सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !

२०७४ भदौ ३० गते १०:४९ मा प्रकाशित


nepal-sarkar२९ भाद्र । सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गतका उपसचिवदेखि खरदारम्मका कर्मचारीलाई स्थानीय विकास मन्त्रालयअन्तर्गत सरुवा गरेको हो ।

निर्वाचन आचारसंहिता सुरु भइसके पनि स्थानीय तहका लागि कर्मचारी सरुवा गर्न निर्वाचन आयोगले सहमति दिएपछि मन्त्रालयले कर्मचारीको सरुवा गरेको हो । यसअघि सरकारले बुधबार ८० कर्मचारी सरुवा गरेको थियो ।

निजामती सेवा नियमावलीअनुसार भदौ महिनाभरि कर्मचारीलाई अन्तरमन्त्रालयमा सरुवा गर्ने समय भए पनि निर्वाचन आचारसंहिताका कारण सरुवा रोकिएको थियो । निर्वाचन आयोगले आचारसंहिताका कारण अन्य मन्त्रालयको कर्मचारी सरुवा भने रोक लगाएको छ ।

११२ उपसचिव सरुवा
सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गतका एक सय १२ उपसचिव स्थानीय तहमा काजमा खटाएको छ । यस्तै, सरुवा गरिएमध्ये ७५ जना शाखा अधिकृत छन् । मन्त्रालयले ६ सय ८१ जना सुब्बालाई पनि स्थानीय तहमा खटाएको छ । यसैगरी, ३ सय ९२ जना खरदारलाई पनि स्थानीय तहमा काजमा खटाएको छ । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका खरदारमध्ये अधिकांश खरदार सिंहदरबारस्थित विभिन्न मन्त्रालयअन्तर्गतका छन् ।

सामान्य प्रशासन मन्त्रालयले सिहदरबारमा रहेका २ सय २ जना खरदारलाई स्थानीय विकास मन्त्रालयमा खटाउने नीति लिएको छ । सोही नीतिअनुसार अहिले अधिकांश खरदारलाई स्थानीय तहमा खटाएको हो ।

स्थानीय तहमा अझै कर्मचारी खटाइने
सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि अझै कर्मचारी खटाउने जनाएको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले राजधानी केन्द्रित कार्यालयबाट स्थानीय तहमा कर्मचारी खटाउने प्रक्रियालाई जारी राख्ने बताए । उनले भने, ‘निर्वाचन आयोगसँग सहमति लिएर स्थानीय तहमा कर्मचारी खटाउने काम निरन्तर भइरहन्छ । मेरो जिम्मेवारी नै स्थानीय तहमा कर्मचारी खटाउने र संघका कर्मचारीलाई समायोजनमा पठाउने हो ।’ उनले स्थानीय तहमा अझै २५ सय कर्मचारी तत्काल पठाउनुपर्ने बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

You may also Like this

थप समाचार

माडीको ‘खास लडाइँ’
माडीको ‘खास लडाइँ’

स्थानीय तह निर्वाचनमा सर्वाधिक चर्चामा रहेको भरतपुर महानगर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि धेरैको चासोमा परेको छ। माओवा ...

शव दाह गरेको कोइलाबाट पाक्छ सेकुवा
शव दाह गरेको कोइलाबाट पाक्छ सेकुवा

मानव स्वास्थ्यलाई प्रतिकुल असर पुग्ने गरी धरानमा शवदाह गरेको कोइला बिक्री हुने गरेको छ । शवदाह गरेको कोइला खुलेआम बिक्री हुँ ...

सहायक स्तरको कर्मचारीबाट बैंकको पाँच करोड ठगी
सहायक स्तरको कर्मचारीबाट बैंकको पाँच करोड ठगी

कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन्। विद्युतीय चेक ...

जहाँ हुँदैछ निर्वाचनमा रोचक भिडन्त
जहाँ हुँदैछ निर्वाचनमा रोचक भिडन्त

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश शभा निर्वाचनमा केही क्षेत्रमा रोचक प्रतपश्पर्धा हुँदैछ। यो खबर आजको नयाँ  ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...