विद्यालयका बस चालकले अनिवार्य रुपमा विद्यार्थीको जस्तै पोशाक लगाउनुपर्ने

२०७४ असोज २३ गते ०९:१३ मा प्रकाशित


TATA-School-Bus-440x264

काठमाडौं। विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आइतबार ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक संघका अध्यक्ष तथा पदाधिकारीको बैठकले यो निर्णय गरेको हो ।

दिनहुँ विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने चालकलाई पनि विद्यार्थीको जस्तै पोशाक लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । विद्यालयका बस चालकले विद्यार्थीसँगै अरू यात्रु पनि बोक्ने गरेको जनगुनासो आएपछि प्याब्सन, एनप्याब्सन, हिसान र ट्राफिक प्रहरीले चालकलाई अनिवार्य पोशाक लगाउनुपर्ने व्यवस्था गर्न लागेका हुन् ।

महाशाखाका प्रमुख खनालले पोशाकको प्रयोगसँगै विद्यालय र सार्वजनिक सवारी साधनका चालक छुट्याउन सहज हुने बताउनुभयो । महाशाखाले विद्यालयका बसमा क्षमताभन्दा धेरै विद्यार्थी ओसार्ने वा धेरै धुवाँ फाल्ने पुराना बसलाई कडा कारबाही गर्ने भएको छ ।

यस्तै बैठकमा सबै विद्यालयका बस एउटै रङ्गको बनाउनुपर्ने, विद्यार्थीलाई बिहान ९ बजेभन्दा पहिले नै विद्यालय पु¥याइसक्नुपर्ने लगायतको विषयमा समेत छलफल भएको थियो । हाल काठमाडौँ उपत्यकामा विद्यालय तथा कलेजका एक हजारभन्दा बढी बस सञ्चालनमा छन् । रासस

You may also Like this

थप समाचार

नेयमारले आगामी खेल गुमाउन सक्ने
नेयमारले आगामी खेल गुमाउन सक्ने

काठमाडौं । ब्राजिलियन स्टार नेयमारले रुस विश्वकपको बाँकी खेल गुमाउनसक्ने भएका छन् । विश्वकपको पहिलो खेलको क्रममा भएका फाउलहर ...

शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक
शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक

एजेन्सी । बलिउडका किङ खान शाहरुखको फिल्म ‘जीरो’को टिजर सार्वजनिक भएको छ । अभिनेता शाहरुखले आफ्नो फ्यानहरुलाई मुस ...

बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले यहि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई स ...

बालकृष्ण ढुंगेललाइ माफी दिने तयारी
बालकृष्ण ढुंगेललाइ माफी दिने तयारी

सरकारले कर्तव्य ज्यान मुद्धामा जेलसजाय भोरिहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...