बेलायती संसदमा सप्तरी घटनाको चर्चा यसरी गरियो

२०७४ बैशाख ८ गते १४:२१ मा प्रकाशित


british-samsad८ बैशाख, काठमाडौं । बेलायती सांसद एन्न क्लाउडले ब्रिटिस संसदमा सप्तरी घटनाको छानविन हुनुपर्ने बताएकी छन् । नेपालबारे एक प्रस्ताव दर्ता गर्दै उनले नेपालको संविधान संशोधनपछि मात्रै स्थानीय चुनाव गर्नुपर्नेमा जोड दिएकी हुन् ।

साइनन् उपत्यकाबाट संसदमा प्रतिनिधित्व गर्ने लेबर पार्टीकी सांसद क्लाउडले तराई क्षेत्रमा सुरक्षाकर्मीबाट अत्याधिक बलको प्रयोग हुनु चिन्ताजनक भएको बताइन् । सप्तरीमा पाँचजना मारिएको र कैयौं अन्य व्यक्ति घाइते भएको भन्दै उनले भनेकी छन्, ‘नेपालको सुरक्षा अंगलाई दिइने कुनै पनि सहयोग दिनुअघि उनीहरुको कार्य अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्डअनुकुल भए नभएको कुरालाई ध्यानपूर्वक विश्लेषण गर्नुपर्छ ।

साथै राजनीतिक कार्यकर्ता तथा प्रदर्शनकारीहरुलाई आफ्ना गतिविधिलाई शान्तिपूर्वक सञ्चालन गर्न पनि आग्रह गर्नुपर्ने उनको प्रस्ताव छ ।

सांसद क्लाउडले आगामी वैशाख ३१ गते हुने चुनाव अघि संविधान संशोधन हुनुपर्नेमा जोड दिएकी छन् । ‘यो सदन यो कुरामा चिन्तित छ कि स्थानीय निर्वाचनअघि संविधानमा संशोधन नभएमा तराई क्षेत्रको रुपमा परिचित मैदानी दक्षिणी क्षेत्रका अल्पसंख्यक मधेसीहरु सीमान्तकृत भइरहनेछन्,’ उनको प्रस्तावमा भनिएको छ ।

केही समयअघि दीपेन्द्र झा लगायत अधिकारकर्मीले क्लाउडीलगायत सांसदलाई भेट्दै मधेसमा राज्य पक्षबाट अतिरिक्त बल प्रयोग भएको भन्दै मानव अधिकार हननको विषय उठाइदिन आग्रह गरेका थिए ।

क्लाउडीले ब्रिटिस संसदमा मधेसीहरुको पक्षमा प्रस्ताव दर्ता गरेको अधिवक्ता झाको प्रतिक्रिया छ ।

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...