सार्वजनिक जग्गामा के गर्दैछ महानगरपालिका ?

२०७४ फागुन १८ गते ०७:१५ मा प्रकाशित


bidhya_hariprava_59yX8l9pWP

काठमाडौं - काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा रहेको सार्वजनिक जग्गा खोजी सुरु गरेको छ । कामपाले सबै वडालाई लिखित निर्देशन दिएपछि सबै वडाले सार्वजनिक जग्गा खोजी कार्य सुरु गरेको हो ।

कामपा ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले सार्वजनिक जग्गाको खोजी सुरु गरिएको जानकारी दिए । कामपाले मंगलबार त्रिपुरेश्वरको कुमारीमार्गको करिब १ रोपनी १४ आना २ दाम जग्गा रेखांकन गरेको छ ।

सो वडामा करिब ८ रोपनी सार्वजनिक जग्गा रहेको उनले जानकारी दिए । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ । ईश्वरराज ढकालले समाचारमा लेखेका छन्, कामपाका मेयर बिद्यासुन्दर शाक्यले सार्वजनिक जग्गा खोजी गरी तत्काल पार्कका रुपमा विकास गर्न सबै वडालाई लिखित पत्र पठाएको बताए । 

कामपाले सार्वजनिक जग्गामा मन्दिर वा क्लब निर्माण गर्नेभन्दा पनि खुला क्षेत्रका रुपमा विकास गर्न निर्देशन दिएको छ । सार्वजनिक जग्गा भेट्यो कि मन्दिर वा भवन बनाउने प्रवित्तिलाई रोक्न र सबै जग्गामा पार्क निर्माण गर्न निर्देशन दिएको मेयर शाक्यले बताए ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...