गाई संरक्षणकर्ताहरूलाई नियन्त्रण गर्न सर्वोच्चको आदेश

२०७४ भदौ २२ गते १०:४१ मा प्रकाशित


supreme-court२२ भदौ, नयाँदिल्ली, । भारतको सर्वोच्च अदालतले स्वघोािषत गाई संरक्षणकर्ताहरूलाई नियन्त्रण गर्न बुधबार आदेश दिएको छ ।

केन्द्रीय सरकार र प्रादेशिक सरकारलाई अदालतले दिएको आदेशमा तत्काल केही कदम चाल्न पनि भनिएको छ ।

प्रधानन्यायाधीश दीपक मिश्र नेतृत्वको तीन सदस्यीय इजलाशले गाई संरक्षण अभियानका नाममा भइरहेका गतिविधिहरू रोक्न सबै जिल्लामा वरिष्ठ प्रहरीको नेतृत्वमा संयन्त्र परिचान गर्न आदेश दिएको हो ।

“केन्द्र र प्रदेश सरकार दुवैले गाई संरक्षणका नाममा स्वघोषित रूपमा भइरहेका गतिविधिहरू रोक्न तत्काल कदम चाल्नु पर्दछ, उनीहरूले कानून हातमा लिएका छन् । कानूनलाई बेवास्ता गरी जे मन लाग्यो त्यही गरेका छन्,” आदेशमा भनिएको छ ।

भारतमा गाईलाई हिन्दू धर्मअनुसार पुजनीय रूपमा लिइन्छ । त्यसका लागि कडा कानून पनि बनाइएका छन् ।

भारतीय जनता पार्टी सन् २०१४ मा सत्तामा आएपछि गाईको मासु खाएको भन्दै मुसलमान र दलित समुदायका व्यक्तिहरूमाथि विभिन्न आक्रमण भएको थियो ।

विशेष गरेर भारतको उत्तरी राज्यहरूमा गाई संरक्षणका नाममा अदृश्य समूहहरूले विभिन्न गतिविधिहरू गर्दै आइरहेका छन् ।

सरकारी अधिकारीहरूका अनुसार गाई संरक्षणका नाममा भएका अभियानका क्रममा पछिल्लो तीन वर्षमा झण्डै १२ जनाको मृत्यु भएको छ ।

दूधका लागि गाई ओसारपसार गर्ने विषेश गरेर मुस्लिम समूदायका व्यक्तिहरू बेला बेलामा आक्रमणकारीको निशानामा पर्ने गरेका छन् ।

स्वघोषित गाई संरक्षणकर्ताहरूद्वारा मुस्लिम र दलित समूदायका व्यक्तिहरूमाथि भएको आक्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि निन्दा गरेका छन । “यो स्वीकार्य छैन”, प्रधानमन्त्री मोदीले भनेका छन । रासस÷सिन्ह्वा

You may also Like this

थप समाचार

पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)
पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)

काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले आफ्नो १२औँ खेलकुद सप्ताह सम्पन्न गरेको छ । पुस २४ गतेबाट सुरु भएको उक्त खे ...

पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई
पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले दक्षिण कोरियाको गांरुङ्जु युनिभर्सिटिबाट आएका स्वयंसेवकहरुको पुस २८ गते विशेष ...

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...