फरक फरक संस्कृतिनै देशको पहिचानः सत्यमोहन जोशी

२०७४ बैशाख २४ गते १३:३६ मा प्रकाशित


satyamohan-joshiवैशाख २४, काठमाडौँ । संंस्कृतिविद् सत्यमोहन जोशीले नेपालको परापूर्वकालदेखि विकसित हुँदै आएको संस्कृतिले विश्वमा पहिचान गराएकाले यो संस्कृतिलाई बचाउनु सबैको साझा कर्तव्य भएको बताएका छन् ।

नेपाल लोकवार्ता समाजले शनिबार आयोजना गरेको कार्यक्रममा संस्कृतिविद् जोशीले पहाड, तराई तथा मधेसमा रहेका फरक फरक संस्कृतिनै देशको पहिचान हो भने ।

उनले नेपालमा सन् १९६७ मा संस्कृतिसम्बन्धी नियम बनेपछि नेपाल नयाँ युगमा प्रवेश गरेको र १०० भन्दा भाषाभाषीको संस्कृतिले देशको गौरवलाई उँचो बनाएको विचार राखे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्कर अधिकारीले नेपालको संस्कृतिमा आफ्नै विशेषता रहेको बताउँदै बहुसांस्कृतिक र बहुभाषिक नेपाली समाजले पहिचानको प्रत्याभूतिका लागि राज्यमा दबाब सिर्जना गरेको चर्चा गरे ।

समाजका अध्यक्ष तुलसी दिवसको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार अभि सुवेदी, प्रा चूडामणि बन्धुले नेपाली संस्कृतिको मौलिकताबारे चर्चा गरेका थिए ।

कार्यक्रममा संस्कृतिविद् जोशीले धिमाल लोकवार्ता तथा लोकजीवन र डिस्कोर्ष अन फोल्क नामक अङ्ग्रेजी पुस्तक विमोचन गरेका थिए ।

You may also Like this

थप समाचार

जलेश्वर नगरमा राजपाका मिश्रले मारे बाजी
जलेश्वर नगरमा राजपाका मिश्रले मारे बाजी

७ असोज । जलेश्वर नगरपालिकामा राजपाका राम शंकर मिश्र प्रमुखमा निर्वाचित भएका छन् भने उपप्रमुखमा राजपाकै मुन्चुन देवी निर्वाचित ...

तिब्र गतिका कारण बस पल्टियो, १० जना यात्रु गम्भीर

कञ्चनपुर, असोज ७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४ ...

हरिवनमा एमालेका प्रसाई मारे बाजी
हरिवनमा एमालेका प्रसाई मारे बाजी

७ असोज, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरसहित अधिकांश पदहरु जितेको छ । शनिबार सम्पन्न मतगणनाम ...

वीरगञ्ज महानगर को पछिल्लो अपडेट

७ असोज । वीरगञ्ज महानगरपालिका अपडेटः प्रमुख कांग्रेस -७३१४ फोरम - ६८२५ राजपा - ५२१२ एमाले - ३६५२ माओवादी - ३६४४ लो।फोरम - २५३ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...