प्रदेश ६ मा माघ २९ गते सभामुखको चुनाव हुने

२०७४ माघ २१ गते १५:३२ मा प्रकाशित


shabhamukha

प्रदेश ६ को पहिलो बैठक पौने घण्टामै सम्पन्न भएको छ । दिउँसो १ः८ बजेको समयमा सुरु भएको बैठक २ नबज्दै सम्पन्न भएको हो ।

जेष्ठ सदस्य हिमबहादुर शाहीले सुरु गरेको बैठक एमाले, माओवादी, कांग्रेस र राप्रपाबाट चारजना सांसदले सम्बोधन गरिसकेपछि विभिन्न प्रस्तावहरु पारित गरी सम्पन्न भएको हो ।

बैठकले कार्यसूचीमा रहेका सबै एजेण्डाहरु सर्बसम्मत पारित गरेको छ । कार्यसूचीमा रहेका मुख्य एजेण्डाहरु प्रदेश संसद सञ्चालन कार्यविधि र सभामुख चयनको मिति र अन्य सबै एजेण्डाहरु बैठकले सर्वसम्मत पारित गरेको सांसद ठम्मर विष्टले जानकारी दिए ।

बैठकमा सभामुख चयनका लागि यही माघ २९ गतेका लागि प्रस्ताव गरिएको मिति समेत पारित भएको छ । अब २९ गते बस्ने दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुने छ ।

बैठकमा एमालेबाट यामलाल कंडे, माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही, कांग्रेसबाट जीवनबहादुर शाही र राप्रपाबाट शोसीला शाहीले सम्बोधन गरेका थिए ।

उनीहरुले प्रदेश ६ पछाडि पर्नुको कारण आफूहरु नै भएको स्वीकार गर्दै अब समृद्धिका लागि प्रतिबद्ध भएर लाग्ने बताएका थिए ।

प्रदेश ६ मा समानुपातिकसहित ४० जना प्रदेश सांसद रहेका छन् ।

You may also Like this

थप समाचार

मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा
मोदीको भ्रमण तयारी बुझ्न पराराष्ट्रमन्त्री भारतीय राजदुतसँगै जनकपुरमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर यात्राको तयारीका विषयमा बुझ्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारती ...

एभरेष्ट बैंक लगनखेलले गर्यो पाठ्य सामाग्री हस्तान्तरण
एभरेष्ट बैंक लगनखेलले गर्यो पाठ्य सामाग्री हस्तान्तरण

काठमाडौँ । नव बर्ष २०७५ सालको उपलक्ष्यमा एभरेष्ट बैंक लिमिटेडको लगनखेल शाखाले ललितपुर महानगरपालिका वडा नम्वर ७ डुपाट स्थित न ...

आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई
आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा, यतीले जित्यो वायुसेवा निगमलाई

काठमाडौं । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान भर्ने विमान कम्पनीमा बुद्ध एयर सबैभन्दा अग्रस्थानमा देखिएको छ । एक वर्षमा मात् ...

पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ
पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ

पर्सलाई धेरैजसो मानिसले आफ्नो पछाडिको खल्तीमा राख्ने गर्दछन् । यदि तपाईं पनि यस्तै गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानी तुरुन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...