जनप्रिय भन्दा धनप्रिय, राम्रो भन्दा हाम्रो खोज्ने प्रवृति पार्टीमा हाबी भयोः सांसद खतिवडा (भिडियो)

२०७४ भदौ २८ गते १९:१६ मा प्रकाशित


काठमाडौँ । ओखलढुंगा क्षेत्र नम्वर २ का निर्वाचित सांसद तथा नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडा जनप्रिय आवाजहरु संसद भवन भित्र उठाइ रहने लोकप्रिय जनप्रतिनीधि मध्यमा पर्दछन् । त्यसैले सधै उनी चर्चामा हुन्छन । उनै सांसद खतिवडासंग समसामयिक राजनीतिक विषयमा केटिएम खबरका लागि रवि भट्टराईले विशेष सम्वाद गरेका छन् । प्रस्तुत छ सोही भिडियो कुराकानीको संम्पादित अंश:

ramhari khatiwoda
यहालाई स्वागत छ
धन्यवाद
के मा ब्यस्त हुनुहुन्छ ?
हामी राजनीतिक ब्यक्तिहरु जनसरोकारका विषयमा केन्द्रित हुन्छौ । विहान पाँच बजे बाट नै साथीहरुका फोनहरु बज्न सुरु हुन्छन । त्योसंगै दिनचर्या सुरु हुन्छ र जनताका काममा समय बित्छ । कसैले त राति अबेरसम्म माननियले फोन उठाउछकी उठाउदैन ? भनेर चेक गर्नका निमित्त पनि फोन गर्छन । विशेषगरी सार्वजनिक लेखा समितिको माध्यमबाट काठमाण्डौ बाहिरका गौरवका योजनाहरु भैरवा एअरपोर्टको स्थलगत निरिक्षण गर्न गर्यौ । सबै सदस्यहरु गएका थियौ । भैरवा बुटवलमा ६ लेनको बाटो बन्दै छ त्यसको पनि निरिक्षण गर्यौ । अर्को तर्फ संसद र संसदिय समितिका कामहरुमा ब्यस्त छौ । मेरो कार्यकाल भरी यता कता दुःख, बिराम, अप्ठ्यारो परेको तिन चार दिन बाहेक म सधै संसदमा जनताको आवाजहरु बोली रहेको हुन्छु ।
पहिलेको दाजोमा तपाईको सक्रियता कम भएको हो ?
हैन, त्यसरी नबुझिदिनुहोस । रामहरी खतिवडा जनताको आबाज उठाउन कुनै कसर वाकी राख्दैन त्यो पनि निकास सहितको आवाज उठाई रहेको छु । चाहे म पदमा रहुँ या नरहुँ जनसरोेकारको पक्षमा म आवाज उठाई रहन्छु । आफ्नो निर्वाचन क्षेत्रमा पनि ब्यस्त छु । संसद बैठक पनि समयमा बस्न सकिरहेको छैन । देशमा प्राकृतिक विपत्ति बाढि पहिरोले बिनास निम्त्याएको बेला पनि हामीले आवाज उठायौँ । मैले नै सबैभन्दा पहिला पार्टी सभापतिलाई बाढी पिडितलाई एक महिनाको तलब दिनुपर्छ भनेर सर्वप्रथम भने त्यसै अनुसार पार्टीले निर्णय गर्यो । पछि माओवादीले गर्यो अनि एमालेले पनि गर्यौ ।
सस्तो लोकप्रियताका लागी राहत दिने निर्णय गर्ने तर राहत पिडितले नपाउने हुन्छ भन्छन नी ?
तपाईले राम्रो प्रश्न उठाउनु भयो । भुकम्पको बेला पनि मैले धेरै ठुला मान्छेहरुले राहतको घोषणा गर्दै हिडेको सुनेको थिएँ तर खै उहाँहरुले त्यो राहत सामाग्री पिडितको हातमा परेको समाचार सुनिएन । तपाईहरुलाई थाहा नै छ । लोकप्रियताका निम्ति बोलीन्छ तर बोलेको कुरो पुर्याईदैन । मैले भुकम्पको बेलामा बिनोद चौधरी जीले हजार वटा घर बनाई दिन्छु भनेको सुने । हाम्रै सांसद साथीहरुले पनि प्रत्येक भुकम्प गएका १३ ओटा जिल्लाहरुमा एउटा गाउ बनाउछौ भनेको सुने तर बिडम्बना आजका मितिसम्म राहत पिडितले पाउन सकेका छैनन् । म तपाईलाई अनुरोध गर्न चाहान्छु १४ जिल्ला मध्य कै म एउटा माननीय हुँ । मैले हेलिकप्टरबाट गाउमै राहत बोकेर घर–घरमा राहत पुर्याएको छु । मलाई त्यति बेला दुसप्रचार गर्ने तबरबाट ठुला–ठुला अक्षरमा राहतमा रजाई भनेर कान्तिपुरको फ्रन्ट पेजमा समाचार छापियो । म तपाईलाई अनुरोध गर्दछु मैले अफ्नो काम गरेको छु । जनताको सेवाको निम्ति कुनै कसर बाकि राखेको छैन । बाढी पिडितहरुको सवालमा पनि हामी त्यति कै खटेका छौ तर जुन तरिकाले युद्ध स्तरमा सरकार जानु पर्ने थियो त्यो चाँही नभएको हो भन्ने लाग्छ तर हामी लागि नै रहेका छौँ ।
अहिले तपाईको पार्टी सरकारमा छ, जनतासंग कस्तो कमिटमेन्ट गर्नु हुन्छ ?
मन्त्री र प्रधानमन्त्री हुनु भनेको फोटो झुण्डाउनका लागि मात्र हैन । हामिले जनतालाई केही गरेर देखाउनु छ । खुशिको कुरा तपाईलाई अवगत गराउ सत्तरी बर्षदेखी बन्न नसकेको संविधान नेपाली कांग्रेसको नेतृत्वमा पुरा भयो । दाश्रो काम धेरै बर्षदेखि हुन नसकेको स्थानिय चुनाब गरायौँ । कसले जित्यो ? कसले हार्यो ? मेजर कुरा हैन हामी बहुदलमा बिश्वास गर्छौ । यो हामीले पुरा गर्यौ । हामी लोकतन्त्रमा विश्वास गर्छौ । हिजो कमल थापाहरु सरकारमा हुँदा हामी अटाएनौ तर हामी सरकारमा हुँदा उहाँहरु पनि अटाउनु भयो । प्रचण्डको एक दलमा हिजो कोही अटाएनन् तर आज हामीसंग उहाँ अटाउनु भयो नी । भनेपछि हाम्रो उपलब्धि भने कै यहि हो र हाम्रो पार्टी लोकतन्त्रमा विश्वास गर्दछ ।
कांग्रेस पार्टीमा समस्याहरु प्रसस्तै छन, संभावना भएकालाई पाखा लगाएर पहुँचका आधारमा मन्त्री, सांसद बाईन्छ भन्ने सुनिन्छ नी ?
ठिकै भन्नु भयो । अहिले कांग्रेसमा दुई प्रकारका कार्यकर्ता छन् । एउटा जनताले स्थापित कार्यकर्ता जसलाई नेताले विस्थापित गर्न खोज्छन् । अर्को नेताले स्थापित कार्यकर्ता जसलाई जनताले विस्थापित गर्न खोज्छन । जनताले स्थापित मान्छेलाई नेताले स्थापित गरायो भने बिकासको मुल फुट्न सक्छ ।
तपाईलाई चाहीँ जनताले स्थापित गराए, नेताले गराएनन् भन्ने हो ?
यस बारेमा कमेन्ट नगरौ । अन्य साथीहरु जो मन्त्री बन्नु भएको छ । उहाँहरु पनी योग्य नै हुनुहुन्छ । तपाईको प्रश्नको आशय मैले बुझे, मैले मेरो पार्टी सभापती तथा सम्माननीय प्रधानमन्त्री ज्यूलाई भेट्न गएको थिए । मलाई तयारीमा बस भन्नु भयो । खै के तयारी शायद उहाँको आशय मन्त्री बन्नलाई थियो होला तर उहाँका पनि आफ्नै समस्याहरु बाध्यताहरु थिए होला । मलाई गुनासो छैन मलाई राज्यमन्त्रीमा बस भन्नु भयो मैले मानिन । मलाई माया गरेर त नै भन्नु हुन्छ । त पहिलो पटक जितेको छस् प्रधानमन्त्री बनाईदिऊ त ? भन्नु भयो मैले उहाँलाई भने तपाईले ४८ सालमा चुनाव लड्दा कति पटक चुनाब जित्नु भएको थियो । उहाँ पनि पहिलो पटक जितेर नै गृहमन्त्री बन्नु भएको हो । खैर म जनताको एक सिपाई हुँ, जनताको आवाज सधै उठाई रहन्छु मलाई गुनासो छैन ।
कांग्रेस पार्टीमा यूवालाई अगाडि बढाउनलाई बडो मुस्किल पर्छ, समस्या कहाँनेर हो ?
हेर्नुस्, मन्त्री बन्नलाई मन्त्री नै भएको चाहिन्छ भन्न थालियो भने त्यो गलत हुन्छ । म अनुरोध गर्छु अब यूवा साथीहरुलाई ठाउ दिनै पर्छ । राजनीति भनेको जादु जस्तो हैन, यहाँ त जनतालाई गरेर देखाउनु पर्ने हुन्छ । हामी बलियो नहुनुको कारण गुटको कारण हो । कोही खुमबहादुर कांग्रेस, कोही ससांख काग्रेस, कोही प्रकाशमान कांग्रेस, कोही शेरवहादुर कांग्रेस, कोही कता, कोही कता यहि कारण हो हामी कमजोर भएको । अर्को कुरा जनप्रिय भन्दा धन प्रिय खोज्ने प्रवृती सबै पार्टीमा हावी भयो । एमालेले राज्य लक्ष्मी गोल्छालाई ल्यायो अन्य पार्टीमा पनि त्यस्तै छ । माओवादीमा हेर्नुहोस लारकेल लामा हाम्रै पार्टीमा पनि यस्तो पद्धती हाबी हुन खोजेको छ । यसले नकारात्मक असर गर्ने नै भयो ।
भनेपछी पैसा गोजी भरि भएकाहरु सांसद बन्न पाउछन् हो ?
सबैलाई एकै ठाउमा मुछेर हेर्न मिल्दैन तर यसको गन्ध कतै–कतै आएको छ । त्यसैले हामीले अहिले स्थानिय निकायमा प्रत्यक्ष निर्वाचित प्रणालीलाई ब्यबस्था गर्यो । हामीले अब छलछामको राजनीति अन्त्य गर्नै पर्छ । जे भन्छौ त्यो गर्नु पर्छ, जे गर्छौ त्यो भन्नु पर्छ ।
कांग्रेस भित्र एक हातले टिकट दिइन्छ, अर्को हातले अन्य ब्यक्तीलाई पैसा दिएर आधिकारीक ब्यक्तीलाई हराउन पाठईन्छ भन्छन् नी ?
हाम्रो पार्टीमा यतीसम्म भएको त मलाई थाहा छैन तर घात र अन्तरघात भन्ने भएका छन् । हाम्रो पार्टीमा मात्रै हैन एमाले लगाएतका पार्टीमा पनि भएको हामीले सुनेका छौ । मैले भनि सके यस्तो कार्यबाट पार्टीलाई फाईदा हुदैन । सकेसम्म यस्तो कार्यलाई रोक्दै पार्टीलाई मजबुद बनाउनेमा मेरो भुमिका रहन्छ ।
प्रदेश नम्वर २ मा चुनाव हुदैछ के अपेक्षा गर्नु भएको छ ?
पहिलो चरण र दोस्रो चरणको चुनाबमा कांग्रेसलाई आंशिक धक्का परेको कुरा भनिरहन जरुरी छैन तर पहिलो दोस्रो भन्ने सवाल रहेन । लोकतन्त्रको जीत भयो । यो पनि कांग्रेसको जीत हो । केहि समय अगाडि मधेसबादी नेताहरु वारी खाने पारी गएर ढुंगा हान्ने गर्दथे तर अहिले उनिहरु पनि चुनावमा भाग लिन गए । त्यो हाम्रो पहिलो जीत हो । अव अर्को कुरा काग्रेसको गणितिय परिणाम मधेसमा राम्रो आउनेमा ढुक्क हुनुहोस । त्यहाका जनताले नेपाली कांग्रेस पार्टीले गरेका बिकास निर्माणका कार्यको राम्ररी मुल्यांकन गरेका छन र हाम्रो परिणाम सकारात्मक आउनेमा ढुक्क छौ ।
अन्य पार्टीहरु पनि छन् नी कांग्रेस कै पक्षमा परिणाम आउने आधार चाहीँ के नी ?
म तपाईलाई अनुरोध गर्छु । आफुलाई राष्टवादी बताउने केपी ओली जीहरु आफु सत्तामा हुँदा कानमा तेल हालेर बस्ने तर सत्ताबाट बाहिरिन नपाउदै सबै खत्तम भयो भन्न मिल्छ त ? मैले केपी ओली प्रधानमन्त्री हुँदा संसदमा भनेको थिए चीनमा जादा रेलको कुरा गर्ने, भारतमा जादा तेलको कुरा गर्ने किन लीपुलेकको बारेमा कुरा नगर्ने भनेर मैले भनि सके । नेपाली कांग्रेसले जनतको आवाज बोकेर हिडेको छ । हामीले भुमिसुधार अन्त्य गर्र्र्याै । बिर्ता उन्मुलन गर्यौ । देशमा बहुदलीय ब्यवस्था ल्यायौँ । माओवादीलाई युद्धबाट यहाँसम्म ल्यार्यौ । अब भन्नुहोस नेपाली कांग्रेसले के गरेको छैन देश र जनताको लागि । हामीले योगदान गरेका छौ त्यसैले जनता हाम्रो पक्षमा छन् ।
कार्यक्रमको अन्त्यमा छौ, अन्त्यमा के भन्नु हुन्छ ?
म जनताको सेवक हुँ । जनताको आवाज उठाउन जनताका आम सरोकारका विषयमा अनवरत लागि रहने छु ।
यहाँको अमुल्य समय र सम्वादको लागि धन्यबाद ।
मेरा कुराहरु राख्ने अवसर दिनु भएकोमा केटिएम खबर परिवारलाई पनि धन्यवाद ।
सांसद रामहरी खतिवडासंगको भिडियो कुराकानी हेर्नका लागि तलको युटुब लिंकमा जानुहोसः 

You may also Like this

थप समाचार

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

किन पर्‍यो हिलो सहितको पानी ?
किन पर्‍यो हिलो सहितको पानी ?

काठमाडौं । मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति परेको थियो । पानी अन्य दिनहरुको जस्तो सफा भ ...

सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)
सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)

भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ ।सुतिरहेको कुकुरमाथि सडक का ...

उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?
उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?

स्वस्थ रहनका लागि मानिसले उमेरअनुसारको तौलमा पनि ध्यान दिन जरुरी हुन्छ । शारीरिक विकासमा तौलको पनि महत्वपूर्ण भूमिका हुन्छ । ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...