साम्तेन मिस्टर एण्ड मिसको उपाधि वाङ्गेल र सुविनालाई (भिडियो)

२०७४ माघ १२ गते १९:३५ मा प्रकाशित


Samten memorial miss and mister (5)

काठमाडौँ । कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले आयोजना गरेको मिस्टर एण्ड मिसको उपाधि वाङ्गेल शेर्पा र सुविना आचार्यले पाएका छन् ।
माघ ८ गते स्कुल कै प्रांगणमा आयोजना गरिएको फाइनल राउण्डमा सो उपाधि पाएका हुन । यस्तै मिस्टर फस्ट रनर अप सुबोध धिताल, सेकेन्ड रनर अप जेसन राई भएका छन् । Samten memorial miss and mister (2)
मिस फस्ट रनर अप स्तुति खड्का, सेकेण्डर रनर अप बिनुशा कार्की भएका छन् भने बेण्ट हेयर स्टाइल, बेष्ट पर्स्नालीटि, बेष्ट ड्रेसअप, बेष्ट स्माइल, बेष्ट क्याटअक लगायत सात विधामा पुरस्कृत गरिएको थियो ।

Samten memorial miss and mister (3)

निर्णायक भुमिकामा मोडल तथा भिजे प्रिया रानी लामा र गायक तथा निर्देशक उजन नेम्वाङ् रहेका थिए । सोही दिन नै एक कार्यक्रमका विच विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलको प्रमुख आतिथ्यतामा भएको उक्त पुरस्कार वितरण कार्यक्रममा जिल्ला खेलकुदका अध्यक्ष ध्रुव न्यौपाने, सामाजिक अभियानता चरिमाया तामाङ लगायत स्थानिय राजनीतिकर्मी, स्थानिय व्यक्तिहरु, अभिभाव, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Samten memorial miss and mister (4)
सोही कार्यक्रममा सामाजिक अभियानता चरिमाया तामाङ, केटिएम खबर डट कमका पत्रकार श्याम कार्की र समाजको आवाज डट कमका पत्रकार राजु बस्नेतलाई सम्मान गरिएको थियो ।

Samten memorial miss and mister (1)

विज्ञान प्रदर्शनी तथा प्रतियोगिता

samten science exerbution (1)
यस्तै साम्तेन मेमोरियलले माघ ७ गते विज्ञान प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ का अध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यतामा उक्त प्रदर्शनी तथा प्रतियोगिताको उद्घाटन गरिएको थियो । प्रतियोगितामा अन्य विद्यालयका विद्यार्थी, स्थानिय व्यक्तिहरु, अभिभावकहरुले अवलोकन गरेका थिए ।

samten science exerbution (3)
उक्त प्रदर्शनी तथा प्रतियोगितामा रोडोर रेण्डन हाउस प्रथम, कृम्सन दोश्रो, लोफोरस तेश्रो र १०१४ मत ल्याएर केबलकारलाई पपुलर प्रदर्शनीबाट पुरस्कृत गरिएको थियो । माघ ८ गते विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

माघ ८ गते अर्थात सरस्वति पुजाको दिन साम्तेनले आयोजना गरेको मिस्टर एण्ड मिसको फाइन तथा विज्ञान प्रदर्शनीको समापन कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले स्कुलका अध्यक्ष निम्तो शेर्पा र प्रिन्सिपल शक्ति राज नेपालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ । कपनमा रहेको कपन स्पोट्र्स क्लब र बुढानिलकण्ठ नगरपालिका (बुनपा)–१२ ले आयोजना गरेको विद्यालय स्तरिय खेलकुद प्र ...

काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ
काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।परिसर ...

यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’
यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले शनिबार ‘बृहत रक्तदान कार्यक्रम&r ...

लोकतान्त्रिक प्रणालीबाट सम्पन्न भयो ‘पायोनियर चिल्ड्रेन क्रियटिभ ग्रुप’को चुनाब
लोकतान्त्रिक प्रणालीबाट सम्पन्न भयो ‘पायोनियर चिल्ड्रेन क्रियटिभ ग्रुप’को चुनाब

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२ कपनमा रहेको पायोनियर पब्लिक स्कुलमा अध्यनरत विद्यार्थीहरुको समुह पायोनियर चिल् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...