सरकारी कोषमा एक खर्ब १५ अर्ब बेरुजु, कुन मन्त्रालयको कति?

२०७४ मंसिर १२ गते ०९:४० मा प्रकाशित


finince

सरकार बेरुजु रकम नियन्त्रणमा असफल देखिएको छ । हरेक वर्ष बेरुजु रकम बढ्दै गएको छ । कात्तिकसम्म राज्यकोषमा एक खर्ब १५ अर्ब १० करोड रुपैयाँ बेरुजु देखिएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

अर्थ मन्त्रालयले बेरुजु फर्स्योट दर निकै सुस्त देखिएको जनाएको छ । खर्च भएको तर, नियमसंगत नभई हिसाब देखाउन नसकेको रकमलाई बेरुजु भनिन्छ ।

बेरुजुको आकार बढ्दै जानुलाई राज्यकोषमा आर्थिक दुरुपयोग बढिरहेको मानिन्छ । अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म १२.९ प्रतिशतमात्र बेरुजु फर्स्योट भएको छ ।

कुन मन्त्रालयको कति बेरुजु

अर्थ मन्त्रालय – ३१ अर्ब ७० करोड १४ लाख
शिक्षा मन्त्रालय – ११ अर्ब ७ करोड ३६ लाख
भौतिक पूर्वाधार मन्त्रालय – २२ अर्ब २० करोड ५३ लाख
स्थानीय विकास मन्त्रालय – १४ अर्ब ४ करोड ५७ लाख
खानेपानी मन्त्रालय – ६ अर्ब ७० करोड ४५ लाख
सिंचाइ मन्त्रालय – ५ अर्ब १८ करोड २४ लाख
रक्षा मन्त्रालय – ४ अर्ब ४७ करोड ३ लाख
गृह मन्त्रालय – २ अर्ब ४८ करोड २८ लाख
स्वास्थ्य मन्त्रालय – ३ अर्ब ६३ करोड ९६ लाख
सहरी विकास मन्त्रालय – ३ अर्ब ३८ करोड ४८ लाख
कृषि विकास मन्त्रालय – २ अर्ब १ करोड २१ लाख
भूमिसुधार मन्त्रालय – १ अर्ब ४२ करोड ३७ लाख
सूचना तथा संचार मन्त्रालय – १ अर्ब २६ करोड ९१ लाख

You may also Like this

थप समाचार

संसद् भवनको वार्षिक भाडा १५ करोड
संसद् भवनको वार्षिक भाडा १५ करोड

नयाँ बानेश्वरस्थित सरकारी स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संघीय संसद् सचिवालयले वार्षिक १५ करोड भाडा ति ...

नक्कली फैसलाको बिगबिगी
नक्कली फैसलाको बिगबिगी

डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रय ...

अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य
अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य

बहुप्रतीक्षित मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ । गत २३ फागुनदेखि ...

छ वटै चिनियाँ जहाज आए, तर चलेनन्
छ वटै चिनियाँ जहाज आए, तर चलेनन्

नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिब ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...