेनाध्यक्ष)लाई एकअर्काको देशको मानार्थ सेनापति दिन चलन छ, तर नेपाली सेनाको वर्षगाँठ समारोहमा अहिलेसम्म कोही भारतीय सेनाध्यक्ष आउनुभएको थिएन,’ नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने, ‘यसपालि हामीले उहाँलाई विशेष अतिथिका रूपमा निम्त्याएका हौं।’

यसअघि नै नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान पाइसकेका रावत सोमबार काठमाडौं आइपुगेका हुन्।

उनी बुधबार भारत फर्केन कार्यक्रम छ। साभारः सेतोपाटी डटकम बाट

You may also Like this

थप समाचार

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ
शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ

१ फागुन, काठमाडौं । शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिस ...

प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा
प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा

फागून १, काठमाडौँ  । प्रदेश-१ का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्‍याउने समृद्धि सूत्र यदि कसैसँग ...

एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग
एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको लगनखेलले ललितपुरको हात्तीबनमा रहेको नवकिरण बाल आश्रामका बालबालिकाहरुलाई सहयोग गरेको छ । शा ...

काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा
काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा

काठमाडौं माघ २६ । फिलिप काउटिन्होले बार्सिलोनाका लागि पहिलो गोल गर्दा क्याटलान टोली कोपा डेल रेको फाइनलमा पुगेको छ । बि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine