सांसद बन्न राजपा र फोरममा चलखेल

२०७४ पुस ८ गते १०:१७ मा प्रकाशित


Rajapa-and-Forum

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालभित्र प्रतिनिधिसभा समानुपातिक सांसद बन्न चलखेल सुरु भएको छ। दुबै दललाई प्रतिनिधिसभा समानुपातिकमा क्लस्टर (समावेशी सूची) मिलाउनुपर्ने बाध्यता नरहेपछि नेताहरु चलखेलमा लागेका हुन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्धारण गरिएको कुल सदस्य संख्याको १० प्रतिशतभन्दा कम सिट प्राप्त गर्ने दलले कम्तीमा एक तिहाइ महिला निर्वाचित हुने गरी यथासम्भव अन्य समावेशी आधार मिलाइ निर्वाचन हुने उम्मेदवारको सूची पठाउनुपर्ने व्यवस्था छ।

यस्तो प्रावधानले राजपा र संघीय फोरमले समावेशी आधारमात्र मिलाउनुपर्नेछ।  ऐनको यस्तो प्रावधानले राजपा र फोरमलाई क्लस्टरमा रहेकाहरुलाई मात्रै समानुपातिकमा सिफारिस गरनुपर्ने बाध्यता हटेको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले प्रतिनिसभा समानुपातिकतर्फ १० प्रतिशतभन्दा कम सिट संख्या प्राप्त गर्ने दलले समानुपातिकतर्फ सबै क्लस्टर मिलाउनुपर्ने बाध्यात्मक व्यवस्था ऐनमा नगरिएको बताए।  राजपा र फोरम दुवै दलले समानुपातिकमा ६/६ सदस्य सिट पाउने भएका छन्।

तीमध्ये सबै सिटमा महिला पठाउनुपर्नेछ। दोस्रो संविधानसभा चुनावमा मधेस केन्द्रित दलहरुले समानुपातिक सूचीमा सिफारिस गरेका नामध्ये केही नाम पार्टी अध्यक्षका श्रीमती र परिवारका सदस्य रहेका थिए। क्लस्टर मिलाउनुपर्ने बाध्यता नरहेपछि यसपटक पनि राजपा र संघीय फोरममा यस्तै स्थिति देखिने सम्भावना छ।

You may also Like this

थप समाचार

संसद् भवनको वार्षिक भाडा १५ करोड
संसद् भवनको वार्षिक भाडा १५ करोड

नयाँ बानेश्वरस्थित सरकारी स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संघीय संसद् सचिवालयले वार्षिक १५ करोड भाडा ति ...

नक्कली फैसलाको बिगबिगी
नक्कली फैसलाको बिगबिगी

डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रय ...

अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य
अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य

बहुप्रतीक्षित मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ । गत २३ फागुनदेखि ...

छ वटै चिनियाँ जहाज आए, तर चलेनन्
छ वटै चिनियाँ जहाज आए, तर चलेनन्

नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिब ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...