शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

२०७४ माघ २ गते २१:५४ मा प्रकाशित


Samten Earthquake day (8)

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशन एकेडेमीले भूकम्प सुरक्षा दिवस मंगलबार भब्यताका साथ सम्पन्न गरेको छ ।

Samten Earthquake day (6)
प्राकृतिक विपत्तिबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने मूल नारासहित स्कुलका विद्यार्थी, शिक्षक लगायत अभिभावक समेतको उपस्थितिमा सो कार्यक्रम मनाइएको थियो ।

Samten Earthquake day (4)
अभिमुखीकरण र त्यसपछि प्रयोगात्मक ढंगको प्रस्तुत गरी शसस्त्र प्रहरीका मुख्य प्रशिक्षक तथा डिएसपी नरबहादुर राउतको मुख्य प्रशिक्षण, शसस्त्र प्रहरीकै तालिम शाखाका सदस्यहरुको प्रयोगात्मक कक्षाबाट भूकम्पसँग सचेतना कार्यक्रम गरिएको थियो ।

Samten Earthquake day (3)
सोही कार्यक्रममा स–साना नानी–बाबुहरुको किड्स फन विक वा खेलकुद सप्ताहको उद्घाटन पनि गरिएको थियो । वरिष्ठ डिएसपी राजु श्रेष्ठले खेलकुद सप्ताहको उद्घाटन गर्नुभएको थियो । कायक्रममा बोल्दै श्रेष्ठले साम्तेन स्कुलसँग सहकार्य गरी विपत व्यवस्थापन विभाग जस्तोसुकै कार्य गर्न तयार रहेको बताउनु भएको थियो ।

Samten Earthquake day (5)
कार्यक्रममा साम्तेनका विद्यार्थीहरुले मार्च पास गरी शसस्त्र प्रहरीको तालिम टिमलाई स्वागत गरेका थिए भने विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रमले अझ रमाइलो थपिएको थियो ।

Samten Earthquake day (7)
मंगलबारबाट सुरु गरिएको ग्रेडको फन विक वा अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रम ६ गतेसम्म चल्नेभएको छ । हरेक दिन नवीन कलाकारहरुको पनि प्रस्तुति रहने छ र सो प्रस्तुतिबाट विद्यार्थीहरुमा धेरै उत्साह भरिने स्कुलका प्रिन्सिपल तथा कार्यक्रम संयोजक शक्ति नेपालले बताउनु भयो ।

Samten Earthquake day (2)
प्रशिक्षक र सहकार्य गर्न विशेष भूमिका खेल्ने अजिज फाउन्डेसनका प्रतिनिधिलाई मायाको चिनो प्रदान गर्दै स्कुलका अध्यक्ष निम्तो शेर्पाले यस खाले कार्यक्रम स्कुलकै इतिहासमा पहिलो चोटी भएको र आवश्यक पनि रहेको बताउनु भएको थियो ।

Samten Earthquake day (1)

You may also Like this

थप समाचार

ओम कुमारको पहिलो पुस्तक ‘यात्रा सफलताको’ सार्वजनिक (फोटोफिचर)
ओम कुमारको पहिलो पुस्तक ‘यात्रा सफलताको’ सार्वजनिक (फोटोफिचर)

काठमाडौँ । युवा लेखक ओम कुमार मगरद्धारा लिखित पहिलो पुस्तक ‘यात्रा सफलताको’ सार्वजनिक भएको छ । शनिबार बौद्ध स्थि ...

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । चैत पहिलो साता लि ...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...