काठमाडौँ । बासबारी, भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले यहि चैत्र २४ गते शनिबार ‘स्कुल मेला’ सम्पन्न गरेको छ ।
स्कुल कै प्रांगणमा गरिएको उक्त मेलामा मनोरञ्जनात्म खेलहरुका साथै विभिन्न खानाका परिकारहरुको स्टलहरु राखिएको थियो ।
बिहान ९ बजेदेखी सुरु भएको उक्त मेलामा स्थानिय नानी–बाबुहरु तथा अभिभावकहरुले अवलोकन तथा खेलहरुमा सहभागि भएका थिए ।
विद्यार्थीहरुको वार्षिक परिक्षा सम्पन्न भए पश्चातको समयलाई प्रभावकारी बनाउने उद्देश्य स्वरुप विगतका वर्षहरु झै यस वर्ष पनि ‘स्कुल मेला’को आयोजना गरिएको ज्ञान चक्षुका फाउण्डर, डाइरेक्टर रमेश श्रेष्ठले बताए ।
मेलामा एक हजार भन्दा बढि व्यक्तिहरुले अवलोक गरेका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले ज्ञान चक्षु इंग्लिस हाई स्कुलका फाउण्डर, प्रिन्सिपल प्रदिप खनालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
वर्ल्ड प्रेस फोटो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा एउटा प्रतिष्ठित अवार्ड हो। अहिलेसम्म कुनै पनि नेपालीले जित्न नसकेको यो अ ...
काठमाडौँ । बासबारी, भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले यहि चैत्र २४ गते शनिबार ‘स्कुल मेला’ सम्प ...
काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले छैटौ अभिभावक दिवस तथा दिक्षान्त समारोह यहि चैत्र ...
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका गागलफेदिमा रहेको शान्ति पाठशालाले यहि चैत्र २४ गते शनिबार अभिभावक दिवस तथा विविध सांस् ...