सरकारी क्याम्पसले विद्यार्थी पाउने छाडे, सरस्वतीमा नेपाली पढ्ने १ जना !

२०७४ बैशाख १३ गते ०८:०२ मा प्रकाशित


tu१३ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ठूला भनेर चिनिएका आंगिक क्याम्पसमा विभिन्न विषयमा १० जना पनि विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छैनन् । स्नातकोत्तर तहमा १० जनाभन्दा कम विद्यार्थी भएका क्याम्पसमा त्रिविले यो वर्ष त्यस्ता विषय पढाउन बन्देज लगाउँदै छ ।

यस वर्षदेखि उपत्यकाका सबै क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएपछि लिइएको प्रवेश परीक्षामा विद्यार्थीको खडेरी देखिएको हो । कतिपय केन्द्रीय विभागमा एकदमै न्यून विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन शिवलाल भुसालले १० भन्दा कम भएका क्याम्पसका विद्यार्थी अन्यत्र लगेर कार्यक्रम बन्द गरिने बताए ।


त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयले गत शुक्रबार लिएको प्रवेश परीक्षामा केन्द्रीय विभाग र केही ठूला क्याम्पसका विषयमा समेत विद्यार्थीको खडेरी लागेको हो । नेपाली, मानवशास्त्र, जनसंख्या र अंग्रेजी विषयमा केही क्याम्पसमा विद्यार्थी संकट देखिएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन प्रा।डा।राजकुमार पोखरेलले १० जनाभन्दा कम विद्यार्थी भएका विषयमा के गर्ने भन्ने विषयमा डिन कार्यालयले केही दिनमा निर्णय गर्ने बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

कुन क्याम्पसमा कति विद्यार्थीले प्रवेश परीक्षा दिए ?

नेपाली
सरस्वती क्याम्पस १ विद्यार्थी
त्रिचन्द्र क्याम्पस २ विद्यार्थी
पाटन क्याम्पस ३ विद्यार्थी
भक्तपुर क्याम्पस ६ विद्यार्थी

जनसंख्या
पाटन क्याम्पस ३ विद्यार्थी
रत्न राज्य क्याम्पस ६ विद्यार्थी

मानवशास्त्र
पद्मकन्या क्याम्पस ३ विद्यार्थी

अंग्रेजी
सरस्वती क्याम्पस ५ विद्यार्थी

केन्द्रीय विभागहरू
इतिहास ३ विद्यार्थी
हिन्दी ४ विद्यार्थी
संस्कृत ७ विद्यार्थी

You may also Like this

थप समाचार

एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?
एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?

काठमाडौं, भदौ ३० । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको तराईका ...

मधेस निर्वाचनमा चार सुरक्षा चुनौती
मधेस निर्वाचनमा चार सुरक्षा चुनौती

२९ भाद्र, काठमाडौ । तराई-मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् ...

सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !
सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !

२९ भाद्र । सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त ...

प्रमुख निर्वाचन आयुक्त यादवले दिए यस्तो चेतावनी
प्रमुख निर्वाचन आयुक्त यादवले दिए यस्तो चेतावनी

काठमाडौं, भदौ २९ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च र आचारसंहिताबारे राजनीतिक दलहर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...