मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)

२०७५ जेष्ठ ७ गते १७:१२ मा प्रकाशित


Delhi-vs-mumbai-IPL

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दिप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।

दिल्ली डेयरडेभिल्सबाट मुम्बई इन्डियन्स विरुद्धको खेलमा चार ओभरमा ३६ रन दिँदै तीन विकेट लिए ।

Sandeep-Lamichane-In-IPL-1
आफ्नो तेस्रो तथा यो सिजनको अन्तिम खेलमा सन्दिपले पहिलो ओभरमै मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादवको विकेट लिए । पहिलो ओभरमा उनले १३ रन खर्चेर एक विकेट लिएका थिए ।

 Sandeep-Lamichane-In-IPL-5

सन्दिपले खेलको दशौँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै ६ रन खर्चेर महत्वपूर्ण दुई विकेट लिए । दशौँ ओभरको पहिलो बलमा उनले केरन पोलार्डलाई सात रनमा आउट गरे । त्यही ओभरको चौथो बलमा उनले कुर्नाल पाण्डेलाई व्यक्तिगत चार रनको स्कोरमा आउट गरे ।

 Sandeep-Lamichane-In-IPL-6

सन्दिपको तेस्रो ओभर महंगो सावित भयो । उनले खेलको बाहौँ ओभरमा बिना कुनै विकेट १३ रन खर्चे । सोह्रौँ ओभरमा सन्दिपले निकै किफायती बलिङ गरे । आफ्नो चौथो ओभरमा उनले मात्र चार रन खर्चे ।

 Sandeep-Lamichane-In-IPL-8-1

दिल्ली डेयरडेभिल्ससँग ११ रनले पराजित भएसँगै मुम्बई इण्डियन्स एघारौं सिजनको प्लेअफमा पुग्न असफल भएको छ।आइतबार दिल्लीमा भएको खेलमा प्रयोगिताबाट बाहिरिइसकेको दिल्लीले मुम्बईलाई हराएको हो । हारसँगै मुम्बईको प्लेअफमा जाने सम्भावना सकिएको हो।

 Sandeep-Lamichane-In-IPL-10

१ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बई १ सय ६३ रनमा अल(आउट हुन पुग्यो । मुम्बईका लागि इभिन लुविसले सर्वाधिक ४८ रन र हार्दिक पाण्डेयले २७ रन बनाए ।

 Sandeep-Lamichane-In-IPL-11

अन्त्यमा बेन कटिङले आक्रामक पारी खेल्दै ३७ रन जोडे पनि मुम्बईलाई जित दिलाउन सकेनन् । बलिङतर्फ सन्दिप लामिछाने, हर्षल पटेल र अमित मिश्राले ३–३ विकेट लिए।

You may also Like this

थप समाचार

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

किन पर्‍यो हिलो सहितको पानी ?
किन पर्‍यो हिलो सहितको पानी ?

काठमाडौं । मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति परेको थियो । पानी अन्य दिनहरुको जस्तो सफा भ ...

सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)
सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)

भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ ।सुतिरहेको कुकुरमाथि सडक का ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...