पहिलो पटक साम्तेनमा निःशुल्क न्युरो स्वास्थ्य शिविर हुँदै (भिडियो)

२०७४ फागुन १० गते ००:४८ मा प्रकाशित


Samtem free neuro healtha camp (1)

काठमाडौँ । कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीमा यहि फाल्गनु १२ गते शनिबार निःशुल्क न्युरो स्वास्थ्य शिविर हुने भएको छ ।
न्युरो अस्पताल बासबारी र अजिज फाउण्डेशनको सहकार्यमा गरिने उक्त शिविरमा विद्यार्थी, अभिभावक तथा स्थानिय व्यक्तिहरुले न्युरो सम्बन्धि निःशुल्क जाच, परामर्श र निःशुल्क औषधि वितरण लगायतको सेवा लिन सक्ने बुधबार साम्तेनमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी गराईएको थियो ।

Samtem free neuro healtha camp (2)
पत्रकार सम्मेलनमा न्युरो अस्पताल बासबारीका डा. सुजत शर्मा, अजिज फाउण्डेशनकी अध्यक्ष सेर्की शेर्पा, बुढानिलकण्ठ नगरपालिकामा रहेका विभिन्न महिला समुहका अध्यक्ष एवं प्रतिनिधिहरु, स्थानिय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै न्युरो अस्पताल बासबारीका डा. सुजत शर्माले बिहान ८ बजेबाट स्वास्थ्य शिविर सुरु भई बेलुका ४ बजेसम्म चल्नेछ र सो समय अवधि भित्र नसकिए थप समयमा पनि निःशुल्क न्युरो जाच गरिने बताएका थिए ।

Samtem free neuro healtha camp (3)
यस्तै साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका अध्यक्ष निम्तो शेर्पाले पत्रकार सम्मेलनमा बोल्दै सम्पुर्णले निःशुल्क न्युरो जाच, परामर्श र औषधिको लाभ लिन अनुरोध गरेका थिए ।

Samtem free neuro healtha camp (4)
सोही निःशुल्क न्युरो स्वास्थ्य शिविरमा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले साम्तेनका प्रिन्सिपल शक्तिराज नेपाल र अजिज फाउण्डेशनकी अध्यक्ष सेर्की शेर्पासंग स्थलगत भिडियो सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

हिमालयको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प्रतियोगिता’ सम्पन्न, समीक्षालाई उपाधि (भिडियो)
हिमालयको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प्रतियोगिता’ सम्पन्न, समीक्षालाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नारायणथानमा रहेको हिमालय बोर्डिङ्ग हाई स्कुलको ‘तेश्रो अन्तर विद्यालय नगरपालिका स्तरीय कविता प् ...

अपेनको ‘किड्स ट्यालेन्ट ट्रायल्स’ आइतबार हुँदै
अपेनको ‘किड्स ट्यालेन्ट ट्रायल्स’ आइतबार हुँदै

काठमाडौँ । एशोसिएसन अफ प्रि–स्कुल एजुकेटरर्स नेपाल (अपेन) र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा भदौ ३ गते आइतबार ‘ ...

एनप्याब्सन काठमाडौँले ‘जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता’ गर्दै
एनप्याब्सन काठमाडौँले ‘जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता’ गर्दै

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) काठमाडौँले यहि श्रावन २९ गते राष्ट्रिय नाँचघर, जमल ...

एनप्याब्सन जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता हुदै
एनप्याब्सन जिल्ला स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता हुदै

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) काठमाडौँको आयोजनामा एनप्याब्सन जिल्ला स्तरीय अन्तर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...