प्रहरी निरीक्षकदेखि सांसदसम्म

२०७४ मंसिर २५ गते २३:२१ मा प्रकाशित


Nawaraj-Silwal

ललितपुर – निर्वाचनभन्दा एक महिनाअघि राजनीतिमा होमिएका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल प्रतिनिधिसभामा ललितपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएपछि थप चर्चामा आएका छन् ।

आफू प्रहरी महानिरीक्षकमा बढुवा नभएपछि सरकारको विरोधमा सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका सिलवालले अदालतबाट न्याय नपाए पनि जनताबाट न्याय पाएको महसुस गरेका छन् ।

सिलवालको मुद्दामा सकारात्मक देखिएको भन्ने आधारमा सत्ता पक्षले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग प्रस्ताव संसद दर्ता गराएपछि सिलवाल ‘सेलिब्रेटी’ बनेका थिए । प्रहरीमा रहँदा पनि बफादारिताका साथ काम गर्ने छवि बनाएका सिलवाल निर्वाचन पूर्व गत असोज २० मा नेकपा (एमाले) प्रवेश गरी क्षेत्र नं १ को उम्मेदवार बनेका थिए । वर्तमान अर्थराज्यमन्त्री उदयशमशेर राणालाई छ हजार २२२ मतान्तरले पराजित गरेपछि सिलवालको प्रत्यक्ष राजनीतिक यात्रा सहज देखिएको छ ।

सिलवालले २६ हजार ९५१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राणाले २० हजार ७२९ मत ल्याए । यस क्षेत्रमा ५१ हजार २४९ मत खसेको थियो ।

दोस्रो संविधानसभा निर्वाचन २०७० राणाले एमालेका पूर्व जिल्ला अध्यक्ष मधुसूदन पौडेललाई पराजित गरेका थिए ।

साढे दुई महिना पहिलेसम्म सिलवाल नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) थिए । अहिले उनको नयाँ परिचयसँगै दैनिकी नै एकाएक परिवर्तन भएको छ ।

एमाले र नेकपा (माओवादी केन्द्र) को साझा उम्मेदवारका रुपमा उनी एक महिनादेखि मत माग्न जनताका घरआँगनमा पुगे भने अहिले बधाई दिन र मतदातालाई धन्यवाद दिन व्यस्त छन्।

चुनावी प्रचारका क्रममा उनी जनताका घरआँगन र खेतबारीमा पुगे । मंसिर महिना भएकाले बाली भित्र्याउन व्यस्त किसानको खेतबारीमा नै पुगेर उनले आफ्नो योजना सुनाएका थिए ।

एमालेबाट उम्मेदवार हुनु मतदाताका लागि नौलो भए पनि पूर्व प्रहरीका रुपमा उनलाई धेरैले चिन्दथे । राष्ट्रियरुपमा चर्चित व्यक्ति भएकाले उनलाई निर्वाचन जित्न सहज भएको निर्वाचन पहिले धेरैले अनुमान गरेका थिए । उनका उम्मेदवारी पार्टीको स्थायी कमिटीले लगाउँदा क्षेत्रीय कमिटीले स्वागत गर्नु उनका लागि जित्न सहज भइदियो ।

नवनिर्वाचित सांसद सिलवाल ५४ वर्ष पहिले जिल्लाको गोदावारीमा जन्मीएका हुन् । उनले प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरीे २९ वर्षसम्म कार्यरत रहे । सिलवालले प्रहरी सेवाबाट गत भदौ २७ मा राजीनामा दिएका थिए । उनी २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा शुरु गरेका थिए ।

असोज २२ गते उनको राजीनामा स्वीकृत भएको थियो । त्यसको दुई दिन पहिले नै उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका थिए । सिलवाल जितेमा भावी गृहमन्त्री हुन सक्ने आँकलन गरिएकाले पनि उहाँको विजय निश्चित भएको मानिएको छ ।

सिलवाल नेपाली साहित्यमा नव सिलवालका रुपमा परिचित हुनुहुन्छ । कथा, कविता, निबन्धलगायतका विधामा उनले कलम चलाउँदै आएका छन् ।

विकासका दृष्टिले पछाडि पारिएको आफ्नो क्षेत्रको पूर्वाधारहरुको विकासमा लाग्ने उनले बताउँदै आएका छन् । राजधानीसँगैको जिल्ला भएर पनि सडक, खानेपानी, सञ्चारको विकास यस क्षेत्रमा हुन सकेको छैन । आगामी पाँच वर्षमा पूर्वाधारको विकास, कृषिमा प्रविधि जोड्ने, शिक्षा र स्वास्थ्य सेवामा जनताको पहुँच बढाउने उनको प्राथमिकता छन् ।

गाउँमा नै रोजगारीको सिर्जना गरेर वैदेशिक रोजगारीमा जानेलाई रोक्ने र गएकालाई फर्काउनु उनको चुनावी एजेण्डा रहेका छन् । आफ्ना प्रतिबद्धता पूरा गर्ने र निर्वाचनका प्रतिस्पर्धीसँग मिलेर जाने उनले निर्वाचित भएपछि बताउँदै आएका छन् । उनले भने, “हामी मिलेर अघि बढ्दा मात्रै यस क्षेत्रमा विकासको लहर ल्याउन सकिन्छ ।”
रासस

You may also Like this

थप समाचार

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...